वीरगंज (पर्सा), ६ मंसिर / प्रदेशसभा पर्सा क्षेत्र नम्बर ४ को (ख) मा सत्ता गठबन्धनका उम्मेदवार शंकर चौधरी विजयी भएका छन् ।
मंगलबार बेलुकी पर्सा ४ को (क) को सकिएको मगणनाको अन्तिम परिणाम अनुसार, निकटतम प्रतिस्पर्धी जसपा एमाले गठबन्धनका उम्मेदवार जयप्रकाश थारुलाई १ हजार ७ सय १६ मतान्तरले पछि पार्दै चौधरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहेका चौधरीले १२ हजार १ सय ५४ मत प्राप्त गरेका छन् भने उनका निकट्तम प्रतिद्वन्धी जसपा–एमालेका गठबन्धनका उम्मेदवार थारुले १० हजार ४ सय ३८ मत प्राप्त गरेका छन् ।
चौधरी, दोश्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि यहि प्रदेशसभा क्षेत्रबाट चौधरी निर्वाचित भएका थिए । त्यस बेला पनि चौधरीले थारुलाई नै पराजित गरेका थिए । दोस्रो पटक हार ब्यहोरेका थारु नेकपा एमाले पर्साका अध्यक्ष हुन् ।







प्रतिक्रिया दिनुहोस् !