Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उम्मेदवार डंगोलप्रति जनलहर बढ्दै, स्वास्थ्य, शिक्षा तथा रोजगारी पहिलो प्राथमिकता : डंगोल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २५, २०७९
उम्मेदवार डंगोलप्रति जनलहर बढ्दै, स्वास्थ्य, शिक्षा तथा रोजगारी पहिलो प्राथमिकता : डंगोल

वीरगंज (पर्सा), २५ कात्तिक / संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र हिन्दु राष्ट्रको सिद्धान्तलाई अंगिकार गर्दै निर्वाचनमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरणमान डंगोल घरदैलो अभियानलाई तिब्रता दिएका छन् । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि चुनावी प्रचार प्रसार अभियान अन्तर्गत डंगोल आफ्नो क्षेत्रको विभिन्न गाउँ गाउँमा पुगी जनतासँग आशिर्वाद लिने तथा मत माग्ने कार्यलाई तिब्रता दिएका हुन् ।
घरदैलो अभियानकै क्रममा डंगोल वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुरका जनतासँग आशिर्वाद लिनुका साथै आफ्नो अमूल्य मत दिई विजयी गराउन आग्रह गरेका छन् । स्वास्थ्य, शिक्षा तथा रोजगारीको पहिलो एजेण्डा सहित हिन्दु राष्ट्रको नारा लिएर निर्वाचनमा उत्रिएका डंगोललाई सर्वसाधारणहरुले आफ्नो अमूल्य मत दिई विजयी गराउने प्रतिबद्धता जनाएका थिए । वीरगंजमा देखिएका भ्रष्टाचारी, स्वास्थ्य, शिक्षाको दुरावस्थालाई न्यूनीकरण गर्ने पहिलो प्राथमिकतामा राख्दै मत मागि रहेका डंगोलले निर्वाचित भए पहिलो चरणमा सुविधायुक्त अस्पताल, युवाहरुलाई रोजगारी तथा सार्वजनिक विद्यालयहरुको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन् ।
विगतमा धेरै उम्मेदवारहरु यहाँबाट विजयी भएर गए तर यहाँको जनताको लागि कुनै खास काम गरेका छैनन्, बरु जनतालाई नै ठगेका छन्, त्यस्ता ठगहरुबाट सचेत भई एक पटकको लागि भएपनि आफूलाई विजयी गराउन जनताहरुसँग आग्रह गरेका छन् । विगत लामो समयदेखि राजनीति क्षेत्रमा लागेका डंगोलको सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान छ । यहाँका नेताहरु कति पटक विजयी भएर जनतालाई ठगेका छन्, तर आफूलाई यस पटक विश्वास गरेर आफ्नो अमूल्य मत दिन मतदाताहरुलाई आग्रह गरेका थिए ।
डंगोलको झण्डै ४ दशकसम्म राजनीति क्षेत्रमा योगदान छ । उनी राजनीतिका साथै अन्य क्षेत्रबाट पनि समाजसँग जोडिएका छन् । उनकै घरबाट आजभन्दा करिब ५ दशक अघि अचेल साप्ताहिक पत्रिका पनि प्रकाशन हुन्थ्यो । पत्रकारिता क्षेत्रलाई पनि उनले नजिकबाट नियाल्ने अवसर त्यतिबेला प्राप्त गरे । खेलकुद तथा संस्कृतिको संरक्षणका लागि आफ्नै नेतृत्वमा स्थापना गरिएको योङ्स्टार्स क्लब नेपालकै पहिलो संस्था भएको उनी दावी पनि गर्छन् । जुन अहिले नारायणी स्पोटर्स क्लबको रुपमा यस क्षेत्रमा परिचित छ । त्यसमार्फत खेल क्षेत्रसँगै कला एवम् संस्कृतिको लागि पनि विभिन्न उपलब्धीमुलक काम गरिएको डङ्गोलको दावी छ ।
डंगोल दुई गठबन्धनका उम्मेदवार प्रदीप यादव र लक्षमणलाल कर्ण सहित स्वतन्त्र उम्मेदवार अजय द्विवेदीकै प्रतिस्पर्धामा छन् । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार लक्ष्मणलाल कर्ण, एमाले जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजय द्विवेदीसँगै राप्रपाका उम्मेदवार किरणमान डंगोल पनि प्रतिस्पर्धा छन् ।
चारैजना उम्मेदवार मध्ये डंगोल राजनीतिक क्षेत्रमा लागेको पूराना नेता हुन् । नेपाली कांग्रेस प्रभावशाली नेता रमेश रिजाल भन्दा पहिले जिल्ला कार्य समितिमा रहेर काम गरि सकेका डंगोलका पूराना कांग्रेस नेताहरुको सहानुभूति र सद्भावले पनि थप बल पु¥याएको छ । डंगोल अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका हुन् । निर्वाचनमा उनलाई राप्रपाले मात्रै होईन हिन्दुवादी संघ संस्था र समुदायको पनि उत्तिकै साथ र सहयोग पाउनेमा निश्चिन्त छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि