Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निर्वाचनको दिन : चार विशेष परिस्थितिमा कसैलाई नसोधी सिधै गोली चलाउन आईजिपीको निर्देशन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ३, २०७९
निर्वाचनको दिन : चार विशेष परिस्थितिमा कसैलाई नसोधी सिधै गोली चलाउन आईजिपीको निर्देशन

काठमाडौं, ३ मंसिर / नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका क्रममा चार वटा परिस्थितिमा कसैलाई नसोधी गोली चलाउन निर्देशन दिएका छन् । ४ मंसिर गते आइतबार देशैभरि हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा चार किसिमका परिस्थिति देखिए न्यूनतम बल प्रयोगको सिद्धान्त अनुरुप कसैलाई सोधी गोली चलाउन सर्कुलर जारी गरेका हुन् ।
स्थानीय प्रशासन ऐन, २०२८ ले शान्ति, सुरक्षा कायम हुननसक्ने अन्तिम विकल्पका रुपमा मात्रै सुरक्षाकर्मीले गोली चलाउनसक्ने परिकल्पना गरेको छ । तर, चुनाव विशेष परिस्थिति भएकाले यसलाई विथोल्न खोज्ने तत्वलाई रोक्न चार अवस्थामा सिधै गोली चलाउन आदेश दिइएको प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सांघातिक आक्रमण भए, निर्वाचन वा मतदान अधिकृतलाई आक्रमणको अवस्था आए, मतपत्र वा पेटिका च्यात्ने वा फोड्ने परिस्थिति भए कसैलाई नसोधी गोली चलाउन सक्ने गरी निर्देशन जारी गरिएको बताए ।
मधेश प्रदेशमा पेशेवर अपराधीको प्रयोग गरेर निर्वाचन बिथोल्ने गतिविधि हुनसक्ने भन्दै त्यस्ता अवस्थामा पनि गोली चलाउन आदेश पर्खिरहन नपर्ने भनिएको सिंहले बताए । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा योजना, २०७९ ले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), तराई मधेश जनता पार्टी (टाइगर्स), विप्लव समूहबाट टुक्रिएको धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले निर्वाचन सुरक्षामा खतरा सिर्जना गर्नसक्ने औंल्याएको छ । त्यही आधारमा नेपाल प्रहरीले निर्वाचनको पूर्वसन्ध्यामा विप्लव समूह र नेकपा बहुमतका गरि ८० बढी नेता, कार्यकर्तालाई पक्राउ गरेको प्रहरी महानिरीक्षक सिंहले बताए ।
विप्लव समूह तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग २० फागुन २०७७ मा तीन बुँदे सहमति गर्दै हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको थियो तर, सहमतिको बुँदामा भएको समझदारी अनुसार ‘कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दाहरु खारेज गर्ने सहमति’ पालना नभएको भन्दै समूहले ४ कात्तिकमाा चुनाव बहिस्कार गर्ने निर्णय गरेको थियो । प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकोले देशैभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने प्रहरी प्रमुख सिंहले बताउँछन् । हरेक जिल्लामा प्रहरीले सुरक्षा गस्ती बढाइएको छ, आकस्मिक चेकजाँचमा पनि तिब्रता दिइएको बताए । महत्वपूर्ण प्रतिष्ठान, संरचना तथा क्षेत्रहरुमा पनि विशेष निगरानी गरिएको छ । ‘शान्ति सुरक्षा मजबुत भएकाले सबै मतदातालाई आ–आफ्नो केन्द्रमा गएर ढुक्कसँग मतदान गर्न प्रहरी प्रमुख सिंहले अपिल समेत गरे ।
‘अहिले पनि जति पनि विवाद देखिएका छन्, ती सबै सामान्य हुन्’ हालसम्म कुनै अप्रिय घटना नहुनुले पनि निर्वाचन शान्तिपूर्ण बन्ने संकेत दिइसकेको उनको भनाई छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरेर २ लाख ९८ हजार ५ सय ७९ जना सुरक्षाकर्मी खटिँदैछन् । यसपालि कारागारमा रहेका कैदीबन्दीले पनि मतदान गर्दैछन् । गृह मन्त्रालयले निर्वाचन विरोधी समूह, जातीय, साम्प्रदायिक संघ, संगठनको गतिविधि, खुला सीमा, भौगोलिक विकटता लगायतका आधारमा सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा मतदान स्थललाई वर्गीकरण गरेको छ । त्यही अनुसार सुरक्षा रणनीति अख्तियार गरिएको छ ।
गृहसचिव विनोद प्रकाश सिंहका अनुसार मन्त्रालयले ३ हजार ८० मतदान स्थललाई अति संवेदनशील, ४ हजार ४ सय २० लाई संवेदनशील र ३ हजार ३ सय ९१ लाई सामान्य संवेदनशील मानेर सुरक्षा व्यवस्थापन मिलाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले ७७ वटै जिल्लामा दुई वटा रिजर्भ टोली सिनियर तथा जुनियर प्रहरी अधिकृतको कमाण्डमा खटिने गरि तैनाथ गरेको केन्द्रिय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई बताउँछन् । निर्वाचनको अवधिभरका लागि मदिरा निषेध गरिएको छ भने निर्वाचन अवधिमा बन्दुक, खुकुरी, चेन, लाठी जस्ता घातक हतियार लिएर हिँडडुल गर्न निषेध गरिएको छ । निर्वाचनको दिन आइतबार अनुमति लिएका सवारीसाधन बाहेक बिहान ६ बजेदेखि मतदान कार्य नसकिएसम्म सवारी आवगमनमा रोक लगाइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि