Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सामुदायिक विद्यालयमा मेयर सिंहको छड्को अनुगमन, अनुपस्थित संख्या धेरै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २८, २०७९
सामुदायिक विद्यालयमा मेयर सिंहको छड्को अनुगमन, अनुपस्थित संख्या धेरै

वीरगंज (पर्सा), २८ मंसिर / वीरगञ्ज महानगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि महानगरले सक्रियता देखाएको छ । निर्वाचनका बेला जनताकाबीच शिक्षामा आमुल परिवर्तन गर्ने प्रतिबद्धता बमोजिम मेयर राजेशमान सिंहले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिएका हुन् । महानगरभित्रका संस्थागत विद्यालयहरुको वर्गीकरण तथा शूल्क निर्धारण गरे लगत्तै मेयर सिंह निरन्तर सामुदायिक विद्यालयको अनुगमनमा छन् । सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरीय र विश्वसनीय बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै मेयर सिंहसहितको टोलीले लगातार तेस्रो दिन पनि यहाँका विभिन्न सामुदायिक विद्यालयमा छड्के अनुगमन गरेका छन् ।
मंगलवार मेयर सिंह छड्के अनुगमनका लागि सबैभन्दा पहिला वीरगञ्जको विर्तास्थित त्रिजुद्ध स्कुलमा पुगे । उपत्यका बाहिरको सबैभन्दा पहिलो स्कुलको रुपमा परिचि त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माद्यामिक विद्यालयमा पुगेर मेयर सिंह नेतृत्वको टोलीले त्याहाँका विद्यार्थीहरुसँग साक्षात्कार ग¥यो । कक्षा १० मा पुगेर मेयर सिंहले पठनपाठनमा र समग्र विद्यालयमा भएका समस्याका सम्बन्धमा प्रश्न सोधे । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल र महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले विद्यार्थीसँग नजिकिँदै उनीहरुको सबैभन्दा मन पर्ने विषयका सामान्य जिज्ञासा र प्रश्न सोधे । सो अवसरमा अधिकांश विद्यार्थीहरुले अंग्रेजी माध्यम र नेपाली माध्यममा पढ्ने विद्यार्थीविच विभेद हुने गरेको बताए । विद्यालयमा अतिरिक्त क्रियाकलाप नहुने र भए पनि नेपाली माध्यममा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी नगराउने गरेको उनीहरुको भनाई थियो । साथै कक्षामा अध्यापनका क्रममा शिक्षकहरुले मोवाइलमा कुरा गर्ने गरेको त्रिजुद्ध स्कुलका विद्यार्थीले बताए । त्यसपछि कक्षा ८ र ९ का विद्यार्थीसँग मेयर सिंह नेतृत्वको अनुगमन टोलीले समस्याका बारेमा बुझेको थियो । विशेष गरी छात्राहरुको लागि शौचालयको समस्याका साथै एउटै चापाकलमा धेरै विद्यार्थीले पानी पिउनुपर्ने बाध्यता रहेको विद्यार्थीको गुनासो थियो ।
अनुपस्थितको संख्या धेरै
त्रिजुद्ध माविको कक्षा ९ मा १ सय ४ जना विद्यार्थी छन् । मेयरसहित महानगरको टोली अनुगमनमा जाँदा कक्षामा जम्मा ४५ जना विद्यार्थी मात्रै उपस्थित थिए । १ सय ४ जना भर्ना भएपनि नियमित रुपमा ७०÷८० जना मात्रै आउने गरेको विद्यार्थीहरुले बताए । मेयर सिंह, प्रमुख प्रशासकिय अधिकृत पौडेल र शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले विद्यालयमा शिक्षक र विद्यार्थीहरुको हाजिरी रजिष्टार पनि चेकजाँच गरे । शिक्षकहरुको लागि विद्युतिय हाजिरी सञ्चालन गर्न मेयर सिंहले निर्देशन दिए । लगातार ३ दिनसम्म अनुपस्थित हुने विद्यार्थीको अभिभावकलाई खबर गरेर कारण सोध्नुपर्ने नियममै व्यवस्था भएको हुँदा अनुपस्थित हुनेको हाजिरीबाटै नाम हटाउन शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले निर्देशन दिएका छन् । अनुगमनका क्रममा त्रिजुद्ध स्कुलका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मीले उपलब्ध स्रोत साधनको उचित सदुपयोग गर्दै विद्यालयको शैक्षिक गुणस्तर कायम राख्ने प्रयास गरीरहेको बताए ।
त्रिजुद्ध स्कुलको अनुगमन सकेर महानगरको टोली वीरगञ्जको विर्तास्थित कन्या माविमा प्रस्थान ग¥यो । कन्या माविको कक्षा १० मा विद्यार्थीसँगै बसेर मेयर सिंहले उनीहरुका समस्याका सम्बन्धमा जिज्ञासा राखे । समस्या सोधपुछका क्रममा कन्या माविका छात्राहरुले ३ वर्षदेखि छात्रवृतिको रकम नपाएको प्रकाशमा आयो । छात्रवृत्तिको रकमका लागि भर्नुपर्ने फारमका सम्बन्धमा पनि उनीहरु अनभिज्ञ रहेको पाइयो । साथै कुनै पनि बहानामा शूल्क उठाउन नहुने व्यवस्था भएपनि कन्या माविमा मासिक शूल्कको नाममा १ सय २५ रुपैयाँ र परीक्षा शूल्क २ सय २५ रुपैयाँ तिर्ने गरेको विद्यार्थीहरुले बताए । त्यसको बारेमा विद्यालयलाई चेतावनी दिँदै आगामी दिनमा शूल्क नलिन मेयर सिंहले पनि निर्देशन दिएका छन् । अर्थ शास्त्र विषयको पुस्तक अहिलेसम्म पनि ४ जना छात्राले नपाएको हुँदा तत्काल पुस्तकको व्यवस्था मिलाउने शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले बताए । मेयर सिंहले घरबाटै टिपिन बक्समा खाजा ल्याउन आग्रह गर्दै होटल तथा पसलको खाजा नखान पनि विद्यार्थीहरुलाई आग्रह गरेका छन् । कन्या माविको प्रवेशद्वार नजिकैको नाला अतिक्रमणमा परेको हुँदा उक्त संरचनालाई भत्काउने कार्य पनि केही दिनमै शुरु गरिने मेयर सिंहले बताए । कन्या माविकी प्रधानाध्यापिका अनिता साहले अनुगमन टोलीलाई सहजीकरण गरेकी थिइन् ।
अनुगमन टोलीमा महानगर प्रमुख सिंहसँगै प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्ण, युवा नेता मधुसुदन चौरसियासहित सञ्चारकर्मी पनि सहभागि थिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरीस्थित शारदा माविका विद्यार्थीले पनि समस्या सुनाए । अनुगमनका लागि पुगेका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णलाई समस्या सुनाउँदै कक्षा ९ की एक छात्रले भने, ‘तपाईहरु भन्नुहुन्छ कुनै पनि शूल्क लाग्दैन, सबै शिक्षा निःशूल्क भनेर । तर हामी यहाँ कम्प्युटर शूल्क, परीक्षा शूल्क र मासिक शूल्क तिर्छाै ।’ सोही कक्षाका एक छात्रा थप्छीन्, ‘यति मात्रै हैन चरित्र प्रमाण पत्र (क्यारेक्टर सर्टीफिकेट) मा गल्ती भएको सच्याउन पनि पैँसा तिर्नुपर्छ ।’ अर्का छात्रले भने, ‘कोठामा झ्याल छैन, बत्ती छैन, शौचालय व्यवस्थित छैन, शौचालयको दुर्गन्धले कक्षाकोठामै बस्न सक्ने अवस्था छैन ।’ छात्रवृत्तिको रकम नपाएको गुनासो शारदा माविका छात्राहरुले पनि गरे । विद्यालयमा अतिरिक्त क्रियाकलाप कहिलै पनि नहुने विद्यार्थीहरुको भनाई थियो । पुस्तकालयको पनि व्यवस्था नभएको हुँदा त्यसका लागि पहल गरिदिन माग पनि उनीहरुले उठाएका छन् । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले अर्काे पटक आउँदा ति सबै समस्याको समाधान गर्न विद्यालयका प्रधानाध्यापक दयाकान्त झालाई निर्देशन दिएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि