Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज प्रतिनिधिसभा निर्वाचन पर्सामा चुनावी सरगर्मी उत्कर्षमा रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट प्रतिनिधिसभा उम्मेदवार रास्वपा सभापति रवि लामिछाने पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

थारु र मगर बस्तीमा माघेसङ्क्रान्तिको चहलपहल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २१, २०७९
शीतलहर सहितको जाडोले जनजीवन कष्टकर

• गोपालप्रसाद बराल
महोत्तरी, २१ पुस / मधेसमा माघेसङ्क्रान्ति पर्व नजिकिएसँगै यहाँका आदिवासी थारु र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा यो पर्वको चहलपहल बढेको हो । महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ र ‘मकर सक्रायत’ पनि भनिन्छ । यसपालि यो पर्व अब १० दिनपछि पर्दैछ । यस भेगका थारु बस्तीमा अहिले पर्वका लागि सबै आफ्नो सावगासअनुसार माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहो भइरहेको छ । पर्वमा मासु खास परिकार बन्ने भएपछि थारु बस्तीमा केही दिन पहिलेदेखि नै यसको जोहोको तयारी बढेको हो । हुनेखानेले तत्काल पर्व सामग्रीको बन्दोबस्त गरे पनि गरिब किसानका लागि केही दिन पहिलेदेखि नै तयारीले तताउने गर्छ । अहिले बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढे पनि थारु बस्ती भने पर्वको चहलपहलमा लागिसकेका छन् ।
छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र नजिकी इष्टमित्र पर्वमा डाकिने थारु जातिको परम्परा छ । ‘अब पवनी (पर्व) आई त हाल्यो’ धमाधम चिउराका लागि धान निफन्न व्यस्त भङ्गाहा नगरपालिका(७ मेघरोलकी नगिनासिंह थारु भन्नुहुन्छ, “सबै कुराको जोगार (जोहो) मा लाग्नु प¥यो नि ।” पर्व नजिकिएसँगै थारु बस्तीका घरघरैजसो सरदाम (पर्वका लागि आवश्यक वस्तु) जुटाउने चटारो बढेको नगिना बताउनुहुन्छ । त्यसैगरी जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेका मगर समुदायमा पनि माघेसङ्क्रान्ति पर्वको तयारी बढेको छ । मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र मितमितिनी र नजिकी इष्टमित्रलाई चाडमा डाक्ने चलन छ । महोत्तरीका उत्तरीक्षेत्रका बर्दिबास र गौशाला नगरपालिकाका सबैजसो बस्तीमा मगर समुदायको बाक्लो बसोबास छ । यसैगरी बर्दिबासका केही बस्ती, गौशाला, भङ्गाहा र रामगोपालपुर नगरपालिका क्षेत्रमा थारु बसोबासको बाहुल्यता छ । पर्व नजिकिँदै गर्दा थारु र मगर बस्तीमा टाढाटाढा काममा गएका घर फर्किन थालेका छन् । जिल्लामा भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारु बसोबास बाहुल्यताका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर, बर्दिबासको मेघरोल र रामगोपालपुर नगरपालिकाको विश्वम्भरपुरमा थारु बसोबासका बस्ती हुन् ।
थारु र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजातिमा पनि यो पर्वको तयारी बढेको छ । पर्व नजिकिँदै गर्दा बजारमा पर्व विशेषका सामग्रीको बजार जमेको छ । यो पर्वमा खास महत्वको मानिने तिल, सख्खर (मिा), चिउरा र मुरीको बजार बाक्लै जमेका छन् । पर्वका लागि केही दिन पहिलेदेखि नै तील, चिउरा, मुरी (विशेष प्रकारको चामलबाट बनाइने भुजा) र जुनेलो (अन्न विशेष) भुटेर सख्खरको खुँदोमा मिसाइलाई (लड्डु) बनाउने परम्परा छ । यसमा सबैभन्दा बढी तयारी तीलको लाईका लागि गरिन्छ । “चिउरा, मुरी र जुनेलो त एकसरो भुटेर मिामा मोलेर लाई बनाए भयो, तर तील त झञ्झटिलो छ”, गौशालाको निगौल बस्तीकी रासवती थारु भन्नुहुन्छ, “तील त एक साता पहिले नै केलाउने, भिजाएर फल्ने (बाहिरी कालो बोक्रा निकाल्ने) सुकाउने काम सकेपछि मात्र लाई बन्न सक्छ ।” तिलासक्रायत पर्वमा तील, चिउरा, जुनेलो र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाइ इष्टजनसँगै खाने, ख्वाउने मैथिल परम्परा छ । यो परम्पराले अहिले पर्वविशेषमा चाहिने सामग्रीको बजार जमेको हो । अहिले तील र सख्खरको राम्रो मूल्य पाउने आशमा उखु किसान धमाधम सख्खर बनाएर बजार पु¥याउन व्यस्त छन् । त्यसैगरी तिल उत्पादक किसानको पनि उत्पादित तिल बजार पु¥याउने व्यस्तता छ । चिउरा र मुरीका बजार भने पुस २५ पछि जम्नेछन् । त्यसैगरी पर्वमा खाइने कन्दमूल (पिँडालु, तरुल र सुठुनी) को बजार पुस मसान्तताका जम्ने किसान बताउँछन् ।तिलासक्रायत पर्व नजिकिँदा सर्वसाधारण उपभोक्ता बढी मूल्यमा पर्ने भए पनि महोत्तरीका तील र उखु किसानले भने थोरै राहत महसुस गरेका छन् । जग्गामा तील थोरै उत्पादन हुनेहुँदा अहिले पाएको मूल्यले अन्यबालीसरह रकम प्राप्त हुनुले केही सन्तोष दिलाएको तिल उत्पादक किसान बताउँछन् । एकदशक पहिलेसम्म एक सय हेक्टरसम्म क्षेत्रफलमा हुँदै आएको तिल खेती त्यसयता घट्दै गएर अब त कसैकसैले थोरै पाखो बारीमा मात्र लगाउने स्थितिमा पुगेको छ । त्यसैगरी चिनी उद्योगले समयमा भुक्तानी नदिँदा दैनिक गर्जो टार्न सकस परेको बताउने उखु किसान पर्वलाई लक्षित गरी घरघरै उखु पेलेर मिा (सख्खर) बनाउन व्यस्त छन् । उखुु किसान तिलासक्रायत पर्वमा मिा (सख्खर)को माग र मूल्य दुवै बढ्दा केही राहत भएको बताउँछन् । पर्वमा तील, चिउरा र मुरीलाई सख्खरमा मुछेर बनाइएको लड्डु विवाहित छोरी÷चेली, मित एवं अन्य आफन्तको घरमा ‘सनेस’ (कोसेली) पठाउने चलनले यी सामग्रीको जोहो अहिले मिथिलामा बढेको हो । आफ्नो घर र सनेस पठाउनसमेत पर्व सामग्री चाहिनेहुँदा यो पर्वको तयारीमा केही दिन पहिलेदेखि नै लाग्नुपरेको भङ्गाहा(४ थारुटोल बनराकी ७० वर्षीया रामसुनरदेवी थारु बताउनुहुन्छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

माघ ८, २०८२
निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

माघ ८, २०८२
दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

माघ ८, २०८२
‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

माघ ७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि