Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज रास्वपा पर्सा राष्ट्रिय धोती दिवस हरिखेतान बहुमुखी क्याम्पसमा विवाद सामुदायिक विद्यालय हरिखेतान क्याम्पस विवाद वीरगंजमा लगाइएको कर्फ्यू हट्यो साम्प्रदायिक तनावले शिक्षा प्रभावित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

२७२ वटा मतपत्र गायब भएपछि निर्वाचित भनिएका गुप्ताले पाएनन् प्रमाणपत्र

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ९, २०७९
२७२ वटा मतपत्र गायब भएपछि निर्वाचित भनिएका गुप्ताले पाएनन् प्रमाणपत्र

वीरगंज (पर्सा), ९ मंसिर / पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भइसके पनि निर्वाचन आयोगले उनलाई प्रमाणपत्र दिएको छैन । मतगणना सम्पन्न भइ अन्तिम नतिजा आएको ४८ घण्टा बित्न लाग्दासमेत पर्सा ३ को निर्वाचन अधिकृतको कार्यालयले गुप्तालाई निर्वाचित भएको प्रमाणपत्र नदिएको हो । कांग्रेसका सुरेन्द्र चौधरी १५१ मतको झिनो मतान्तरले पराजित भएपछि मतगणनामा गडबड गरेको भन्दै रीकाउन्टिङको माग गर्दै निवेदन दिएका छन् ।
निर्वाचन आयोगको वेवसाइट पनि पनि गुप्ता निर्वाचित भइसकेको उल्लेख छ । तर निर्वाचन अधिकृतको कार्यालयले पर्सा ३ मा गुप्ता निर्वाचित भएको भनेर आधिकारिक घोषणा गर्न सकेको छैन । पर्सा ३ मा प्रतिनिधिसभातर्फ कूल ६४ हजार ४४८ मत खसेको थियो । मतगणनाका क्रममा भने मतपेटिकाबाट ६४ हजार १७६ मतपत्रमात्रै गनिएको थियो । मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसार पर्सा ३ को प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ ६४ हजार ४ सय ४८ मत खसेको तर मतगणनाका क्रममा मतपेटिकाहरूबाट ६४ हजार १७६ मतपत्र मात्रै भेटिएको पर्सा ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले बताए । उनका अनुसार प्रत्यक्षतर्फ मतदान केन्द्रबाट उठाइएको मुचुल्काको भन्दा गणनाका क्रममा कूल सदर मत र कूल बदर मतभन्दा २७२ मत कम भएको देखिन्छ । गणनाका क्रममा मतपेटिकाबाट निकालेर गनिएको कूल मत ६४ हजार १७६ छ भने त्यसमा सदर मत ६१ हजार ५ सय ४५ र बदर मत २ हजार ६३१ छ ।
कूल सदर र बदर मतको योगफल जोड्दा आउने संख्या मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसारको मतसंख्या ६४ हजार ४४८ भन्दा २७२ ले कम देखिएको निर्वाचन अधिकृत ढकाल स्वीकार्छन् । उनले मतदानका क्रममा केही मतदाताले प्रत्यक्षतर्फको मतपत्र भुलवस समानुपातिकतर्फको मतपेटिकामा पनि खसाएको हुनसक्ने भएकाले प्रतिनिधीसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित हुने उम्मेदवारको आधिकारिक घोषणा नगरिएको र प्रमाणपत्र पनि वितरण नगरिएको बताए । शुक्रबार अन्नपूर्णसँग ढकालले भने, ‘अहिले समानुपातिकतर्फको मतगणना भइरहेको छ । शनिबार दिउँसोसम्म सकिन्छ होला । समानुपातिकको गणना सकेर प्रत्यक्षतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आधिकारिकरूपमा घोषणा गर्नुका साथै प्रमाणपत्र पनि वितरण गर्छौं । ’
उनले समानुपातिकको मतपेटिकाबाट प्रत्यक्षतर्फका पनि मतपत्र छिट्फुट भेटिएको बताए । ’यसरी भेटिएका मतपत्र प्रत्यक्षतर्फमा जोडिन्छ अनिमात्रै आधिकारिक घोषणा हुन्छ,’ उनले भने । यता पराजित भनिएका कांग्रेसका उम्मेदवार चौधरीले भने मतगणनाकै क्रममा गडबड गरिएको आरोप लगाए । उनले भने, ‘१५१ मतले म हारेको भनिएको छ तर गणनामा २७२ वटा मत नै कम छ । त्यो २७२ वटा मत कहाँ गायब भयो ? अर्को कुरा गणनामा पढे नलेखेका निरक्षर गणकहरुलाई पनि खटाइएको थियो । गणनामै षड्यन्त्र गरिएको छ,’ उनले भने । नेपाली कांग्रेसका स्थानीय नेता एंव पोखरीया नगरपालिकाका पुर्व मेयर दिपनारायण रौनीयारले पनि प्रत्यक्ष तर्फको मतपत्र केही मतदाताले समानुपातिक तर्फको मतपेटिकामा खसाएको बताए । उनले गणनाका क्रममा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपेटिकाबाट प्रत्यक्ष तर्फको ७४ वटा मतपत्र भेटिएको बताए । साभार : अन्नपूर्णपोष्ट

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

माघ १, २०८२
नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

माघ १, २०८२
बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

माघ १, २०८२
धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

माघ १, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि