Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्यालयको शुल्क निर्धारण र वर्गीकरणप्रति एन प्याबसन एवं अभिभावक संघको आपत्ति

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २६, २०७९
विद्यालयको शुल्क निर्धारण र वर्गीकरणप्रति एन प्याबसन एवं अभिभावक संघको आपत्ति

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २६ मंसिर / वीरगंज महानगरपालिकाले नगर क्षेत्रका संस्थागत विद्यालयहरुको स्तरीकरण र शुल्क निर्धारण गरेको निर्णयप्रति चौतर्फी विरोध भएको छ । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याबसन) पर्साले समेत महानगरको निर्णयप्रति आपत्ति जनाएको छ । सोमबार एन प्याबसन पर्साले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै महानगरपालिकाले नियम विपरित संस्थागत विद्यालयहरुको शुल्क निर्धारण र स्तरीकरण गरेमा ध्यानाकर्षण भएको जनाएको हो ।
वीरगंज महानगरपलिकाको नियमावलीको दफा नम्बर ९७ को ‘क’ मा संस्थागत विद्यालयहरुले लिने शुल्कका लागि संघिय तथा प्रदेश कानुनले तोकेको मापदण्ड बमोजिम सम्बन्धित विद्यालयले शैक्षिक शत्र शुरु हुनुभन्दा ३ महिना अगावै आफ्नो विद्यालयको शुल्क खुलाई आउने शैक्षिक शत्रको निम्ति शिक्षा शाखामा प्रस्तावित पेश गर्नुपर्ने व्यवस्था छ । अर्थात शुल्क निर्धारण आउने शैक्षिक शत्रको निम्ति निर्धारण गर्नुपर्ने एन प्याबसको भनाई छ । तर वीरगंज महानगरपालिकाले सार्वजनिक गरेको सूचनामा भने चालु शैक्षिक शत्र २०७९ जेठ १ गते देखि लागु हुने भनिएको छ । जसकारण निजी विद्यालयहरु समस्यामा परेको भन्दै महानगरले गरेको निर्णय व्यवहारिक नभएको एन प्याबसन पर्साका अध्य्रक्ष राम श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार विद्यालयहरुले यस अघिका महिनाहरुको शुल्क उठाएर तिर्नुपर्ने शिर्षकमा तिरेर आय व्यय तयार पारित कर समेत तिरिसकेको अवस्थामा महानगरको निर्णयले विद्यालयमा द्वन्द सृजना हुने देखिएको छ । शुल्क निर्धारण समितिमा संस्थागत विद्यालयको प्रतिनिधिमूलक संस्था मध्ये एकजना रहने व्यवस्था रहेको भएपनि एन प्याबसन र प्याबसनको प्रतिनिधिलाई नराखिएकोमा आपत्ति प्रकट गरेको छ । साथै संस्थागत विद्यालयहरुले पालना गनुपर्ने मापदण्ड, शुल्क प्रावधान र गुणस्तर जस्ता विषयमा निर्णय गर्दा विद्यालयहरको छाता संगठनको राय र परामर्श लिई निर्णय लिनुपर्नेमा संस्थागत विद्यालयको वर्गीकरणमा आफूहरुलाई सहभागिता नगराएकोप्रति एन प्याबसनले असन्तुष्टि जनाएको छ । सोही कारण महानगरपालिकाले शुल्क निर्धारण तथा वर्गीकरणमा गरेको निर्णय विधि र प्रकिया संगत नरहेको भन्दै आफूहरुको राय तथा परामर्श लिई मात्र आगामी शैक्षिक शत्रका लागि लागु गर्न भनिएको छ ।
यसैगरी अभिभावक संघ पर्साले समेत वीरगंज महानगरपालिकाले गरेको निर्णयप्रति आपत्ति जनाएको छ । हालै जिल्ला प्रशासनमा दर्ता भएको संघका अध्यक्ष सन्दिप साहले पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा महानगरले गरेको निर्णय आफूहरुलाई मान्य नरहेको बताए । उनले महानगरपलिकाले अभिभावकमाथि अझ बढि आर्थिक भार थपिने गरि निर्णय लिएका भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष साहले महानगरले केही विद्यालयको साना कक्षामा अध्यन्नरत विद्यार्थीहरुको शूल्क घटाएपनि माथिल्लो कक्षाहरुको शुल्क वृद्धि गरेको हुँदा यसले अभिभावकहरुबीच नै द्वन्द सृजना हुने बताए । वर्गीकरण र शुल्क निर्धारण गरि सार्वजनिक गर्नु अघि समीक्षा बैठक बस्ने आश्वासन दिएपनि महानगरपालिकाले विदाको दिन पारेर आफूहरुलmाई जानकारी नै नदिई सार्वजनिक गरेको र आफूहरुको माग समेत सम्बोधन नभएको संघको गुनासो छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि