Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगञ्जका मतदाता भन्छन् – “प्रदीपले गरेका काम नै उनको जित्ने आधार हुन्”

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २१, २०७९
वीरगञ्जका मतदाता भन्छन् – “प्रदीपले गरेका काम नै उनको जित्ने आधार हुन्”

वीरगंज (पर्सा), २१ कात्तिक / मंसिर ४ गते हुने प्रदेश एवम् प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गएसँगै उम्मेदवारहरुको चुनावी अभियानमा व्यस्तता बढेको छ । नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जनताको घरदैलोमा पुगीरहेका छन् । पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई यतिबेला जनता भेटघाटसँगै विभिन्न चुनावी कार्यक्रमहरुमा पनि पुग्ने चटारोले भ्याईनभ्याई छ ।
सोमवार बिहानैदेखि घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त रहेका यादवले साँझ पनि वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ का मतदातासँग भेटघाट गरेका छन् । घरदैलोका क्रममा वडा नम्बर २२ मा पुगेका यादवलाई त्याहाँका स्थानीयले स्वागत गर्दै जितका लागि शुभेच्छासमेत व्यक्त गरेका थिए । जसपा र नेकपा एमालेको गठबन्धनका साझा उम्मेदवार यादवको कसैसँग प्रतिस्पर्धा नै नभएको बताउँदै त्याहाँका मतदाताले यादवको जित सुनिश्चित भएको प्रतिक्रिया दिएका छन् ।
जनताको शुभकामना र आशिर्वाद ग्रहण गर्दै यादवले भने, ‘तपाईहरुको साथ र समर्थनकै कारण म निरन्तर जनताको सेवामा छु । यस्तै साथ र सहयोग सँधै पाइरहने विश्वास छ । अब मंसिर ४ गते हुने निर्वाचनमा जसपा र एमालेको गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन पनि आग्रह गर्दछु ।’ जसपा र एमालेको गठबन्धनले जिते मात्र देश समृद्ध बन्ने दावी गर्दै यादवले जनताको माझमा रहने र विकास चाहने नेतालाई चुन्न अनुरोध गरेका छन् । सो अवसरमा यादवको पक्षमा जनताले समर्थन जनाउँदै उनको कामले नै उनलाई जिताउने प्रतिक्रिया दिएका थिए । यसअघि सांसद हुँदै छोटो समयका लागि मन्त्री बन्दासम्म उनले यस क्षेत्रका लागि गरेका काम नै उनले जित्ने बलिया आधार भएको मतदाताको भनाई थियो ।
घरदैलोमा जसपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ (क) का उम्मेदवार विचारी प्रसाद यादवसहित जसपा र एमालेका नेता, कार्यकर्ता, समर्थक एवम् शुभचिन्तकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि