Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा ४५ जना महिला मतदान अधिकृत, ३ केन्द्रको सम्पूर्ण जिम्मा महिलालाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ३, २०७९
पर्सामा ४५ जना महिला मतदान अधिकृत, ३ केन्द्रको सम्पूर्ण जिम्मा महिलालाई

वीरगंज (पर्सा), ३ मंसिर / पर्सामा आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४५ जना महिला मतदान अधिकृत खटाइएको छ । १४ पालिका रहेको पर्सामा १६७ वटा मतदान स्थल तोकिएको छ । प्रतिनिधि सभातर्फ ४ र प्रदेशसभा तर्फ ८ निर्वाचन क्षेत्रका लागि २ अस्थायीसहित ४१४ मतदान केन्द्र तोकिएको छ । जसमध्ये ४५ वटा मतदान केन्द्रको नेतृत्व महिला मतदान अधिकृतले गर्नेछन् । जिल्ला निर्वाचन कार्यालय पर्साको प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी पनि महिला नै छिन् ।
जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले ४१४ मतदान केन्द्रमध्ये ४५ वटा केन्द्रमा महिला मतदान अधिकृत खटाइएको जानकारी दिइन् । उनीहरुले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रमा आवश्यक पर्ने सामाग्रीसहित मतदान केन्द्रमा पुगेर आवश्यक तयारी गरिसकेका छन् । हरेक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी, १ जना सहयोगी र ४ जना स्वयंसेवक गरी पर्सामा ४ हजार ७ सय जति कर्मचारी निर्वाचनका लागि खटिएका छन् । पर्सामा निर्वाचन क्षेत्र नं १ मा ७७ हजार ६७९, क्षेत्र नं २ मा ८६ हजार ९६६, क्षेत्र नं ३ मा ९० हजार ४३२ र क्षेत्र नं ४ मा ९० हजार ८५१ जना गरी कुल ३ लाख ४५ हजार ९२८ जना मतदाता छन् ।

तीन मतदान केन्द्रको सम्पूर्ण जिम्मेवारी महिलालाई
पर्सामा तीन वटा मतदान केन्द्रको जिम्मा महिला कर्मचारीलाई मात्रै दिइएको छ । वीरगञ्ज वडा नं ५ स्थित थारु छात्रावास परिसर भित्रको तीन वटा मतदान केन्द्रलाई ‘नमुना’ बनाइएको हो । यी केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र स्वयंसेवक पनि महिला नै खटाईएको छ । मतदान अधिकृतहरु अञ्जु परियार, जमुना धिताल र रतिका शर्मासहित २१ जना सहायक कर्मचारी सबै महिला छन् ।
२ हजार २५७ मतदाता रहेको मतदान स्थलको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक श्रीयंका बस्नेतको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ । म्यादी सहित १७ जना सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन् । सुरक्षाकर्मीमध्ये केही मात्रै पुरुष छन् । महिला कर्मचारी निष्पक्ष र शान्तिपूर्ण रुपमा मतदान गराउन सक्षम छन भन्ने सन्देश दिनका लागि नमुना मतदान केन्द्र बनाइएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि