Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिन मेयरको निर्देशन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २८, २०७९
स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिन मेयरको निर्देशन

वीरगंज (पर्सा), २८ मंसिर / वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हरेक वडामा रहेका स्वास्थ्य संस्थामा कुनै पनि औषधीको कमी नहुने गरी व्यवस्था मिलाउन निर्देशन दिएका छन् । महानगरको सामाजिक विकास महाशाखाले आयोजना गरेको जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । ३२ वटै वडामा रहेका स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरु हर समय उपलब्ध हुनु पर्ने भन्दै त्यहाँ तोकिएका कुनै पनि औषधीको कमी नहुने व्यवस्था मिलाउन निर्देशन दिए ।
हरेक वडाका स्वास्थ्य चौकीमा आवश्यक औषधी तथा अस्पतालमा प्रयोग हुने सामग्री पठाउँदा अबदेखि सम्बन्धित वडाका वडाध्यक्षहरुसँग जानकारी दिएर मात्रै पठाउन उनले स्वास्थ्य शाखालाई निर्देशन दिए । ‘वडाध्यक्षहरुलाई जानकारी नदिई स्वास्थ्य चौकीमा पठाउँदा कर्मचारीले औषधी तथा सामाग्री दुरुपयोग गर्ने गरेको सूचना आयो,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न अबदेखि सम्बन्धित वडाध्यक्षहरुलाई जानकारी दिएर मात्रै आवश्यक औषधी तथा सामग्री पठाउने व्यवस्था मिलाइने छ ।’ स्वास्थ्य महाशाखाका प्रमुख रितेस जयसवालले नेपाल सरकारले विभिन्न ९८ प्रकारका औषधि निशुल्क उपलब्ध गराउन भनेको भन्दै त्यसका लागि ४० लाख उपलब्ध गराएको बताए ।
४० लाखको औषधिले महानगरका नागरिकलाई वर्षभर तोकिएका ९८ प्रकारका औषधीले नपुग्ने भएकाले थप रकम माग्न आवश्यक रहेको बताए । उनले केन्द्र सरकारसँग बजेट माग्दा प्रदेशमा देखाउने गरेको र प्रदेशले आफूहरुसँग कुनै औषधि खरिदको कुनै पनि योजना नरहेको भन्दै पन्छिने गरेको जयसवालले सुनाए । जवाफमा मेयर सिंहले सरोकारवालाहरुसँग एक पटक बैठक बसेर आवश्यक पहल गर्न भन्दै केन्द्रले नदिए महानगर आफैले आफ्ना नागरिकको स्वास्थ्यको जिम्मेवारी बहन गर्ने बताए ।
कार्यक्रममा सहभागि वडा नम्वर २० का वडाध्यक्ष रामकिशोर सिंह ‘पराग’ले आफ्नो वडामा रहेको स्वास्थ्य संस्थामा कहिले औषधी नभएको त कहिले स्वास्थ्यकर्मी नै नेभेटिने गरेको भन्दै अबदेखि जनप्रतिनिधिलाई सहभागि गराएर मात्रै आवश्यक व्यवस्था मिलाउन आग्रह गरे । कार्यक्रममा ३२ वटै वडाका वडाध्यक्ष, सचिव तथा अन्य जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि