Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कर्जाको प्रिमियम ‘नियम विपरीत’ बढाएको ४ अर्ब ६६ करोड बैंकहरूले ऋणीलाई फिर्ता गर्नुपर्ने

सबैभन्दा बढी ऋणीलाई प्रिमियम बढाउने एनआईसी एशिया बैंक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १३, २०७९
कर्जाको प्रिमियम ‘नियम विपरीत’ बढाएको ४ अर्ब ६६ करोड बैंकहरूले ऋणीलाई फिर्ता गर्नुपर्ने

काठमाडौं, १३ पुस / वाणिज्य बैंकबाट ऋण लिनु भएको थियो ? बैंकले नियम विपरीत प्रिमियम बढाएका थिए भने फिर्ता लिनको लागि बैंकमा गएर भन्नुहोस् । ऋण लिएको बैंकले बढाएको प्रिमियम वापतको रकम फिर्ता नगरेमा राष्ट्र बैंकमा उजुरी समेत गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा बैंकहरुले ग्राहकसँग प्रिमियम बढाएर बढी असुल गरेको ४ अर्ब ६५ करोड रूपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकमा कृषि विकास बैंक बाहेक २५ वटा बैंकले ऋणीसँग बढी लिएको प्रिमियम रकम फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागका प्रमुख कार्यकारी निर्देशक देवप्रसाद ढकालले बैंकहरूले असुल गरेको ४ अर्ब ६६ करोड रूपैयाँ फिर्ता गर्नुपर्ने बताए । ‘वित्तीय विवरण स्वीकृति गर्ने समयमा ऋणीसँग नियम विपरीत बढी असुल गरेको पैसा फिर्ता गर्न निर्देशन दिएका छौँ,’ ढकालले भने, ‘एक महिनाभित्रमा सबै बैंकले ग्राहकलाई पैसा फिर्ता गर्नुपर्छ ।’ बैंकहरूले कर्जाको ब्याजदर बढाउने बेला बेसरेट बढेको आधारमा बढाउन मिल्छ । तर बैंकहरूले गत आर्थिक वर्षमा नाफा बढाउनको लागि प्रिमियम दर नै बढाएर कर्जाको ब्याजदर बढाएका थिए । राष्ट्र बैंकले नियम विपरीत प्रिमियम बढाउने बैंकलाई ग्राहकलाई सो पैसा फिर्ता गर्न निर्देशन दिएको हो । बैंकहरूले यसको विवरण केन्द्रीय बैंकलाई दिनुपर्ने हुन्छ ।
‘नियम विपरीत काम गर्ने बैंकलाई हामीले कारवाही गरेको हो,’ ढकालले भने, ‘राष्ट्र बैंकले वार्षिक प्रतिवेदन स्वीकृत गर्दा सुक्ष्म रूपमा यसलाई अध्ययन गरेको थियो ।’ राष्ट्र बैंक स्रोतका अनुसार यसरी सबैभन्दा बढी ऋणीलाई प्रिमियम बढाउने काम एनआईसी एशिया बैंकले गरेको देखिएको छ । एनआईसी एसिया बैंकले ४८ करोड रूपैयाँ बढी ऋणीबाट प्रिमियम बढाएर असुल गरेको भेटिएको थियो । एनआईसी एसियाले ४८ करोड रूपैयाँ ऋणीलाई फिर्ता गर्नुपर्छ । सबैभन्दा कम ग्राहकलाई फिर्ता गर्नुपर्नेमा स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । चार्टर्डले ४० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ । यस्तै नबिल बैंकले ऋणीबाट ४७ करोड रूपैयाँ असुल गरेको थियो । नबिल बैंकले नियम विपरीत बढाएको प्रिमियम ऋणीलाई ४७ करोड फिर्ता गर्नुपर्छ ।
राष्ट्र बैंकको एकीकृत निर्देशिकामा बैंकहरूले एकपटक प्रिमियम दर निर्धारण गरेपछि त्यसलाई परिवर्तन गर्न नपाइने व्यवस्था छ । तर नाफा बढाउनको लागि ऋणीलाई प्रिमियम बढाउने काम बैंकहरूले गरेका थिए । ग्लोबल आइएमइ बैंकले ४५ करोड रुपैयाँ ऋणीलाई फिर्ता दिनुपर्छ । सिद्धार्थ बैंकले ३२ करोड ५० लाख रुपैयाँ ऋणीबाट बढी असुल गरेको राष्ट्र बैंकले भेटाएको थियो । ऋणीलाई सिद्धार्थले ३२ करोड ५० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ । बैंक अफ काठमाण्डू (बीओके)ले तथा प्राइम बैंकले २६ करोड फिर्ता गर्नुपर्ने राष्ट्र बैंक स्रोतले जनाएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले २४ करोड ५० लाख रूपैयाँ ऋणीलाई फिर्ता गर्नुपर्ने छ । कुमारी बैंकले २० करोड रुपैयाँ, सनराइज बैंकले १९ करोड १० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ ।
एनएमबि बैंकले १६ करोड ३० लाख, एभरेष्टले १५ करोड ४० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ । नेपाल बैंक तथा प्रभु बैंकले १५ करोड रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ । लक्ष्मी बैंकले १३ करोड ३० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ । हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट तथा सिटिजन्स बैंकले १२ करोड फिर्ता गर्नुपर्ने देखिएको छ । माछापुच्छ्रे बैंकले ११ करोड ७० लाख रूपैयाँ तथा सिभिल बैंकले ११ करोड २० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ । सानिमा तथा मेगा बैंकले ११ करोड रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ । एनसीसी बैंकले ८ करोड ५० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने छ । एसबिआई बैंकले ६ करोड ७५ लाख रूपैयाँ, सेञ्चुरी बैंकले ६ करोड ५० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार कतिपय बैंकले पैसा फिर्ता गर्न सुरू गरिसकेका छन् । बैंकले ग्राहकको खातामा पैसा फिर्ता गर्ने वा किस्ता तिर्ने बेलामा मिलान गर्न सक्नेछन् । साभार : १२खरी

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि