Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एन.आई.सि. एसिया बैंकको ठगी धन्दा, व्याजदर वृद्धिमा मनोमानी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २२, २०७९
एन.आई.सि. एसिया बैंकको ठगी धन्दा, व्याजदर वृद्धिमा मनोमानी

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २२ मंसिर / एन.आई.सि. एसिया बैंकले कर्जा लगानीमा मनोमानी रुपमा व्याजदर बढाउँदै आएको सेवाग्राहीहरुले आरोप लगाएका छन् । वीरगंज स्थित उक्त बैंकका शाखा कार्यालयबाट कर्जा लिएका सेवाग्राहीलाई जानकारी विना नै आधार दर (बेसरेट) तथा प्रिमियम दर दुबै शिर्षकमा आफ्नो मनोमानी रुपमा व्याजदर बढाउँदै आएको आरोप लागेको हो । वीरगंजका लिंकरोड स्थित शाखा कार्यालयबाट घर कर्जा लिएका सेवाग्राही अजय चौरसियाले बैंकले मनोमानी रुपमा ब्याज बढाएर जनताको ढाड सेक्ने कार्य गरि रहेको बताए । एन.आई.सि. एसिया बैंंककै शाखा प्रबन्धक रहेर कार्य गरि सकेका चौरसिया आफै त्यही बैंकबाट पीडित भएको बताएका छन् ।
विगत दुई वर्ष अगाडि घरकर्जा लिँदा बेस रेट र प्रिमियम समेत नखुलाई समग्रमा ८.२५ प्रतिशतको व्याजदरमा कर्जा लिएकोमा हाल आएर बैंकले १३ प्रतिशत व्याजदर कायम गरि दिएको बताए । उनले केही दिन अगाडि मात्रै बैंकले आफूलाई बोलाई केही कागजातमा हस्ताक्षर गर्नुछ भनेर बैंकको प्रिमियम दर वृद्धि गर्ने कागजातमा झुक्याएर हस्ताक्षर गराई हाल बेस रेट र प्रिमियम दुबै गरि १३ प्रतिशत व्याजदर कायम गरिदिएको बताए ।
बैंकले कर्जा लगानी गर्दा किस्ताबन्दी (ई.एम.आई.) तथा ओभरड्राफ्ट (ओ.डि.) दुई किसिमको कर्जा लगानी गर्ने गर्छ । नेपाल राष्ट्र बैंकको नीति नियमानुसार किस्ताबन्दी कर्जा (ई.एम.आई.) कर्जा दिने बखत नै व्याजदर कायम गरिन्छ र त्यो ब्याजदर एक वर्षसम्म घटाउन बढाउन पाइँदैन, तर एन.आई.सि. एसिया बैंकले त्यो नीति नियमलाई धज्जी उडाउँदै आफ्नो मनोमानी रुपमा व्याजदर बढाउने गरेको उनको भनाई छ ।
कर्जा लगानी गर्ने बेखत पनि सेवाग्राहीहरुलाई आधार दर (बेसरेट) र प्रिमियम दरबारे स्पष्ट रुपमा जानकारी गराउनुपर्नेमा त्यसो नगरी विभिन्न प्रकारको प्रलोभन देखाई कर्जा लगानी गर्ने र आफ्नो मनोमानी रुपमा व्याजदर बढाउने, केही दिन पैसा तिर्न ढिलो भएर मानसिक यातना दिने जस्ता कार्यहरु गर्दै आएको उनको भनाई छ । अहिले त उक्त बैंकले किस्ता नतिर्ने सेवाग्राहीको घरमा गार्ड नै पठाएर मानसिक यातना दिने गरेको छ ।
एन.आई.सि. एसिया बैंकले कर्जा दिने बखत भर्ने फारममा स्पष्ट उल्लेख गरेको छ, ‘कर्जाको व्याजदर ८.२५ प्रतिशत हुनेछ, कर्जा सुविधा उपलब्ध गराइएको मितिले उक्त व्याजदर एक वर्षसम्म परिवर्तन हुनेछैन, कर्जा सुविधा उपलब्ध गराइएको एक वर्ष पश्चात बैंकको आधार दर ८.२५ प्रतिशत भन्दा बढि भएमा सो वृद्धि भएको आधार दरलाई कर्जाको व्याजदर कायम गरिनेछ’ । तर त्यही बैंकले आफै त्यो नियमलाई लत्याउँदै आधार दर सहित प्रिमियम दर मनोमानी रुपमा वृद्धि गर्ने गरेको छ ।
आफै त्यही बैंकको शाखा प्रबन्धक रहेर कार्य समेत गरि सकेको अवस्थामा बैंकले आफूलाई यसरी ठगी रहेको छ भने अन्य सर्वसाधारणहरुलाई कति ठगि रहेको होला ? सहजै अनुमान लगाउन सकिन्छ भन्दै चौरसियाले यस बैंकको समस्याबारे सम्बन्धित व्यक्तिलाई गुनासो गर्न खोज्दा कसैले केही नसुन्ने गरेको उनको भनाई छ ।
यसबारे नेपाल राष्ट्र बैंक वीरगंजकी उप निर्देशक तथा सूचना अधिकारी प्रियँका बस्नेतले अहिले बैंकको आधार दर पनि वृद्धि भएकोले व्याजदर बढ्न सक्ने भन्दै यदि त्यस बैंकले ठगी नै गरेको छ भने लिखित निवेदन दिए नियमानुसार कारवाही प्रक्रिया अगाढि बढाइने बताइन् । उनले बेलाबखत आउने गुनासोबारे बैंकसँग मौखिक जानकारी लिने गरेको अवस्थामा ठगी नै गरेको रै’छ भने लिखित निवेदन दिनुपर्ने र त्यो निवेदनमाथि राष्ट्र बैंकको केन्द्रिय कार्यालयले कारवाही प्रक्रिया अगाडि बढाउने बताइन् ।
उनले राष्ट्र बैंकले अन्य बैंकहरुलाई निगरानी गरि रहेको भएतापनि यहाँबाट कारवाही गर्न नसकिने भन्दै लिखित निवेदन दिए नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालयले कारवाही प्रक्रिया अगाडि बढाइएने बताइन् । अर्कोतर्फ सेवाग्राहीहरुले पनि कर्जा लिने बेलामा सबै नियम प्रक्रिया बुझेर मात्रै लिनुपर्ने र कुनै पनि कागजातमा हस्ताक्ष गर्दा सबै बुंदाहरु पढेर, बुझेर मात्रै हस्ताक्षर गर्नुपर्ने सल्लाह समेत दिइन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि