Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गौतम स्कुलको दादागिरी, संचालक लामाले अभिभावक सन्दिपलाई दिए ज्यान मार्ने धम्की

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २९, २०७९
गौतम स्कुलको दादागिरी, संचालक लामाले अभिभावक सन्दिपलाई दिए ज्यान मार्ने धम्की

वीरगंज (पर्सा), २९ कात्तिक / जिल्ला प्रशासन कार्यालय पर्साले बीरगन्ज स्थित गौतम माविका संचालक सोनम लामालाई उपस्थित गराउन पत्र काटेको छ । संचालक लामा विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरीको आधारमा लामालाई हाजिर गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्र काटिएको हो ।
संचालक लामाले अभिभावक संघर्ष समिति, पर्साका अध्यक्ष सन्दिप साहलाई ज्यान मार्ने धम्की दिएको भनि जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरीको आधारमा छानबिनका लागि उपस्थित गराउन भन्दै जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र काटेको हो । उजुरीकर्ता साहले ज्यान मार्ने धम्की दिएको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता गराएका छन् । उजुरी सम्बन्धमा कारवाही प्रक्रिया अघि बढाइएको र छलफलका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराईदिन भन्दै जिल्ला प्रहरी कार्यालय, पर्सालाई निर्देश दिएको हो ।

गौतम माविका संचालक सोनम लामा

विद्यालयले चालु शैक्षिक सत्रमा लगभग एकै पटक ४५ प्रतिशत शुल्क वृद्धि किन गरिएको हो भन्दै जानकारी माग्न अध्यक्ष साहले निवेदन दर्ता गराएकोमा विद्यालयका संचालक आफुलाई धम्की दिएको अभिभावक संघर्ष समितिका अध्यक्ष सन्दिप साहको आरोप छ । गत कात्तिक १७ गते विद्यालयमा गई शुल्क वृद्धिको कारण सहितको सूचना माग गरेको तर तर संचालक लामाले अश्लिल गाली गर्दै लछारपछार गरि विद्यालय बाहिर निकालेको साहको भनाई छ । साथै, लामाले अब बाटोमा देखिएमा ज्यान मार्ने र परिवारका सदस्यको अपहरण समेत गराईदिने भन्दै धम्की दिएको साहको आरोप छ ।
चालु शैक्षिकशत्रमा विद्यालय अस्वाभिक रुपमा अत्यन्त धेरै शुल्क वृद्धि गरेको भन्दै सो विद्यालयका अभिभावकहरु आन्दोलित छन् । त्यस यता विद्यालय र अभिभावकबीच वादविवाद चलिएको छ । उता, शुल्कको विषयको विवादलाई हल गर्न बीरगन्ज महानगरपालिकाले भने विद्यालय वर्गीकरण र शुल्क निर्धारणको काम अघि बढाएको भएपनि हालसम्म त्यसको छिनोफानो भने हुन सकेको छैन । यस्तै, शुल्कको छिनोफानो नलागेसम्मको लागि तत्कालको लागि शुल्कको विषयको विवाद मिलाउन भन्दै महानगरपालिकाले सर्वपक्षीय बैठक डाकेर सहमति समेत गराएको छ । तर सो विद्यालय र अभिभावक बीचको विवाद भने टुंगिएको छैन ।
गौतम स्कुलको वीरगंजमा आफ्नै साम्राज्य छ । शिक्षाको नाममा अभिभावकहरुलाई दुःख दिने, अनावश्यक तनाव दिने, शुल्क समयमा नतिरे अध्ययन अध्यापनबाट बञ्चित गर्ने जस्ता कार्यहरु विद्यालयले गर्दै आएको छ । त्यति मात्रै कहाँ हो, उक्त विद्यालयले नारायणी रंगशालाको जग्गालाई आफ्नो निजी प्रयोजनको लागि लामो समयदेखि प्रयोग गर्दै आएको छ । विद्यालयले आफ्नो बस त्यही नारायणी रंगशालाको जग्गामा एवं सडकमा नै राखेर आफ्नो निजी सरह जस्तै उक्त जग्गा प्रयोग गर्दै आएको छ ।
यस्ता थुप्रै विवादमा उक्त विद्यालय तानिएको छ तर पैसा र पारको बलमा सधैं उम्किन सफल हुँदै आएको छ । शिक्षा दिने नाममा शिक्षा क्षेत्रमाथि माफिया बनेर बसेका गौतम स्कुलका संचालक लामा लुटतन्त्र नै मच्चाएका छन् । उनी पैसाको बलमा जे पनि गर्न सकिन्छ भन्ने मनसायले आफ्नो साम्राज्य नै खडा गरेका छन्, जसबाट अभिभावकहरु आतँकित छन् । स्कुलका संचालक लामा विगत देखि नै वीरगंज महानगरपालिकाको आदेशलाई पनि अटेरी गर्दै आएको छ ।
विद्यालयको शुल्कबाट नै निजी स्कुल संचालन हुने गर्छ, तर उक्त स्कुलले शुल्क असुल्ने पारामा नभई दादागिरी पारामा शुल्क असुल्ने गरेको छ । अभिभावकलाई दुव्र्यवहार गर्नु, लछार पछार गर्नु, ज्यान मार्ने धम्की दिनु संचालक लामाले कहाँसम्म आँट गरेका हुन्, उनी कसको संरक्षणमा ज्यान मार्ने धम्की दिए ? आज एकजनाई धम्की दिने भोलि जो कोहीलाई पनि धम्की दिने, कुटपिट गर्ने कार्यमा पछि पर्दैनन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यसतर्फ प्रशासनले तत्काल कारवाही प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको अभिभावकहरुको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३
११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि