Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भण्डारण क्षमताबिनाको पेट्रोलियम पाइपलाइन, ट्यांकरबाटै पेट्रोल ल्याउँदा ४ रुपैयाँ महँगो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १९, २०७९
भण्डारण क्षमताबिनाको पेट्रोलियम पाइपलाइन, ट्यांकरबाटै पेट्रोल ल्याउँदा ४ रुपैयाँ महँगो

वीरगंज (पर्सा), १९ पुस / भारतको मोतिहारीबाट नेपालको अमलेखगन्जसम्म जोडिएको पेट्रोलियम पाइपलाइनबाट प्रतिघन्टा २ लाख ५० हजार लिटर डिजल आउन सक्छ । २४ घण्टामा ६ हजार किलोलिटर अर्थात ६० लाख लिटर आउन सक्छ । तर, अमलेखगन्जमा तीन दिनसम्म आएको डिजल मात्र भण्डारण गर्ने क्षमता छ । यसरी आएको डिजल अमलेखगन्ज डिपोबाट काठमाडौँ, पोखरा, भैरहवालगायत ठाउँमा आपूर्ति हुने आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । अमलेखगन्ज डिपोमा आएको डिजेल दैनिक निकासी हुने कारण मात्र पाइपलाइन संचालन हुन सकेको छ ।
करिब तीन वर्षअघि संचालनमा आएको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल, मट्टितेल र हवाई इन्धन भने आउनै सकेको छैन । पेट्रोलको भण्डारण संरचना आयल निगमले नबनाउँदा पाइपलाइनबाट ढुवानी हुन नसकेको हो । मट्टितेल र हवाई इन्धन भने पाइपलाइनबाट ल्याउने आयल निगमको योजना छैन । २०७६ भदौ २४ मा उद्घाटन भएदेखि पाइपलाइनबाट निगमले डिजल मात्र ल्याउने गरेको छ । पेट्रोलसमेत पाइपलाइनबाट आयात गर्न भण्डारणका लागि दोस्रो चरणमा काम गर्ने गरी इन्डियन आयल कर्पोरेशन (आईओसी)सँग २०७१ सालमै सम्झौता गरेको छ । आईओसीले ती संरचना बनाउन नेपाललाई सघाउने सम्झौतामा उल्लेख छ । पेट्रोल ढुवानीका लागि दोस्रो चरणको काम अगाडि बढाइएको आयल निगमको दाबी छ । तर, दोस्रो चरण अन्तर्गत अमलेखगञ्ज डिपोको क्षमता विकासका लागि संरचना निर्माण थालिएकै छैन । निगमले पेट्रोल भण्डारणका लागि ४१ लाख लिटर क्षमताको दुई वटा ट्यांकी बनाउनु पर्नेछ ।
त्यसबाहेक, प्राविधिक उपकरणहरू पनि खरिद तथा जडान गर्नु पर्नेछ । यसका लागि तत्काल साढे २ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाइएको छ । रकम अभावले कामअगाडि नबढेको निगमका अधिकारीहरू बताउँछन् । बेलाबेलामा पेट्रोलिय इन्धनको हाहाकार हुने समस्याबाट छुटकारा पाउन नेपालसँग पर्याप्त भण्डारण क्षमता हुनैपर्ने निगमकै अधिकारीहरूको भनाइ छ । ‘नेपाली उपभोक्ताले चर्को मूल्यमा पेट्रोलियम इन्धन किन्नुपर्ने हुन्छ, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कम भएको बेला आयात गरेर राख्नसक्ने भए उपभोक्ताको धेरै पैसा जोगिने थियो’, निगमका एक अधिकारीले भने, ‘त्यसो गर्दा राष्ट्रको पैसा पनि जोगिन्छ ।’
अमलेखगन्ज डिपो प्रमुख प्रदीपकुमार यादव पनि भण्डारण गर्ने पर्याप्त ट्यांकी नहुँदा समस्या भएको बताउँछन् । अब ट्यांकी निर्माणपछि भण्डारण गर्ने क्षमता बढ्ने र पेट्रोल पनि पाइपलाइनबाट ल्याउन सकिने उनको भनाइ छ । पाइपलाइनबाट पेट्रोल आयात हुँदा निगमको इन्धन खर्च र ढुवानी भाडाबापत प्रतिमहिना १५ करोड बचत हुनेछ । निगमका प्रवक्ता उपाध्यायका अनुसार अमलेखगन्ज डिपोसँग अहिले तीन हजार ५०० किलोलिटर (३५ लाख लिटर) पेट्रोल भण्डार क्षमता छ । त्यस्तै १९ हजार किलोलिटर (एक करोड ९० लाख लिटर) डिजल भण्डारण गर्न सकिन्छ । माघ दोस्रो सातासम्ममा दोस्रो चरणको काम अगाडि बढ्ने निगमका प्रवक्ता उपाध्यायले बताए ।
४१ लाख लिटरको दुई वटा पेट्रोलको ट्यांकी तयार भए थप ८२ लाख लिटर पेट्रोल भण्डारण क्षमता बढ्ने छ । प्रयोगशाला र ट्यांकरमा तेल हाल्ने स्टेशन पनि दोस्रो चरणमा नै बन्नेछ ।
ट्यांकरबाट ढुवानी गर्दा नोक्सानी मात्र
पेट्रोल र हवाई इन्धन भारतको विहारस्थित बरौनीबाट ट्यांकरमार्फत ढुवानी गरिन्छ । डिजेल ढुवानी भइरहेको पाइपलाइनबाट वार्षिक २० लाख मेट्रिक टन पेट्रोलियम इन्धन आपूर्ति गर्ने क्षमता छ । बिहारको मोतिहारीनजिक रहेको छपराबहासदेखि बाराको अमलेखगन्ज तेल डिपोबीच ६९.५ किलोमिटर लामो सीमापार (ट्रान्स बोर्डर) पेट्रोलियम पाइपलाइन छ । मोतिहारीदेखि सिमावर्ती रक्सौलसम्म ३२.५ किलोमिटर पाइपलाइन भारतीय भूभागमा पर्छ । त्यस्तै, रक्सौल अमलेखगन्जदेखि ३७ किलोमिटर टाढा छ । तर, ट्यांकरबाट ढुवानी हुने बरौनी डिपो भने रक्सौलदेखि २३५ किलोमिटर दूरीमा पर्छ । अमलेखगन्जबाट २७७ किलोमिटर टाढाबाट पेट्रोल ढुवानी गर्दा भाडा महँगो पर्ने गरेको छ ।
आयल निगमका अनुसार २० हजार लिटर पेट्रोल भित्र्याउन ट्यांकरका लागि ४०० लिटर डिजल खर्च गर्नुपर्छ । अर्थात्, एक ट्यांकर पेट्रोल भित्र्याउन इन्धनमा मात्र ७१ हजार २०० रुपैयाँ खर्च हुन्छ । त्यसबाहेक चालक, सहचालक, भारतमा लाग्ने सडक दस्तुर (टोल ट्याक्स) लगायत खर्च र ट्यांकरमा भएको लगानीको ब्याज तथा डिप्रिसिएशन जोड्दा २० हजार लिटरका लागि करिब ९० हजार रुपैयाँ खर्च पर्ने आयल निगमले जनाएको छ । यसबाट पेट्रोलको मूल्य प्रतिलिटर साढे ४ रुपैयाँ बढी पर्ने गरेको छ । पेट्रोल लिन नेपाली ट्यांकर बरौनी पुग्न भारतीय महावाणिज्य दूतावास र बिहार सरकारको अनुमति लिनुपर्ने हुन्छ । एक खेप ल्याउन तीन दिन लाग्छ । ट्यांकरमा ल्याएको तेलको मात्रा तोकिएभन्दा कम हुन्छ । चुहावटको समस्या पनि छ । पाइपलाइनबाट पेट्रोल ल्याउन सके समय, खर्च र पर्यावरणीय नोक्सानी र अन्य समस्याबाट जोगिने यादवको भनाइ छ ।
पाइपलाइन प्रयोगमा आउँदा यो ढुवादी खर्च ५० पैसामा झर्छ । अमलेखगन्जमा दोस्रो चरणको काम पूरा भए पेट्रोलको मूल्य उपभोक्तालाई प्रतिलिटर ३ देखि ४ रुपैयाँसम्म कम पर्न जान्छ । आयल निगम अमलेखगन्ज डिपोका प्रमुख यादवले सन् २०२३ को अन्तिमसम्ममा पूरा हुने गरी काम शुरू हुन लागको बताए । डिपो प्रमुख यादवका अनुसार पाइपलाइन योजनाको दोस्रो चरणका लागि करबाहेक १५४ करोड भारतीय रुपैयाँ (नेपाली २ अर्ब ४६ करोड ४० लाख रुपैयाँ) मा ठेक्का भएको छ । यसअन्तर्गत दुई वटा ट्यांकी र २४ वटा ट्यांकरमा तेल हाल्न मिल्ने ‘फिलिङ स्टेशन’ बनाउनु पर्नेछ । एउटा पाइपलाइनलाई अलगअलग पेट्रोलियम आयातमा प्रयोग गर्दा त्यसको व्यवस्थापनका लागि उच्च प्रविधिको प्रयोगशाला पनि बनाउनु पर्नेछ । काम अगाडि बढाउन इन्डियन आयल कर्पोरेशनलाई निगमले बुझाउने भनिएको धरौटी दिन सकेको छैन । ‘काम अगाडि बढाउँदै गर्नुस्, हामीले निकट भविष्यमा बैंक ग्यारेन्टी दिन्छौँ भनेपछि आईओसीले मानेको छ’, यादवले भने, ‘जनवरी महिनाको अन्त्यसम्म काम शुरू भइसक्ने अनुमान छ ।’
भण्डारणस्थल नहुँदा अहिले पनि पाइपलाइनको पूरा क्षमतामा प्रयोग हुन सकेको छैन । पाइपलाइनको संचालनले शुरूका वर्षहरूमा पेट्रोलियम दुवानीमा वार्षिक करिब २ अर्ब रुपैयाँ बचत हुने निगमको प्रक्षेपण छ । पेट्रोल ढुवानीबापत मात्र अहिले सरदर १५ करोड रुपैयाँ मासिक खर्च हुने गरेको यादव बताउँछन् । साभार ः उकालो

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि