Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिसि क्यामेरा तथा तारजाली सहित गणनास्थल तयार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ३, २०७९
सिसि क्यामेरा तथा तारजाली सहित गणनास्थल तयार

वीरगंज (पर्सा), ३ मंसिर / आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि पर्सामा मतगणना स्थल तयार भएको छ । ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पर्सामा २ ठाउँमा मतगणना गर्न लागिएको छ । पर्सा निर्वाचन क्षेत्र नं १ र २ को मतगणना वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना गर्ने गरि तयारी गरिएको छ भने क्षेत्र नं ३ र ४ को पोखरिया नगरपालिका–४ मा रहेको जिल्ला उचाङ्गल रामदेव कलवार नमुना प्राविधिक विद्यालयमा गणनास्थल तयार गरिएको छ ।
सुरुमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुको मतगणना गरिनेछ । तसर्थ हरेक क्षेत्रका लागि ३ वटा कोठा तयार पारेर मत गणना गर्नेगरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना गर्नका लागि ८ वटा कोठा तयार पारिएको छ । मतगणना स्थलमा तारजाली लगाउनुको साथै सीसीटीभी क्यामेरा समेत जडान गरिएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । ‘सुरक्षाका लागि मतपेटिका भण्डारण कक्षमा समेत सीसीटीभी क्यामेरा जडान गरेका छौं । मतगणना गर्ने कोठामा तारजाली पनि लगाएका छौं’, उनले भने ‘मतगणनाका लागि आवश्यक पर्ने पूर्वतयारी भइसकेको छ ।’ मतगणना स्थल तयार पार्नका लागि मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा शुक्रबारदेखि नै टोली खटिएको थियो । क्याम्पसको कक्षा कोठामा रहेको डेस्क बेञ्च हटाउने, सरसफाइ गर्ने, सीसीटीभी क्यामेरा जडान गर्ने र तारजाली लगाउने कार्य मतगणना स्थलमा गरिएको छ ।
पर्सा क्षेत्र नं ३ र ४ को मतगणना हुने स्थल पोखरिया स्कुलमा पनि मतगणना स्थल तयारीको काम अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । । पोखरियामा दुईवटा क्षेत्रको छुट्टाछुट्टै भवनमा मतगणना गर्न लागिएको छ । मतगणना स्थलको ९० प्रतिशत तयारी पूरा भएको निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले बताए । ‘मतगणना स्थलमा तारजाली ठोकियो, क्यामेरा जोडियो । ९० प्रतिशत तयारी सक्किसकेको छ’, उनले भने, ‘जनशक्ति र अन्य आवश्यक कुरालाई हेरेर मत गणना स्थल थप पनि गर्न सकिन्छ ।’

बारामा चार ठाउँमा मतगणना गरिने

बाराको चारवटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै चार ठाउँमा हुने भएको छ । क्षेत्र नम्बर–१ को मतगणना कोल्हबी स्थित नगरपालिकाको सभा हल र क्षेत्र नम्बर–२ को बरियारपुरस्थित गढीमाइ महेन्द्र उच्चमाविमा हुने मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी दिए । क्षेत्र नम्बर–३ को मतगणना कलैया–३ गंगापुरस्थित शैक्षिक तालिम केन्द्र र क्षेत्र नम्बर–४ को मतगणना सिमरा स्थित नेपाल राष्ट्रिय उच्च माविमा हुनेछ । मतगणना स्थलमा सीसीटीभी क्यामरा जडान गर्नुको साथै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । मतदान सकिएपछि मतपेटिकाहरु संकलन गर्ने र उम्मेदवारहरुसंग छलफल गरेर सोही दिनदेखि नै मतगणना सुरु गर्ने गरी तयारी गरिएको उनको भनाइ छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३
खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

जेष्ठ २६, २०८३
विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

जेष्ठ २६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि