Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डङ्गोलको चुनावी एजेण्डा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २४, २०७९
पर्सा १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डङ्गोलको चुनावी एजेण्डा

वीरगंज (पर्सा), २४ कात्तिक / झण्डै ४ दशकसम्म नेपाली कांग्रेसमा रहेका किरणमान डंगोल राष्ट्रिय राजेन्द्र लिङ्गदेन नेतृत्वको प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् । २०३७ सालदेखि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ) को ठाकुरराम बहुमुखी क्याम्पसको सभापतिका दावेदार रहेका उनी मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्य, युवराज खातीका समकक्षी हुन् ।
उनी राजनीतिका साथै अन्य क्षेत्रबाट पनि समाजसँग जोडिएका थिए । उनकै घरबाट आजभन्दा करिब ५ दशक अघि अचेल साप्ताहिक पत्रिका पनि प्रकाशन हुन्थ्यो । पत्रकारिता क्षेत्रलाई पनि उनले नजिकबाट नियाल्ने अवसर त्यतिबेला प्राप्त गरे । खेलकुद तथा संस्कृतिको संरक्षणका लागि आफ्नै नेतृत्वमा स्थापना गरिएको योङ्स्टार्स क्लब नेपालकै पहिलो संस्था भएको उनी दावी पनि गर्छन् । जुन अहिले नारायणी स्पोटर्स क्लबको रुपमा यस क्षेत्रमा परिचित छ । त्यसमार्फत खेल क्षेत्रसँगै कला एवम् संस्कृतिको लागि पनि विभिन्न उपलब्धीमुलक काम गरिएको डङ्गोलको दावी छ ।
पत्रकारिता, कलाकारिता र खेल क्षेत्रसँगै करिब ४ दशकसम्म नेपाली कांग्रेसबाट राजनीति गरेका उनी क्षेत्रीय प्रतिनिधिमा ४ पटक निर्विरोध निर्वाचित भएका थिए भने एकपटकको निर्वाचनमा पनि विजयी भएर क्षेत्रीय प्रतिनिधि भएका थिए । नेपाली कांग्रेसनिकट नेपाल ट्रेड युनियनको पनि जिल्ला कमिटीको सचिव भएर काम गरेको अनुभव उनले बटुलेका थिए । विपि कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ता व्यक्तिहरुको व्यक्तित्व र विचारबाट प्रभावित भएर कांग्रेसी भएका डङ्गोलले कांग्रेस विचार र सिद्धान्तबाट विचलित भएको र प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले विपिको सिद्धान्तलाई बेवास्ता गरेको भन्दै डङ्गोलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रोजे ।
संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र हिन्दु राष्ट्रको सिद्धान्तलाई अंगिकार गर्दै २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनभन्दा अघि राप्रपामा आवद्ध भएको डङ्गोलले बताए । राप्रपामा आवद्ध हुनेबित्तिकै उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले मधेश प्रदेशको संगठन विभाग प्रमुखको जिम्मेवारी दिए । साथै क्षेत्र नम्बर १ को निर्वाचन परिचालन कमिटीको अध्यक्ष पनि उनी नै हुन् । अङ्ग्रेजी विषयमा स्नातकसम्मको अध्ययन गरेका उनले वीरगञ्जदेखि बिराटनगर हुँदै, हेटौडा, चितवन, पोखरा, जोमसोम लगायतका स्थानमा १ सय ५० भन्दा बढी सांस्कृतिक कार्यक्रम गरेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ कुम्हाल टोल निवासी डंगोलले नेपाल टेलिभिजनमासमेत गीत गाउने अवसर प्राप्त गरेका थिए । भोजपुरी टेलि सिरियलमा नायकको भूमिका समेत निर्वाह गरेका डङ्गोलले जोश र जागरले भरिएका युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने आफ्नो प्रमुख प्राथमिकताको विषय भएको बताएका छन् । त्यसका लागि बेरोजगार युवा संघको स्थापना गरेर युवाहरुलाई एकिकृत गरी उनीहरुको क्षमता र योग्यताअनुसारको रोजगारीको सृजना गर्नका लागि वीरगञ्जका उद्योगी एवम् व्यवसायीहरुसँग समन्वय गर्ने योजना डङ्गोलको छ ।
अदक्षलाई प्रशिक्षण र तालिमको व्यवस्था गर्नुका साथै दक्षलाई योग्यताअनुसारको जिम्मेवारी दिलाउने उनको प्रतिबद्धता छ । साथै उनले पर्सा जिल्लाको मध्यभागमा पर्ने जगरनाथपुर गाउँपालिकामा राष्ट्रिय स्तरको अस्तपताल खोल्नका लागि पनि पहल गरेर बजेट बिनियोजन गराउने बताएका छन् । पत्रकार, खेलाडी, कलाकार र साहित्यकारको लागि २५ लाख रुपैयाँको अक्षय कोष खडा गरेर निज र निजका परिवारलाई निःशूल्क औषधी उपचारको व्यवस्था गर्ने पनि उनको योजना छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि