Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारागढी गाउँपालिकाको चरम लापरवाही, म्याद नाघेको किट्नाशक औषधी छर्कदै

६ वर्ष अघि म्याद नाघेको विषादी किट्नाशक औषधी छर्कदा स्थानीयले समाते

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २४, २०७९
बारागढी गाउँपालिकाको चरम लापरवाही, म्याद नाघेको किट्नाशक औषधी छर्कदै

• हरिशंकर शर्मा
खोपवा (बारा), २४ कात्तिक / बारागढी गाउँपालिकाले ६ वर्ष अघि म्याद नाघि सकेको लामखुट्टेको लार्भा मार्ने औषधी छर्कि रहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका छन् । लामखुट्टे लार्भा मार्ने किट्नाशक औषधी पालिका भरिकै वडाहरुमा छर्कि रहेको अवस्थामा वडा नं. १ मा पुग्दा त्यहाँका बुद्धिजिवि युवाहरुले म्याद नाघेको किट्नाशक औषधी पाएपछि नियन्त्रणमा लिएको हो ।
उनीहरुले ५० ग्रामको १ सय ४० प्याकेट किट्नाशक औषधी नियन्त्रणमा लिएको हो । पालिका भरि नै छर्किनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट ४ सय प्याकेट म्याद नाघेको औषधी ल्याइएकोमा १४० प्याकेट औषधी नियन्त्रणमा लिइएको स्थानीय जोतिलाल साहले जानकारी दिए ।
जनवरी २०१४ मा उत्पादन भई जनवरी २०१६ मा म्याद नाघी सकेको ‘रिवाइवल १०० डब्लु.पि.’, किट्नाशक औषधी छर्कि रहेको अवस्थामा औषधी छर्कनेलाई नियन्त्रणमा लिएर त्यसको साथमा रहेको १४० प्याकेट औषधी नियन्त्रणमा लिइएको बताए । यो जनस्वास्थ्य प्रयोगको लागि विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको किट्नाशक औषधी हो । तर म्याद नाघेको ६ वर्ष भइसकेको औषधी छर्केर स्वास्थ्य व्यक्तिलाई पनि रोगी बनाउने काम पालिकाले गरि रहेको स्थानीइहरुले जानकारी दिएका छन् ।
एक ट किट्नाश औषधी आफै जहर हुन्छ, त्यसमा प्रष्ट लेखिएका हुन्छ ‘बालबालिकाको पहुँच भन्दा टाढा राख्नु होला’ तर पालिकाको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश चौधरी जस्ता गैर जिम्मेवार व्यक्तिको कारण यो औषधीबाट पालिकाका कति जनाको स्वास्थ्य स्थिति विग्रने हो, अनुमान लगाउन सकिने अवस्था छैन ।
म्याद नाघेको ६ वर्ष भइसकेको यो किट्नाशक औषधी पूर्ण रुपमा ‘जहर’ भइसकेको छ । यो औषधी छर्किदा हावाको माध्यमबाट बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्ने हामी सहजै अनुमान गर्न सकिन्छ । एक त विषादी किट्नाशक औषधी, पूर्ण रुपमा जहर भइसकेको यो औषधी हावामा छर्किदा त्यो हावालाई स्वाँस प्रस्वाँस मार्फत सर्वसाधारणको शरिरमा जाँदा गम्भिर नोक्सानी गर्ने चिकित्सकको भनाई छ ।
लमखुट्टेको लार्भा मार्ने औषधी भनेर सर्वसाधारणलाई मार्ने औषधी छर्कि रहेको त्यहाँका स्थानीयहरुको भनाई छ । पालिकाले यसरी गैर जिम्मेवार, लापरवाही कसरी गर्न सक्छ ? भन्दै स्थानीय जोतिलाल साहले स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश चौधरीमाथि छानविन हुनुका साथै कारवाही हुनुपर्ने बताए । स्वास्थ्य प्रमुख चौधरीले औषधीको बजेट कुम्ल्याउनका लागि पुरानै स्टकमा रहेको औषधी छर्केर हजारौं सर्वसाधारणको जीवनसँग खेलवाड गर्न खोजेको बताइएको छ । यसबारे स्वास्थ्य प्रमुख ओमप्रकाश चौधरीको मोबाइल नं. ९८५११४४२०४ मा सम्पर्क गर्दा खोज्दा सम्पर्क हुन सकेन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि