Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मतदाताबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित छु : प्रदीप यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २१, २०७९
मतदाताबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित छु : प्रदीप यादव

वीरगंज (पर्सा), २१ कात्तिक / असन् मंसिर ४ हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव प्रति मतदाताहरुको आकर्षण बढ्दै गएको छ । चुनावी घरदैलोका क्रममा क्षेत्रका हरेक वडामा पुग्दा यादवको समर्थनमा मतदाताहरुले समर्थन गर्दै स्वागत गरिरहेका छन् । विगतको पाँच वर्षको कार्यकालमा पर्साका चार वटै क्षेत्र मध्ये पर्सा १ मा सांसद्का रुपमा यादवले सबै भन्दा बढि र नमूना कामहरु गरेको भन्दै मतदाताहरुले यसपालि फेरि आफुहरुको रोजाइ यादव नै भएको बताइरहेका छन् । यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ को पिपराटोलमा पनि सोमबार बिहान गठबन्धनबाट एमालेका प्रदेशसभा सदस्य उम्मेदवार विचारी प्रसाद यादवका साथ पुगेका प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवलाई मतदाताले समर्थन गर्दै स्वागत गरेका छन् । उनिहरुले पर्सा-१ मा यादवको सामु कुनै पनि उम्मेदवार प्रतिस्पर्धामै नरहेको भन्दै यादवको जित सुनिश्चित रहेको जिकिर पनि गरे । पिपराटोलमा मतदाताको स्वागत र समर्थन पाएपछि पूर्वमन्त्रीसमेत रहेका यादवले मतदातालाई कृतज्ञता प्रकट गर्दै यो जोश र उत्साह मंसिर ४ गतेसम्मै राख्न आग्रह गरे ।
मतदातासँग उनले भने, ‘संघीयता, सुशासन र विकासको पक्षधर जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरेर जिताउनुस्, तपाईको दुखसुखमा म सधै साथमै रहनेछु, अधुरा विकास निर्माणका काम पुरा गर्छु ।’ पर्सा जिल्लालाई झन् विकसित, समृद्धि र सुशुसित बनाउने अभियानमा मतदाताहरुबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित बनाएको भन्दै यादवले मतदाताले थपे, ‘तपाईहरुबाट प्राप्त सल्लाह र सुझावले हामीलाई थप उर्जाशील र सशक्त बनाएको महसूस गरेको छु, तपाइहरुको यो अगाध माया र भरोसामा फेरि पनि खरो उत्रिनेछु ।’ यसैबीच यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिकलाई सम्मानित पनि गरेका छन् । त्यहाँ आयोजित एक कार्यक्रमका विच यादवले दुई दर्जनभन्दा बढी जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानित गरेका थिए । जेष्ठ नागरिकलाई सम्मान गर्दै यादवले भने, ‘जेष्ठ नागरिक हाम्रो समाजका ज्ञान, सिप र अनुभव संगालेका पिल्लर हुनुहुन्छ । उहाँहरु हाम्रो पुस्ताका लागि अभिभावक मात्र हुनुहुन्छ मार्गदर्शक पनि हुनुहुन्छ । समाजमा उहाँहरुले पुर्‍याउनु भएको योगदान अतुलनीय छ । उहाँहरुको सम्मान हाम्रो कर्तव्य र दाइत्व हो ।’ त्यस्तै पिपरामा स्थानीय नेता रमेश पटेलको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरेर एक दर्जनभन्दा पनि बढी नेताहरुले जसपा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई यादवले पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा विरेन्द्र पटेल, गोपी साह, गम्हिरा साह, सुरज कुमार हजाम लगायत रहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि