Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्साको विकास र समृद्धि मेरो प्रमुख अजेण्डा हो : प्रदीप यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २३, २०७९
पर्साको विकास र समृद्धि मेरो प्रमुख अजेण्डा हो : प्रदीप यादव

वीरगंज (पर्सा), २३ कात्तिक / पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले आफनो मात्र नभइ आफना सन्तति र भविष्यका पुस्ताका लागि सहि उम्मेदवार चुन्न मतदातालाई आह्वान गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै जसपा–एमाले गठबन्नधका उम्मेदवार यादवले भने, ‘तपाइको एउटा मत गलत व्याक्तिलाई जादा तपाइले मात्रै होइन तपाइका सन्तति पनि दुःख पाउँछन्, त्यसका कारण सहि उम्मेदवारलाई चुन्नु होला ।’
उनी आफु जसपा–एमाले गठबन्धनको साझा उम्मेदवार भएको बताउँदै भने, ‘प्रदीप यादवको जित जसपा र एमाले दुवैको जित हो , प्रदेशसभा सदस्यमा विचारी यादवको जित पनि दुवै पार्टीका कार्यकर्ताको जित हो ।’ पर्सा–१ मा यसअघि चुनाव जितेर सांसद् बनेकाहरुले यो क्षेत्रको विकास र जनताका लागि ठोस र नमूना काम केहि पनि नगरेको दृष्टान्त दिँदै यादवले भने, ‘२०७४ को चुनावमा तपाइ जनताकै आशीवार्दले मैले चुनाव जिते, तपाईको जनप्रतिनिधी प्रदीप यादवले जनताको शीर कहिल्यै पनि झुक्न दिएन र आगमी दिनमा पनि झुक्न दिने छैन ।’
तर २०७४ भन्दा पहिले यस क्षेत्रमा जितेका सांसदहरुले के गरे ? सांसदको पाँच वर्षे कार्यकाल कसरी बिताए ? यो सब जनतालाई थाहा नै भएको उनले बताए । यादवले भने, ‘यो क्षेत्रबाट जितेका नेता प्रधानमन्त्री पनि भए, तर उनले के गरे ? एक टिप ग्राभेल पनि यो क्षेत्रको सडकमा खसाएनन्, जितेर गएपछि यो क्षेत्र त के पर्सा जिल्लामै एकपटक पनि फर्किएर आएनन् ।’ यसअघि २०६४ मा सांसदमा जितेका अजय द्धिवेदी अहिले फेरि चुनाव लडेको र जनताका माझ भोट माग्न आइरहेको भन्दै यादवले भने, ‘अजय जी अहिले जनताका माझ भोट माग्न आइरहनु भएको छ, अब जनताले अजय जीलाई सोध्नु होला सांसद् जितेका बेला यो क्षेत्रमा पाँच वर्षमा के गर्नुभयो ?’
काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका द्धिवेदीले आफूलाई काँग्रेसले अन्याय र विभेद गरेको भन्दा अचम्म लाग्ने गरेको यादवले बताए । यादवले भने, ‘हुन त यो काँग्रेसको आन्तरिक मामीला हो, तर द्धिवेदीले भ्रम छर्दै हिडेपछि मैले पनि केहि बोल्नु पर्छ नै । बहुदल पछिका चार चुनावमा काँग्रेसले द्धिवेदीलाई विभिन्न पदमा टिकट दिएर चुनाव लडायो, २०५१ मा उपमेयर बने, २०६४ मा सांसद् बने, २०७० मा सांसद्को टिकट पाएर हारे, २०७४ मा मेयरको टिकट पाएर हारे, अब तपाई नै भन्नुस् उनि कसरी विभेदमा परे ? यसको जवाफ हुन त काँग्रेस नेता कार्यकर्ताले दिने नै छन् ।
द्धिवेदी सांसदमा जित्दा आफनो क्षेत्रमा सडक बनाउने नाममा माटो र ग्राभेल छरेर झारा टार्ने काम मात्रै भएको यादवले बताए । यादवले भने, ‘तर मैले पाँच वर्षको कार्यकालमा द्धिवेदीको जस्तो माटो र ग्राभेल छरेर बजेट पचाउने काम कहिँ गरेको छैन, मैले जहाँजहाँ सडक र नाला बनाएको छु, ती सबै पक्की छन्, कालोपत्रे गरिएका छन्, मेरो कार्यकालमा बनेका सडक र नाला कम्तिमा ५० वर्ष टिक्नेछन्, मैले हरेक वडामा विकास गरेको छु ।’ तीन महिनाका लागि मात्रै मन्त्री बन्दा आफुले ५० वटा भन्दा बढि निर्णयहरु गरेको भन्दै यादवले भने, ‘मन्त्री बने लगत्तै पहिलो निर्णय वीरगञ्जमा चिडियाखाना स्थापनाको थियो, जुन चिडियाखानाको महत्व अहिले होइन २ वर्ष पछि बनेपछि मात्रै थाहा हुनेछ, यसैका कारण वीरगञ्जमा आन्तरिक मात्रै नभइ विदेशी पर्यटकहरुको ओइरो लाग्नेछ ।’
चुनावी सभालाई पर्सा १ (क) का प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवले पनि सम्बोधन गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि