Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनताको आवाज संसद्सम्म पु-याउन क्षमता राख्ने व्यक्तिलाई चुन्न प्रदीप यादवको आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २९, २०७९
जनताको आवाज संसद्सम्म पु-याउन क्षमता राख्ने व्यक्तिलाई चुन्न प्रदीप यादवको आग्रह

वीरगंज (पर्सा), २९ कात्तिक / पर्सा क्षेत्र नम्बर १ प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले पर्सेली जनताको आवाज उठाउने नेता चुन्न मतदाताहरुसँग अनुरोध गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को लालपर्सा र प्रसूतीपुरमा मङ्गलबार घरदैलो गर्ने क्रममा मतदाताहरुलाई भेट्दै जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवले जनताको समस्या संसद्मा राख्न सक्न नेतालाई चुन्न आग्रह गरे ।
पूर्वमन्त्री समेत रहेका यादवले भने, ‘म भन्दा अघि पनि यो क्षेत्रबाट धेरै सांसद्हरु जितेका थिए, तर उनिहरुले यो क्षेत्र र पर्सावासीको समस्या बारे संसद्मा बोल्न हिम्मतसमेत गरेनन् । यद्दपी मैले विगत ५ वर्षको कार्यकालमा पर्साका एकएक समस्या संसद्मा उठाए, पर्सावासीको आवाज संसद्मा बुलन्द गरे । त्यसैले तपाइहरुसँग अनुरोध छ यसपालि पनि यहाको समस्या संसद्मा उठाउने नेतालाई नै चुन्नु होला ।’ एसिड पिडित मुस्कान खातुनको न्यायका लागि आफूले सदनमा पटक–पटक आवाज उठाएकै कारण उनले न्याय पाएको स्मरण गराउँदै जसपाको राजनीति समितिका सदस्यसमेत रहेका यादवले भने, ‘मुस्कान खातुन जो हाम्रै वीरगञ्जकी चेली हुन्, उनको न्यायका लागि मैले पटक–पटक संसदमा आवाज उठाए, जसका कारण राज्यले उनलाई न्याय दियो ।’
पर्सा क्षेत्र नम्बर १ मा यसअघि सांसद्मा जितेका र अहिले स्वतन्त्र उम्मेदवार बनेका अजय द्विवेदीले आफनो कार्यकालमा के के काम गरे ? त्यो जनता सामु छर्लङग नै रहेको भन्दै यादवले भने, ‘द्विवेदी जी एक पटक सांसद्मा जिते, एक पटक वीरगञ्जको उपमेयर पनि बने । उनले पदमा रहँदा के के काम गरे ? मैले एक पटक सांसद्मा जित्दा के के काम गरे ? त्यसको मूल्याङ्कन जनताले गर्ने बेला आएको छ । कामको मूल्याङ्कन र तुलना गरेर मत दिन तपाईहरुसँग अनुरोध छ ।’ यादवले यसपालि चुनाव जिते पछि आगामी ५ वर्षको कार्यकालमा पर्सा क्षेत्र नम्बर १ मा कहीँ पनि कच्ची सडक नरहने र सबै सडक पक्की बनाउने वाचा पनि मतदाताहरुसँग गरे ।
विगत ५ वर्षको कार्यकालमा आफूले अधिकतम कामहरु गरेको भन्दै यादवले अझ पनि धेरै काम गर्न बाँकी रहेकाले ती कामहरु अबको कार्यकालमा गर्ने प्रतिबद्धता जनाए । घरदैलोमा जसपा–एमाले गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवका साथै जसपा र एमालेका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि