Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश प्रदेश : प्रतिनिधिसभाको चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १०, २०७९
मधेश प्रदेश : प्रतिनिधिसभाको चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

जनकपुरधाम, १० मङ्सिर / मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन् । निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा (एमाले) र नेपाली कांग्रेसले सात÷सात स्थानमा जितेको छ । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पाँच क्षेत्रमा निर्वाचित भएका छन् । अहिलेसम्म कुनै पनि स्थानमा जित निकाल्न नसकेको माओवादी केन्द्रका उम्मेदवार दुई स्थानमा अगाडि छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन, स्वतन्त्रले तीन, एकीकृत समाजवादीले दुई र जनमत पार्टीले एक स्थानमा जित निकालेको छ ।
एमालेका सात उम्मेदवार क्रमशः सिरहा क्षेत्र नं १ मा रामसंकर यादव, धनुषा ३ मा जुली महतो (महासेठ), सर्लाही ३ मा हरिप्रसाद उप्रेती, बारा १ मा अच्युतप्रसाद मैनाली, पर्सा ३ मा राजकुमार गुप्ता, सिरहा निर्वाचन क्षेत्र नं ३ मा लिलानाथ श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं ३ मा ज्वालाकुमारी साह निर्वाचित हुनुभएको हो । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार विभिन्न जिल्लाका सात स्थानमा निर्वाचित भएका छन् भने परिणाम आउन बाँकी एक स्थानमा अगाडि छ । अहिलेसम्म निर्वाचित हुने कांग्रेस उम्मेदवारमा सप्तरी क्षेत्र नं ३ मा दिनेशकुमार यादव, धनुषा क्षेत्र नं २ मा रामकृष्ण यादव, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, पर्सा ४ मा रमेश रिजाल, सप्तरी ४ मा तेजुलाल चौधरी र महोत्तरी ४ मा महेन्द्रकुमार राय हुनुहुन्छ । धनुषा ४ मा सहमहामन्त्री महेन्द्र यादव अगाडि हुनुहुन्छ ।
जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पाँच स्थानमा निर्वाचित भएका छन् भने एक स्थानमा अगाडि छन् । जसपाबाट सप्तरी १ मा नबलकिशोर साह, सिरहा ४ मा वीरेन्द्रप्रसाद महतो, पर्सा १ मा प्रदीप यादव, बारा(२ मा रामसहायप्रसाद यादव र सिरहा(२ मा राजकिशोर यादव निर्वाचित हुनुभएको हो । धनुषा निर्वाचन क्षेत्र नं १ मा जसपा उम्मेदवार दीपक कार्कीले अग्रता कायम गर्नुभएको छ । यहाँ माओवादी केन्द्रका उपमहासचिव मातृका यादव सुरुदेखि नै पछाडि हुनुहुन्छ । माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले अहिलेसम्म जित निकालेका छैनन् तर दुई क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । सर्लाही निर्वाचन क्षेत्र नं २ मा महेन्द्र राय यादव र महोत्तरी निर्वाचन क्षेत्र नं १ मा गिरिराजमणि पोखरेल अगाडि हुनुहुन्छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार तीन क्षेत्रमा निर्वाचित हुनुभएको छ । महोत्तरी(२ मा शरदसिंह भण्डारी, सर्लाही(१ मा रामप्रकाश चौधरी र महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको हो ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का दुई उम्मेदवार निर्वाचित हुनुभएको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नं १ र कृष्णकुमार श्रेष्ठ बारा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको हो । जनमत पार्टीले पनि एक स्थानमा जित निकालेको छ । पार्टी अध्यक्ष डा सिके राउत सप्तरी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको छ । त्यसैगरी तीन क्षेत्रमा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा सर्लाही निर्वाचन क्षेत्र नं ४ मा अमरेशकुमार सिंह, रौतहट निर्वाचन क्षेत्र नं २ मा किरण कुमार साह र रौतहट निर्वाचन क्षेत्र नं ३ मा प्रभु साह रहनुभएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार मधेश प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभातर्फको ३२ सिटका लागि विभिन्न दलका दुई सय ९३ र स्वतन्त्र दुई ९७ गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि