Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तराईमा कठ्याँग्रिदो चिसो बढेसँगै आगोको सहाराले दिनचर्या विताउँदै सर्वसाधारण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ८, २०७९
तराईमा कठ्याँग्रिदो चिसो बढेसँगै आगोको सहाराले दिनचर्या विताउँदै सर्वसाधारण

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), ८ पुस / विगत एक हप्तादेखि तराईमा बढेको शितलहरीसँगै कठ्याँग्रिदो चिसोको कारण सर्वसाधाणको दैनिकी जीवन कष्टकर बन्दै गएको छ । दिनभरि बाक्लो हुस्सुसँगै शितलहरी पर्ने गरेको कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु बढि प्रभावित बनेका छन् । दिनभरि काम गरि एक छाक टार्ने गरिब, निमुखा परिवारहरु अहिले आगोको भरमा दिनचर्या विताउन बाध्य छन् । विहानदेखि बेलुकासम्म कठ्याँग्रिदो चिसो लाग्ने गरेको कारण दिनभरि पराल एवं दाउराको आगोको सहाराले दिन विताउने गरेको उनीहरुको भनाई छ ।
दिन प्रतिदिन बढ्दै गएको चिसोको कारण सानासाना बालबालिका तथा वृद्धवृद्धाहरु बढि प्रभावित भएको उनीहरुको भनाई छ । ग्रामीण भेगका गरिब परिवारहरु फुस, खपडाको छाप्रोमा बस्ने परिवारका ससाना बालबालिका एवं वृद्धवृद्धाहरु बढि प्रभावित छन् । चिसो बढेसँगै लुगा कपडाको अभावको कारण आगोको भरमै दिनचर्या विताउने गरको छन् भने भने रातिको समयमा सुत्ने बेलामा परालले बनाएको चटाईको भरमा रात विताउने गरेको उनीहरुको भनाई छ । रातिको समयमा बाक्लो हुस्सुसँगै शितलहरी पर्न थालेपछि शितलहरीको पानी ओछ्यानसम्म आउने गरेकोले सुत्नमा पनि समस्या हुने गरेको उनीहरुको भनाई छ ।
दिनभरि आगोलाई समातेर बस्नुपर्ने अवस्था छ, हिँड्न सक्ने अवस्था छैन । जीउमा लगाउने कपडा छैन, खुट्टामा जुत्ता छैन, चप्पल छैन, हालसम्म सम्बन्धित निकायबाट कुनै किसिमको सहयोग नआएको स्थानीयहरुको भनाई छ । चिसोले गर्दा काम गर्न पनि समस्या भएको छ । यत्रो चिसो बढिसकेको छ, हालसम्म कसैले एउटा कपडा पनि उपलब्ध गराएको छैन, दाउरा पनि उपलब्ध गराएको छैन भन्दै उनीहरुले पराल एवं फोहरहरुलाई जलाएर आगो ताप्दै दिन विताउने गरेको उनीहरु बताउँछन् ।
शितलहरीले गर्दा हात खुट्टा काम्ने गरेकोले बाहिर निस्केर दैनिक ज्यालादारीमा काम गर्न पनि समस्या भएको उनीहरुको भनाई छ । चिसोको समयमा एक त दिन सानो हुने गरेको त्यसमा पनि ११ बजेभन्दा अघि घरबाट निस्कने सक्ने अवस्था नरहेकोले पुरा समय काम पनि गर्न नसकेको उनीहरुको भनाई छ । चिसोले खास गरेर दैनिक ज्यालादारीमा काम गर्ने गरिब, मजदुरहरु प्रभावित हुने गरेका छन् । विहानदेखि साँझसम्म काम गरेर साँझ छाकटार्ने गरिब, दलित परिवारका सदस्यहरु अहिले दैनिक रुपमा काममा पनि जान नसकेको बताउँछन् ।
यसो त यि उदाहारणका पात्र मात्रै हुन् । पर्सा जिल्लाको ग्रामीण भेगमा रहेको अधिकाँश गरिब, दलित परिवारहरु चिसोले प्रभावित छन् । सम्बन्धित स्थानीय निकायले हालसम्म चिसोबाट बच्नको लागि कुनै किसिमको सहयोग गर्न सकेको छैन । जिल्ला स्थित विपद् व्यवस्थापन समितिले चिसोबाट सर्वसाधारणलाई बचाउनको लागि कुनै किसिमको पहल गरेको छैन । सम्बन्धित स्थानीय निकायहरु प्नि खासै चासो देखाएको पाइँदैन । पर्सामा १४ वटा पालिका रहेतापनि वीरगंज महानगरपालिका बाहेक अन्य पालिकाले चिसोबाट गरिब, निमुखा परिवारलाई बचाउनका लागि कुनै किसिमको पहल गरेको पाइँदैन ।

वीरगंज महानगरले सम्पूर्ण वडामा दाउरा वितरण गर्ने
कठ्याँग्रिदो जाडो बढेसँगै वीरगंज महानगरपालिकाको ३२ वटै वडामा आगो ताप्ने व्यवस्था मिलाउन दाउरा वितरण गर्ने भएको छ । बहीबार बिहान बसेको महानगरपालिकाको विपद व्यवस्थापन समितिको नगर स्तरीय बैठकले ३२ वटै वडाका आवश्यक स्थानको पहिचान गरि जाडोबाट बँच्न आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
सम्बन्धित वडाअध्यक्षहरुको समन्वयमा महानगरपालिकाले आवश्यक परेका स्थानमा आगो बाल्न दाउरा उपलब्ध गराउने निर्णय गरिएको बताइएको छ । बैठकले बजार क्षेत्रलाई मध्यनजर गर्दै रातमा सडक तथा चौरमा खुला आकाशमुनी रात विताउन बाध्य भएका अति विपन्नहरुलाई जाडो महिनाभर राति सुत्नका लागि बसेराको निर्माण गर्ने पनि निर्णय गरेको छ । यस्तै बैठकले अतिविपन्न, ज्येष्ठ नागरिक, एकल महिलालाई न्यानो कपडा उपलब्ध गराउने निर्णय गरेको छ ।
महानगरपालिकाका मेयर राजेशमान सिंहले जाडो सुरु भइसकेकाले अब छिट्टै चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन आफूहरुले काम गरिरहेको भन्दै तत्काल आवश्यक स्थानको पहिचान गरेर जानकारी दिन वडाअध्यक्षहरुलाई आग्रह गरेका छन् । तराईमा कठ्याँग्रिदो जाडा शुरु भइसकेकोले १÷२ दिनभित्रै पहिचान गरिएका स्थानहरुमा दाउरा खसाल्ने काम शुरु हुने बताए । महानगरपालिकाले डिभिजन वन कार्यालयसँग आवश्यक दाउरा माग गरेको र अहिले वन कार्यालयले ८ चट्टा दाउरा उपलब्ध गराउने भएकोले सोही दाउरालाई पहिचान गरिएको स्थानहरुमा पठाउने बताए । वन कार्यालयबाट उपलब्ध दाउरा र महानगरले नै विभिन्न स्थानबाट संकलन गरेको ६ ट्रक रुखका जराहरु आवश्यक परेका ठाउँमा आगो बाल्न उपलब्ध गराउने पनि उनले बताए । जाडो महिनामा नै आगलागी जस्ता घटना पनि हुने भएकाले त्यसतर्फ सचेत भएर आगो बाल्न मेयर सिंहले आग्रह गरे ।
तराईमा वर्षेनी शितलहरीका कारण दर्जनौं व्यक्ति ज्यान गुमाउने गरेका छन् । अहिलेको अवस्थामा यि गरिब परिवारका वृद्धवृद्धाहरुको जिउने आधार आगो मात्रै छ । यिनीहरु २ देखि ३ वटा कपडामा आफ्नो दिनचर्या विताई रहेका छन् । दिन रात बालेको घुर (आगो) तापी आफ्नो जीवन विताई रहेका छन् । एक छाक खानाको व्यवस्था भए अर्को छाक खानाको चिन्तामा बस्ने यि दलित परिवारहरुलाई राहतको बढि आवश्यक्ता छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

७ महिनादेखि तलब नपाएपछि कर्मचारी आन्दोलितः छिपहरमाई गाउँपालिकाको सेवा ठप्प

७ महिनादेखि तलब नपाएपछि कर्मचारी आन्दोलितः छिपहरमाई गाउँपालिकाको सेवा ठप्प

बैशाख १५, २०८३
पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्दार केन्द्र संचालनमा

पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या बढ्दै

बैशाख १५, २०८३
८ वर्षदेखि अलपत्र सडकः हरपतगञ्जका स्थानीय आक्रोशित, प्रशासनमा ज्ञापन

८ वर्षदेखि अलपत्र सडकः हरपतगञ्जका स्थानीय आक्रोशित, प्रशासनमा ज्ञापन

बैशाख १५, २०८३
वीरगंज भन्सारको कारोबारमा कमी

९ महिनामा करिब तीन अर्बको विद्युतीय सवारीसाधन आयात

बैशाख १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि