Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नयाँ वर्षमा नेपाल आउने भारतीय पर्यटकहरुको संख्यामा वृद्धि, गाडी भन्सार गराउन घुइँचो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १७, २०७९
नयाँ वर्षमा नेपाल आउने भारतीय पर्यटकहरुको संख्यामा वृद्धि, गाडी भन्सार गराउन घुइँचो

वीरगंज (पर्सा), १७ पुस / अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२३ मनाउन नेपाल आउने भारतीय पर्यटकहरुको भीड लागेको छ । यही आइतबार परेको नयाँ वर्ष २०२३ को उपलक्ष्यमा नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरु नेपाली शहरमा प्रवेश गर्नेहरुको संख्यामा वृद्धि भएको छ ।
नयाँ वर्षको एक दिन अगावैदेखि भारतीय पर्यटकहरुले नेपाल प्रवेश गर्न आफ्ना सवारी भन्सार गराउन लाम लागेको अवस्था देखियो । शनिबार र आइतबार नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरुको घुइँचो नै छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने वीरगंज रक्सौल सीमामा भारतीय गाडीहरु प्रवेश गर्नेहरुको लर्को लागेको छ । नेपाल भारतको मुख्य प्रवेशद्वार पनि वीरगंज रक्सौल नाका नै भएको कारण नेपालको विभिन्न शहरमा यही नाकाबाट भारतीय पर्यटकहरु प्रवेश गर्ने गरेका छन् ।
खास गरेर नयाँ वर्षको अवसरमा सिमा क्षेत्रमा पर्ने पर्सा जिल्लाको ठोरी, मकवानपुर जिल्लाको हेटौडा, चितवन जिल्लाको सौराहा, कास्की जिल्लाको पोखरा, काठमाडौं लगायतका स्थानमा जाने भारतीय पर्यटकहरुको घुइँचो लागेको छ । प्राकृत्तिक सौन्दर्यले भरिभराउ नेपालको विभिन्न सहर भारतीय पर्यटकहरु मन पराउने गरेको कारण पनि नयाँ वर्षको अवसरमा रमाइलो गर्न नेपालको विभिन्न सहर प्रवेश गर्ने गरेको स्थानीयहरुको भनाई छ । नयाँ वर्षको अवसरमा भारतीय प्रवेश गर्नेहरुको घुइँचो नै लाग्ने गरेको उनको भनाई छ ।
चितवन, पोखरामा रमाइलो हुने ठाउँ भएको कारण पनि आफूहरु प्रत्येक वर्ष नयाँ वर्ष मनाउन नेपाल प्रवेश गर्ने गरेको भारतीय पर्यटकहरुको भनाई छ । मोतिहारी निवासी भारतीय पर्यटकले नेपालको पोखरा, चितवन लगायतका स्थानमा सौन्दर्य पहाड, प्राकृत्तिक सौन्दर्यता, मनोकामना मन्दिर, पशुपतिनाथ लगायतका स्थानहरुमा घुम्न मन पराउने गरेको कारण वर्षको दुई तीन पटक विदा मिलाएर रमाइलो गर्न नेपाल प्रवेश गर्ने गरेको बताउँछन् ।
यस वीरगंज रक्सौल नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरु खास गरेर चितवन, पोखरा प्रवेश गर्ने गरेका छन् । आफ्नो मुलुकमा धुलो बाहेक अन्य केही प्राकृत्तिक सम्पदाहरु नभएको कारण परिवार सहित नयाँ वर्ष मनाउन नेपाल प्रवेश गरेको बताउँछन् । ५ दिनको विदा लिएर परिवार सहित चितवन, पोखरा हुँदै काठमाडौं जाने योजना रहेको छ, वर्षमा एक पटक भएपनि परिवार सहित सुन्दर, शान्त वातावरणमा एक हप्ता भएपनि समय खर्च गर्ने योजना सहित नै भारतबाट नेपाल प्रवेश गरेको उनीहरुको भनाई छ ।
केही वर्षदेखि नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरु नेपाल प्रवेश गर्नेहरुको संख्यामा वृद्धि भएको छ । विगतमा भारतीय पर्यटकहरुलाई हेर्ने दृष्टिकोणमा फरक भएपछि नेपाल प्रवेश गर्नेहरुको संख्यामा वृद्धि भएको हो । विगतमा हेटौडा प्रवेश गर्ने वित्तिकै विभिन्न बहानामा गाडी चेकजाँच, दुःख दिने कामहरु हुने गरेकोले भारतीय पर्यटकहरुको संख्यामा कमि भएपनि गत दुई तीन वर्षदेखि नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरुको संख्यामा वृद्धि भएको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि