Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा : ३ वटा क्षेत्रमा सत्ता गठबन्धन तथा १ वटा क्षेत्रमा जसपा एमाले गठबन्धन अग्र स्थानमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ६, २०७९
पर्सा : ३ वटा क्षेत्रमा सत्ता गठबन्धन तथा १ वटा क्षेत्रमा जसपा एमाले गठबन्धन अग्र स्थानमा

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ६ मंसिर / पर्सा क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य तर्फ जसपा–एमाले गठबन्धनका उम्मेदवार प्रदीप यादवको अग्रता कायमै छ भने स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले उनलाई पछ्याई रहेका छन् । पर्सा क्षेत्र नं. १ को हालसम्मको मत परिणाम अनुसार जसपा – एमाले गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार प्रदीप यादवले ५ हजार ९८० मत प्राप्त गरेका छन् भने उनलाई पछ्याई रहेका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले ४ हजार ५०२ मत प्राप्त गरेका छन् ।
यसैगरि पर्सा क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उम्मेदवार अजय चौरसिया अग्र स्थानमा छन् भने उनलाई जसपा एमाले गठबन्धनका उम्मेदवार सुरेन्द्र कुर्मीले पछ्याई रहेका छन् । हालसम्मको प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले ८ हजार १ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याई रहेका जसपा एमाले गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार सुरेन्द्र कुर्मीले ५ हजार ७३३ मत प्राप्त गरेका छन् ।
यसैगरि पर्सा क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका उम्मेदवार सुरेन्द्र चौधरी अग्र स्थानमा छन् भने जसपा एमाले गठबन्धनका उम्मेदवार राजकुमार गुप्ताले पछ्याई रहेका छन् । हालसम्म प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेका उम्मेदवार सुरेन्द्र कुर्मीले ४ हजार १८ मत प्राप्त गरेका छन् भने जसपा एमाले गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्ताले ३ हजार ९९१ मत प्राप्त गरि चौधरीलाई पछ्याई रहेका छन् ।
त्यसैगरि पर्सा क्षेत्र नं. ४ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजाल अग्र स्थानमा छन् भने जसपा एमाले गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार जालिम मियाँले पछ्याई रहेका छन् । हालसम्म प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनका उम्मेदवार रमेश रिजालले ११ हजार २८४ मत प्राप्त गरेका छन् भने जसपा एमाले गठबन्धनका उम्मेदवार जालिम मियाँले ९ हजार ६६२ मत प्राप्त गरि रिजाललाई पछ्याई रहेका छन् ।
यता प्रदेशसभा सदस्य तर्फ पर्सा क्षेत्र नं. १ को (क) सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी अग्र स्थानमा छन् भने उनलाई स्वतन्त्र उम्मेदवार जन्नत अन्सारी पछ्याई रहेका छन् । हालसम्म प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनका उम्मेदवार रहबर अन्सारी ३ हजार ५६१ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याई रहेका स्वतन्त्र उम्मेदवार जन्नत अन्सारी २ हजार ९०१ मत प्राप्त गरेका छन् । यता जसपा – एमाले गठबन्धनका उम्मेदवार विचारी यादवले २ हजार २३ मत प्राप्त गरेका छन् ।
यसैगरि पर्साको क्षेत्र नं. १ को (ख) तर्फ जसपा – एमाले गठबन्धनका उम्मेदवार लालबाबु राउतको अग्रता कायमै छ भने उनलाई सत्ता गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार रामनारायण कुर्मीले पछ्याई रहेका छन् । प्राप्त मत परिणाम अनुसार लालबाबु राउत गद्दीले ४ हजार ४७० मत प्राप्त गरेका छन् भने रामनारायण कुर्मीले ३ हजार ३११ मत प्राप्त गरि पछ्याई रहेका छन् । यसैगरि हाम्रो नेपाली पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफले १ हजार १३४ मत प्राप्त गरेका छन् ।
यसैगरि पर्सा क्षेत्र नं. २ को (क) तर्फ सत्ता गठबन्धनका उम्मेदवार श्याम पटेल अग्र स्थानमा छन् भने उनलाई जसपा एमाले गठबन्धनका उम्मेदवार रामनरेश यादवले पछ्याई रहेका छन् । प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनका उम्मेदवार श्याम पटेलले ७ हजार ९२४ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याई रहेका जसपा एमाले गठबन्धनका उम्मेदवार रामनरेश यादवले ५ हजार ६६३ मत प्राप्त गरेका छन् । पर्सा क्षेत्र नं. २ को (ख) तर्फ स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह अग्र स्थानमा छन् भने सत्ता गठबन्धनका उम्मेदवार रमेश कुर्मीले उनलाई पछ्याई रहेका छन् । प्राप्त मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले ३ हजार ७९२ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका उम्मेदवार रमेश कुर्मीले ३ हजार ५०९ मत प्राप्त गरेका छन् ।
यता पर्सा क्षेत्र नं. ३ को (क) तर्फ स्वतन्त्र उम्मेदवार प्रमोद कुमार जयसवाल अग्र स्थानमा छन् भने उनलाई अर्का स्वतन्त्र उम्मेदवार निरराज गिरीले पछ्याई रहेका छन् । प्राप्त मत परिणाम अनुसार प्रमोद जयसलले २ हजार ७०० मत प्राप्त गरेका छन् भने उनलाई पछ्याई रहेका अर्का स्वतन्त्र उम्मेदवार निरराज गिरीले १ हजार ५५६ मत प्राप्त गरेका छन् ।
यसैगरि पर्सा क्षेत्र नं. ३ को (ख) तर्फ सत्ता गठबन्धनका उम्मेदवार जनाद्र्धन सिंह क्षेत्र अग्र स्थानमा छन् भने उनलाई जसपा एमाले गठबन्धनकी उम्मेदवार मधु गुप्ता पछयाई रहेकी छिन् । प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनका उम्मेदवार क्षेत्रीले ३ हजार ७४९ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याई रहेकी जसपा एमाले गठबन्धनकी उम्मेदवार मधु गुप्ताले २ हजार २६६ मत प्राप्त गरेकी छिन् ।
पर्सा क्षेत्र नं. ४ को (क) तर्फ सत्ता गठबन्धनका उम्मेदवार शंकर चौधरी अग्र स्थानमा छन् भने उनलाई जसपा एमाले गठबन्धनका उम्मेदवार जयप्रकाश थारुले पछ्याई रहेका छन् । प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनका उम्मेदवार शंकर चौधरीले ९ हजार ७३३ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याई रहेका जसपा एमाले गठबन्धनका उम्मेदवार जयप्रकाश थारुले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।
त्यसैगरि पर्सा क्षेत्र नं. ४ को (ख) तर्फ जसपा एमाले गठबन्धनका उम्मेदवार सिंघासन साह कलवार अग्र स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार प्रह्लाद साह कानुले उनलाई पछ्याई रहेका छन् । प्राप्त मत परिणाम अनुसार सिंघासन साह कलवार ९ हजार ४९९ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याई रहेका प्रह्लाद साह कानुले ७ हजार २५१ मत प्राप्त गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि