• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ८ पुस / बाराको जितपुर सिमरा उप–महानगरपालिकामा आज बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघ र नेपाल मेडिसिटी बयोधा अस्पतालको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
जितपुर–सिमरा औद्योगिक क्षेत्र रहेको हुदाँ खास गरी श्रमीक तथा विपन्न नागरिकहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरिएको जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिनुभयो । बारा क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य देव नारायण चौधरीले स्वास्थ्य शिविरको उदघाट्न गर्नुभएको थियो ।
शिविरमा ५ सय भन्दा बढीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो । कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पतालका स्त्री रोग प्रसुति विशेषज्ञ, बाल रोग विशेषज्ञ, हाड जोर्नी नशा तथा प्रत्यारोपण विशेषज्ञ, जनरल फिजीसियन तथा जेनरल सर्जनले चेकजाँच गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् !