Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नयाँ दल खोल्ने तयारीमा प्रभु साह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ११, २०७९
नयाँ दल खोल्ने तयारीमा प्रभु साह

रौतहट, ११ मंसिर / नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु साहले आफ्ना प्रतिद्वन्द्वी लाई भारी मतान्तरले हराउन सफल भएका छन् । यस पटकको निर्वाचनमा रौतहट ३ मा गठबन्धनको गन्जागोल परिस्थिति देखा परेको थियो । स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह विरुद्ध सबै पार्टीहरु एक ठाउँमा उभिएका थिए ।
मनोनयन दर्ता गर्दा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका धिरज पटेल आधिकारिक उम्मेदवारको रुपमा चुनावी मैदानमा आएका थिए । तर केन्द्रिय सत्ता गठबन्धनले माओवादीका उम्मेदवारलाई पटेलको उम्मेदवारी निष्क्रिय पार्दै साहलाई आफ्नो आधिकारिक उम्मेदवारको रुपमा घोषणा ग¥यो । तर केन्द्रको यो निर्णय जिल्लामा लागू भएन । नत पटेलले आफ्नो उम्मेदवारी निष्क्रिय गराए, नत सत्ता गठबन्धनका अरु घटकहरुले साहलाई समर्थन गरे । पटेल आफ्नो उम्मेदवारी कायम राखेर चुनावी अभियानमा लागिरहँदा नेपाली कांग्रेस , एकीकृत समाजवादीले भनेर खुलेरै अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाललाई समर्थन गरे ।
नेपाली कांग्रेसका तर्फबाट प्रदेश ३ (२) मा उम्मेदवार बनेका सुनिल यादव र एकीकृत समाजवादीको तर्फबाट प्रदेश ३ (१) मा उम्मेदवार बनेका नागेन्द्र यादवले जयसवालसँगै घरदैलो गरेका थिए । सँगसँगै नेकपा एमाले र जसपा गठबन्धनले पनि साहलाई हराउन जयसवाललाई समर्थन गर्ने निर्णय गरेर प्रचारमा हिडेका थिए । यसरी सबै दलहरु एक ठाउँमा उभिदाँ साहले हार्ने अनुमान गरिएको थियो । तर परिणाम भने अनुमान विपरित आयो । आफूविरुद्ध बनेको महागठन्धनको घेरालाई तोड्दै साह ३२ हजार ४ सय ३७ मत ल्याइ विजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्धन्दी अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले २५ हजार २०० मत ल्याएका थिए । साह ७ हजार २३७ मतको फराकिलो अन्तरले साहले विजयी भएका छन् ।
संसदीय निर्वाचनमा यो साहको चौथो जित हो । साह २०६४, २०७०, २०७४ र २०७९ गरी लगातार चारपटक विजेता बनेका छन् । एमाले – जसपा गठबन्धनबाट असंतुष्टि जनाउँदै स्वतन्त्र बन्दै चुनाव जितेका साह अब सबै स्वतन्त्रहरु समेटेर पार्टी बनाउने तयारीमा जुटेका छन् । साहले आफुले जनताको अपार मायाले महागठन्धनको घेरा तोड्न सफल भएको जनाउँदै अब सबै स्वतन्त्रहरुलाई एक ठाउँमा ल्याएर नयाँ पार्टी खोल्ने बताए । उनले पार्टीबाट असंतुष्ट भएर उम्मेदवारी दिएकाहरु मध्ये प्रतिनिधी सभामा ३ जना र प्रदेश सभामा ६ जना हालसम्म विजयी भएकाले सबैलाई ऐक्यवद्ध गर्दै नयाँ दल खोल्ने जनाए ।
‘रौतहटबाट किरण साह, सलार्हीबाट अमरेश सिंह हामी सबै एउटै टिमबाट चुनाव लडेका हौं’ उनको दावी थियो, ‘अब हामी एकै ठाउँ उभिएर नयाँ दल खोलेर अगाडि बढ्छौं । त्यसको तयारीमा हामी लागेका छौं ।’ उनले आफुले खोल्न लागेको दल कस्तो हुने र उदेश्य के हुने भन्ने बारेमा तत्काल केहीं खोल्न चाहेनन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३
खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

जेष्ठ २६, २०८३
विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

जेष्ठ २६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि