Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उपेन्द्र यादवको यूटर्न, मधेसबाद छाडेर “ओलिबाद” अंगाल्दै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २६, २०७९
उपेन्द्र यादवको यूटर्न, मधेसबाद छाडेर “ओलिबाद” अंगाल्दै

• अनिल तिवारी
वीरगंज (पर्सा), २६ कात्तिक / चुनावी प्रचार प्रसार उत्कर्समा छ । उम्मेदवार लगायत दलका नेता तथा कार्यकर्तालाई भ्याई,नभ्याई छ । घरदैलो देखि कोण सभा र समाजिक संजाल एवम मिडिया व्यवस्थापन अहिले चुनावी प्रमुख कामहरु रहेका छन । आफुतिर दनमत आकार्षित गर्न सबै उम्मेदवारका लागी मुख्य चुनौतीका बिषय यस्तै कुरा बनेका छन् । बिपक्षीलाई चुनावी मैदानमा हराउन यी सबै कुरालाई उत्कृष्ट बनाउने काममा हरेका उम्मेदवारका आसेपासे होमिएका छन् ।
पांच बर्षको अन्तराल पछि अहिले मधेसको जनमत परिवर्तीनको पक्षमा छ । कुनै बेला मधेसका महिसा भनाउनउन रुचाउने उपेन्द्र यादव एमालसंगको गठबन्धन पछि ओलीपथमा हिडेको मधेसको कडा आक्रोस छ । मधेस आन्दोलनको रापतापमा चुनाव जितेसंगै सविधान पुर्नलेखन वा संशोधन भन्दा पनि केन्द्रिय सरकार बनाउने भत्काउन खेलमा पांच बर्षसम्म लागेकोले पनि मंसिर ४ गते त्यसको प्रतिउत्तर दिन आतुर रहेको देखिन्छ ।
समग्र मधेस सहितको स्वायत प्रदेश स्थापना गराएर मधेसलाई मुक्ति दिलाउन गठन भएको मधेसी जनअधिकार फोरमको अध्यक्ष बने देखि उपेन्द्र यादवले स्थापित गरेको १५ बर्षको बिरासत जोगाउन महिले धौ धौ परेको छ । मधेसी दल प्रति देखिएको मधेस आक्रोसबाट जोगीन उनी मधेसवाद छाडेर ओलीको राष्ट्रवादी अभिनयको सहकर्मी पात्र बनेको चर्चा जसपा भित्रै चलिरहेको छ ।
खास गरेर अहिले दुबै मधेसीलाई राष्ट्रिय पार्टिको लागी थ्रेसहोल्ड जोगाउन ठुलो चुनौती आइपरेको छ । जसपालाई मधेसबाट थ्रेसहोल्ड कटिन आइपरेको आफतबाट जोगीन उनी आफ्नो चुनावी मुदालाई यूटर्न गर्दै ओलीको राष्ट्रवादी नारालाई चुनावी प्रचार प्रसारका मुदाहरु बनाएका छन् ।
सविधानको घोषणा पश्चात भएको मधेस आन्दोलन र ६ महिनाको नाकाबन्दीमा सविधान संशोधन होइन, पुर्नलेखन गराउने छु भन्दै उपेन्द्र यादव र उनको पार्टी चुनावबाट ठुलो जनमत पाएको थियो । तर चुनाव पछि सविधान पुर्नलेखन वा संशोधनको कुरै परजाओस मधेसीलाई झक्याउन आलीसंग झुठो सम्झौता गरेर ओली सरकारको उपप्रधान तथा स्वास्थ्य मन्त्री बन्न सफल भए । यता मधेसमा पाएको जनमतले मधेसी गठबन्धनको प्रदेश सरकार बन्यो जसको मुख्यमन्त्री लालबाबुराउत गदि बने ।
यादव र उनका मुख्यमन्त्री लालबाबु राउत लगायतका जनप्रतिनिधिहरुको लागी मधेस आन्दोलन र मधेसी युवाहरुको सहादत सत्ताभोग प्राप्तिको साधन मात्रै प्रमाणित भयो । त्यसमा पनि केन्द्र देखि प्रदेशसम्म मन्त्रीको लागी मधेसी नेताले गरेको हानथापले मधेसी सहिदको आत्मालाई निश्चय नै दुखि तुल्याएको छ ।
ओली सरकारमा बसेपनि प्रचन्डको खबरी भएको आरोपमा आलीले सरकारबाट बेइज्जत निश्कासित गरेपछि उपेन्द्र यादव रिसिभि साधन उनी बिरोधमा जाइलागे । आफनै सांसदहरुले पार्टी फोड्न लागेपछि विभिन्न ठाउमा हार गुहार गर्दै दुबै मधेसी दललाई एकिकरण गराए । जसपा पार्टीद्धारा कुनै निर्णय नगरिए पनि बिपक्षीद्धारा संसदमा ल्याइएको ओली सरका बिरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्दै ओली प्रतिगमनकारी भए भन्दै जसपालाई टुक्र्याउनमा उपेन्द्र यादव पछि परेनन । सबै ठिक भएपनि रातारात उपेन्द्र यादवमा आउने परिवर्तन पुन चुनाव अघि देखियो । पार्टीमै विदेशी दुतावासका कन्सुलरलाई बसाएर आफ्नै नेताहरुलाई कार्यवाहि गर्ने र आलीलाई प्रतिगमनकारी भन्ने ओलीसंग राता रात गठबन्धन गर्नु कुरा अर्कासंग जोडिएको पार्टीकै नेताबिच चर्चाको बिषय रहदै आएको छ ।
सधै मधेसको कुरा गर्दै आएका उपेन्द्र थे्रसहोल्ड कटाउने अहिले हिमाल, पहाड र तराइको कुरा गर्दै सरकार मार्फत जनताको समान हक, पहुँच र मुक्तिको कुरा गर्दै जनमतलाई लोभ्याउने कोशिसमा छन् । तर त्यो दिवासप्न जस्तो देखिएको छ ।
चुनाव जितेपछि आफ्ना मतदाता समक्ष गरेको वाचा पुर्ण रुपमा असफल भएकोले उनको पराजय हुने निश्चित भएको अकलन गर्न थालिएकोे छ । पहिलो मधेस आन्दोलन पछि बिराटनगरलाई राजनैतिक कार्यक्षेत्र बनाए यादव दोश्रो सविधान सभाको चुनावमा नराम्रोसंग हारेका थिए । सविधानको घोषणा पछि भएको ६ महिने मधेस आन्दोलन पछि रेणु यादवको सहयोगमा सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट चुनाव जिते पनि यसपालीको निर्वाचन फलामको चिउरा चपाए झै छ ।
मधेस आन्दोलनको रापतापमा चुनाव जितेका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव राजधानी मुखि बनेको कारण यसपालिको चुनाव गाह्रो भएको हो । बितेको पांच बर्षमा अधिकास समय उपेन्द्र यादव र उनका नेताहरु सरकारमा सहभागी रहेपनि राष्ट्रिय अध्यक्षको आफ्नौ क्षेत्रको अवस्था जरजर छ । ‘विसकाको त कुरै छोडनुस, पांच बर्षमा यादवजी निर्वाचान क्षेत्रमा पनि कतिपट आउनु भयो उहालाई नै थाहा होला‘ भन्दै तिलाठी बर्षाइनका गाउलेहरुको आरोप छ ।
सप्तरी क्षेत्र नं. २ पिछिडिएको क्षेत्र भएकाले स्थानीय जनताले पछिल्ला निर्वाचनमा अध्यक्ष यादव राष्ट्रिय नेता भएकोले केही गर्लाकी ? भन्ने ठुलो आसा लिएका थिए । तर जुन गोरु आए पनि उखान जस्तै नेता यादवको पनि ५ बर्ष पनि बितेको छ, चुनावी क्षेत्र अवस्था जरजर छ ।
सप्तरी क्षेत्र नं. २ अन्र्तगतका हनुमान नगर देखी इनरुवा, भगवानपुर, कोइलाडी वरसाइन, कट्टि, सकरपुरा र बेलही हुंदै कुनौली भन्सार सम्मको बाटोमा भएका पुलहरु भत्किएको छ । सिमा जोडिने जोडने ६० फिट चौडा राजमार्ग सडक मर्मत सम्भार तथा पुनरनिर्माण नहुंदा १०–१२ फिट चौडाइमा सिमित भएको अवस्था छ ।
बाढि आउदा खेतीवारी र घर बगाउने खतरा कायमै छ भने कतिपय गाउ टोलमा कुनै आपतकालिन घट्ना जस्तै आगलागी र कोही विरामी परे समयमा सहज तरिकाले एम्बुलेन्श र बारुणयन्त्र समेत पुग्न नसक्ने अवस्था रहेको छैन ।
त्यसै गरी सप्तरी जिल्ला सदरमुकाम राजविराज देखी तोपा, मनसापुर, इनरुवा हुंदै हनुमाननगर जाने मुख्य बाटोको अवस्था ४० वर्ष देखि उस्तै छ । खासै परिवर्तन नभएकोले जता ततै खाल्डा खुल्डी रहेका छन । जुन बाटोबाट दैनिक सैकडौ सवारी साधनलाई आउने जाने गर्दछन् ।
सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित भएर गए पछि अध्यक्ष यादव पछिल्लो ५ वर्षमा साढे ३ वर्ष आफै उपप्रधानमन्त्री रहेका थिए भने उनकै पार्टीकी नेतृ सप्तरी जिल्ला निवासी रेणु यादव भौतिक पुर्वाधार तथा यातायात मन्त्री ५ वर्षनै रहीन तर पनि आफु निर्वाचित क्षेत्रमा सुन्य विकाश गरेका छन भने जिल्ला सदरमुकाम स्थित रहेको एक मात्र रंगशाला गौचरणमा परिणत भएको भएछ ।
सप्तरी जिल्लाबाट जसपाका अध्यक्ष सहित रेणु यादव र मृगेन्द्र सिंह यादव सरकारमा सहभागी भए पनि जिल्ला तथा निर्वाचित क्षेत्रका लागी खासै केही नगरेको आरोप स्थानीयहरुको छ ।
पछिल्लो ५ वर्षमा केही विकाश नगरेका अध्यक्ष यादवले यसपाली भने उपलब्धी रक्षाको मुद्दा लिएर चुनावी मैदानमा उत्रिएका छन । सप्तरी क्षेत्र नं. २ मा अध्यक्ष यादव संगै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र सत्ताधारी गठबन्धनको तर्फबाट लोकतान्त्रीक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर चुनावी मैदानमा उत्रिएका छन ।
यता मुख्यमन्त्रीको पर्सा जिल्लाको तिलावे पुलको किनारमा सहिद पार्क निर्माण योजना अधुरै छ । निर्माणाधिन पार्कमा स्थापना गरिएका सहिदहरुको आंखा छोपिएको कपडा उदघाटन पछि हटाउने हो, तर त्यो उदघाटन सहिदहरुको लागी सपनाको बिषय बनेको छ ।मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष निगरानीमा निर्माण हुने उक्त योजना अधुरो र अपुरो छ । जसलाई सहिदको सम्मान भन्दा पनि अपमान गरिएको जन गुनासो छ ।
मधेस आन्दोलनमा अग्रनी भूमिका निभाएको वीरगन्ज महानगरपालि वार्ड नम्बर १६ को नगवा र इनर्वा मधेसी दलको लागी सबै भन्दा ठुलो भोट बैक भएको वार्ड हो । मुख्यमन्त्रीको आफ्नै निर्वाचन क्षेत्रमा रहेको उक्त वडामा पनि जसपालाई ठुलो बिरोध बेहोर्नु परेको छ । मतदाताको चर्को बिरोध पछि इनर्वाबाट मुख्यमन्त्रीलाई इज्जत जोगाउन शुक्रबार हम्मे हम्मे परेको थियो । नगवा र इनर्वा दुबै गाउबाट मख्यमन्त्री लगायत जसपाका उम्मेदवारहरु लखेटिएका छन । विकास भन्दा पनि मुख्यमन्त्रीले भ्रष्टाचारलाई प्राथमिक्ता दिएको भन्दै व्यापक बिरोध खेप्नु परेको छ । मुख्यमन्त्रीले गरेको हरेक भ्रष्ट्राचारको साक्षी केन्द्रि अध्यक्ष उपेन्द्र यादव छन । किनभने मुख्यमन्त्रीको सचिवालयमा मुख्यमन्त्री भन्दा पनि उपेन्द्र यावदका चहेताहरु बढी न्यूक्त गरिएका थिए । मुख्यमन्त्रीले गरेको हरेक भ्रष्ट्राचारको खबर र भागबन्डा दुबै अध्यक्षलाई पुगने गरेकोले पनि ५ बर्ष लालबाबु आफ्नो सत्ता जोगाउन सफल भएका हुन । उनले ल्याएको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत बारा र पर्सामा मात्र पोखरी सौन्दर्यीकरणका आधा दर्जन भन्दा बढी योजनाहरु अल्पत्रमा छन । त्यसपनि मुख्यमन्त्रीको आफ्नै प्रादेशिक चुनावी क्षेत्रमा रहेको वीरगन्जको नगवा, मुर्ली लक्षुमणवा लगायतका पोखरीहरु रहेका छन् । सबै पोखरी निर्माणको ठेक्का मुख्यमन्त्रीका चहेता उनकै पार्टि प्रदेश सभासदस्य सिगासन साहको कम्पनिले लिएको छ ।
सुशासन राष्ट्र, व्यवस्थाको अस्तित्व र समृद्धिका लागि अपरिहार्य पूर्वसर्त हो । नेपालको सुशासनको अवस्था र सम्भावना दुवैलाई गर्तमा पुर्‍याउने एकल मुख्य कारण भ्रष्टाचार हो । मधेसको राजनिति मुख्य रुपमा राजनीतिकर्मी–ठेकेदार–कर्मचारीतन्त्रको त्रिकोणीय स्वार्थ साझेदारीले गहिरो जरा गाडेको देखियो । र, भ्रष्टाचार नियन्त्रणका राज्यका सबै निकाय यो माखेसाङ्लोको जकडमा परेका परिरहे ।
२०४६ सालको पहिलो प्रजातान्त्रिक आन्दोलन पछि नेपाल सदभावना पार्टीले मधेको मुदाहरुलाई उठाउदै आएपनि मधेसि जनअधिकार फोरम त्यसबेला सबै दलमा रहेका मधेसीहरुकोे साझा मंच रुपमा स्थापित भएको थियो । फोरमको नेतृत्वमा मधेस आन्दोलनले मधेसी, थारू र जनजाति लगायतका पछाडि पारिएकाको सवाललाई उठाएको थियो । तर सत्तालिप्साकै कारण फोरम एउटा पार्टि बन्यो मधेसको मुदा भन्दा पनि सत्ताको राजनैति ध्रुविकरणमा डुब्दै गयो परिणाम स्वरुप उपेन्द्रय यादव रोडपति बाट करोड पति बने तर समग्र मधेस ८ जिल्लामा संकुतभयो ।
‘आन्दोलन राजनीतिक प्रक्रिया हो, हरेकपटक यो आन्दोलन कर्ताकै पक्षमा सफल हुनुपर्छ भन्ने छैन, तर यसले केही न केही योगदान गरेको हुन्छ, मुद्दा अगाडि बढाएको हुन्छ । जसरी प्रजातन्त्रवादीको पक्षमा परिणाम नआए पनि २०३६ सालको आन्दोलनको जगमा २०४६ को प्रजातान्त्रिक आन्दोलन सफल भयो,’, ‘पछिल्लो मधेस आन्दोलन मधेसी, थारू जनजातिको मुद्दाको सवालमा २०३६ को घटना सरह हो, यस अर्थमा एउटा २०४६ जस्तो आन्दोलन आउन बाँकी छ।’
पहिलो र दोस्रो मधेस आन्दोलन सम्झौतामा टुंगिदा समावेशी र समानुपातिक प्रतिनिधित्वका सवाललाई तत्कालीन अन्तरिम संविधानमा सामेल गरिएको थियो भने संघीयतालाई संवैधानिक संकल्प बनाउन सफल भएको थियो । तेस्रो मधेस बिद्रोहको संज्ञा दिइएको पछिल्लो पटकको आन्दोलनलाई पाँच वर्ष पछाडि फर्केर हेर्दा त्यसले देशलाई र मधेसलाई के दियो भन्ने सवाल उठिरहन्छ। ‘२०७२ साउन २५ मा टीकापुरमा पुगेर मधेसका नेताले सम्बोधन गरेपछि त्यहाँ चलिरहेको थारू आन्दोलनमा ऊर्जा र जोश थपियो, एकीकृत रूपमा आन्दोलन अगाडि बढ्ने वातावरण बन्यो । साउन ३१ देखि सुरु भएको आन्दोलनमा भदौ १ मा सप्तरीमा प्रहरीको गोली लागी राजीव राउतको मृत्यु भएपछि आन्दोलनमा जनसहभागिता बढ्यो,’ उनले घटनाक्रम सम्झे, ‘पश्चिममा थारूको आन्दोलन, यता मधेसीको आन्दोलन समान माग र मुद्दाको लागि अगाडि बढेको थियो । भदौ ७ मा टीकापुरको घटना भएपछि बलपूर्वक राज्यले थारू आन्दोलन दबाउँदा समग्र आन्दोलनलाई नै क्षति पुग्यो।’
जो उक्त विद्रोहमा होमिए, कुटिए, राज्यको दमनले अंग गुमाए र परिवारका आत्मीय सदस्य गुमाए ती सर्वसाधारण भने ठगिएको महसुस गर्छन् । आन्दोलन हाँक्नेहरूले संवाद प्रक्रियामा रणनीतिक कमजोरी गरेका कारण आन्दोलनको अवतरण सम्मानजनक हुन नसकेको जानकारहरुको विश्लेषण छ । ‘मधेस आन्दोलनमा जनताको व्यापक सहभागिता र बलिदान भएपनि नेतृत्व पंक्ति विभाजित हुँदा तथा संवाद प्रक्रियामा कमजोर रणनीतिले गर्दा बिनानिष्कर्ष नै आंदोलन टुंगियोे जसको परिणाम अहिले मधेसी दल अर्थात उपेन्द्र यावदप्रति ठुलो आक्रोस छ ।
उनलाई तुलसी गीरी जस्ता प्रतिगमणकारीको सज्ञा दिन थालिएको छ । निर्वाचनपश्चात सत्ताको राजनीतिक दलदलमा फस्दै जाँदा आन्दोलनको मर्म नै मर्न पुगेको छ । आफुलाई कुम्यनिष्ट भन्दा राष्ट्रबादी भन्न रुचाउने केपि शर्मा ओलीको राजावादी, हिन्दुवादी सहितको खिचडि गठबन्धनमा होमिएका उपेन्द्र यादवले मधेसबादलाई त्याग्दै ओलीवादमा लागेका छन् । जसका एकमात्र उदेश्य सत्ता प्रप्ति र १५ बर्ष देखिको विरासतको निरन्तरता मात्र हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि