Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सिया नदी प्रदुषण हुनुमा उद्योग जिम्मेवार, अनुगमन टोलीद्वारा कारवाहीको चेतावनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २८, २०७९
सिर्सिया नदी प्रदुषण हुनुमा उद्योग जिम्मेवार, अनुगमन टोलीद्वारा कारवाहीको चेतावनी

वीरगंज (पर्सा), २८ मंसिर / सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्न नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन सुरु भएको छ । नदी आसपास रहेका वीरगञ्जका उद्योगहरुका कारण सिर्सिया फोहोर भएकाले प्रदुषण नियन्त्रणका लागि अनुगमन सुरु गरिएको हो । सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानद्वारा मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्वर २१ सिर्सिया आसपास रहेका ४ वटा उद्योगको अनुगमन गरिएको छ । अनुगमनका क्रममा ती उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर पानी सोझै नदीमा मिसाउने गरेको भेटिएको अनुगमनमा खटिएका जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।
टोलीले श्री निधी टेक्सटायल्स प्रा।लि।, ब्रिटानीय नेपाल प्रा।लि।, शक्ति दाल मिल र शक्ति वायरको अनुगमन गरेको थियो । अनुगमनका क्रममा निधी टेक्सटायल्सले उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको पाइएको छ । यो उद्योगले दैनिक डेढ लाख लिटर केमिकल सहितको फोहोर पानी उद्योगबाट सोझै सिर्सिया नदीमा मिसाउने गरेको छ । उद्योगले अहिलेसम्म पनि वाटर ट्रिटमेण्ट प्लाण्ट नराखेको र फोहोर पानी नदीमा फाल्ने गरेको वीरगञ्ज महानगरपालिका वातावरण शाखाका प्रमुख देवेन्द्र चौधरीले बताए । यो उद्योगले फोहोर पानीका साथै नदी दुर्गन्धित बनाउने छाइँ ९खरानी० पनि नदीमै फाल्ने गरेको भेटिएको उनले बताए ।
उद्योगलाई अनुगमन टोलीले तत्काल ट्रिटमेण्ट राख्न र फोहोर पानी सोझै नदीमा नमिसाउन चेतावनी दिएर आएको पनि उनले बताए ।
यस्तै विस्कुट उत्पादन गर्ने ब्रिटानीयाले ट्रिटमेण्ट प्लाण्ट हुँदाहुँदै पनि पानी प्रशोधन नगरी फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको स्थानीय बताउँछन् । टोलीले पनि पानी प्रशोधन नगरी सोझै नदीमा मिसाएको भेटेको थियो । यस्तै शक्ति वायर उद्योगले त्यहाँबाट निस्केको पानी जम्मा गर्न पोखरी बनाएको भए पनि प्रभावकारी नहुँदा फोहोर पानी नदीमा नै मिसिन पुगेको भेटिएको चौधरी बताउँछन् । नदीलाई दुर्गन्धित बनाउने गरी लेदोसहितको फोहोर पानी फाल्ने उद्योगलाई आज पहिलो पटक चेतावनी दिइएको र आउँदा दिनमा यस्तो कार्य दोहोरिए सोझै कारवाही गरिने अनुगमनमा गएका महानगरका उपमेयर इम्तियाज आलमले बताए । सिर्सिया नदी सफा बनाउने अभियनमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेण्ट प्लाण्ट राखेर सहयोग गर्नु पर्नेमा जिम्मेवारीबाट पन्छिँदै आफ्नो स्वार्थ मात्रै नहेर्न उद्योगीहरुलाई आग्रह गरे ।
उपमेयर आलमको नेतृत्वमा गएको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, महानगरको वातावरण शाखाका देवेन्द्र चौधरी, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सक्रियतामा आइतबार बसेको बैठकले नदी प्रदुषण नियन्त्रणका लागि उद्योगको अनुगमन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप मंगलबारबाट उद्योगको अनुगमन सुरु भएको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगंज भन्सारमा एमआरपी नियमको असरः जाँचपास ठप्प, राजश्वमा गिरावट

बैशाख २१, २०८३
वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

बैशाख २१, २०८३
नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

बैशाख २१, २०८३
माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

बैशाख २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि