Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा १० हजार भन्दा बढी मत बदर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १३, २०७९
पर्सा : ३ वटा क्षेत्रमा सत्ता गठबन्धन तथा १ वटा क्षेत्रमा जसपा एमाले गठबन्धन अग्र स्थानमा

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १३ मंसिर / मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० हजार भन्दा बढी अर्थात ४.४० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साको तथ्यांकमा उल्लेख गरिएको छ । ४ निर्वाचन क्षेत्र रहेको पर्सामा प्रतिनिधि सभातर्फ सबैभन्दा बढी मतबदरको संख्या पर्सा क्षेत्र नम्बर २ र सबैभन्दा कम क्षेत्र नम्बर ४ मा रहेको छ । ८६ हजार ९ सय ६६ मतदाता रहेको पर्सा २ मा ५८ हजार ५ सय ४७ मत अर्थात ६७. ३२ प्रतिशत मत खसेको थियो । जसमध्ये ३ हजार ४६ अर्थात ५.२० प्रतिशत मत बदर भएको छ ।
यस्तै क्षेत्र नम्बर १ मा ५१ हजार २ सय ११ मत खसेकोमा २ हजार ५ सय ९१ अर्थात ५.०६ प्रतिशत मत बदर भएको छ । क्षेत्र ३ मा ६४ हजार ३ सय २४ मत खसेकोमा २ हजार ६ सय ५१ अर्थात ४.१२ प्रतिशत र क्षेत्र ४ मा ६२ हजार २ सय १९ मत खसेकोमा २ हजार १ सय ३ अर्थात ३.३८ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । पर्साको प्रतिनिधि सभातर्फ कुल २ लाख ३६ हजार ३ सय १ मत खसेकोमा १० हजार ३ सय ९१ मत बदर भएको हो ।
प्रदेश सभातर्फ २ लाख ३६ हजार ८६ मत खसेकोमा कुल ८ हजार २८ अर्थात ३. ४० प्रतिशत बदर मत भेटिएको जिल्ला निर्वाचन अधिकृत रंजिता झाले जानकारी दिनुभयो । ८ निर्वाचन क्षेत्र रहेको पर्सामा सबैभन्दा बढी क्षेत्र २ क मा मत बदर भएको छ । सो क्षेत्रमा ३१ हजार ४ सय ५७ मत खसेको थियो । जसमध्ये १ हजार ३ सय ७१ अर्थात ४.३६ प्रतिशत मत बदर भएको उहाँले बताउनुभयो । सबैभन्दा कम ४ ख मा ८ सय ७८ अर्थात २.६९ प्रतशत मत बदर भएको छ ।

समानुपातिक तर्फ बदर मत बढी
यसैगरी प्रतिनिधि सभाको समानुपातिक तर्फ २ लाख ३६ हजार ६ सय ५० मत खसेकोमा ११ हजार ३ सय ४७ मत अर्थात ४.७९ प्रतिशत मत बदर भएको छ । प्रदेश सभाको समानुपातिकतर्फ २ लाख ३७ हजार ४ सय १७ मत खसेकोमा १५ हजार ९ सय ५९ अर्थात ६.७२ प्रतिशत मत बदर भएको निर्वाचन कार्यलयको तंथ्याकले देखाएको छ । समानुपातिकमा समेत पर्सा क्षेत्र २ मा सबैभन्दा बढी मत बदर भएको छ ।
यस्तै आयोगले तोकेको २ अस्थायी मतदान स्थालमा भएको मतदानमा ९ सय १ मध्य ८१ मत खसेकोमा १ मत बदर अर्थात १.२३ प्रतिशत मत बदर भएको दखिएको छ । यो तथ्यांकलाई हेर्दा पर्सामा प्रत्यक्ष र समानुपातिक मध्य सबैभन्दा बढी प्रदेश सभा तर्फको समानुपातिकमा मत बदर बढी भएको छ ।

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको दाबी
यता यसपटकको निर्वाचनमा मत बदर संख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पर्साले दाबी गरेको छ । मतदाता शिक्षा प्रभावकारी भएको कारण यसपटकको निर्वाचनमा मत बदरको संख्या विगतभन्दा कम देखिएको जिल्ला निर्वाचन कार्यलय पर्साका सूचना अधिकारी अरुण ठाकुरले बताउनुभयो ।
उहाँले मतदाता शिक्षा प्रचारप्रसारका लागि १२ रेडियो एफएमलाई ५ हजारको दरले ६० हजार , १४ वटा स्थानीय तहमा रहेका फोकल पर्सनलाई ७ हजारको दरले ९८ हजार र १४ पालिकामा गरिएको नमुना मतदानको क्रममा ५ हजारको दरले ६० हजार गरी कुल २ लाख २८ हजार रुपैया खर्च भएको बताउनुभयो । साथै प्रत्येक स्थानीय तहले आ–आफ्ना पालिकामा महिला स्वयमसेवीका परिचालन गरी घरघरमा मतदाताहरुलाई मतदान गर्ने शिक्षा प्रदान गरेको सूचना अधिकृत ठाकुरले बताउनुभयो ।
२०७४ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा १० प्रतिशत भन्दा बढी मत बदर भएको थियो । ३ लाख ४५ हजार ९ सय २८ मतदाता रहेको पर्सामा ६९ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि