Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सशस्त्र प्रहरीको मिलोमतोमा आईसिपी भन्सारबाट तस्करी हुने गरेको खुलाशा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १८, २०७९
सशस्त्र प्रहरीको मिलोमतोमा आईसिपी भन्सारबाट तस्करी हुने गरेको खुलाशा

वीरगंज (पर्सा), १८ कात्तिक / मुलुक चुनाव केन्द्रित भएको बेला वीरगंज नाका भएर खुल्याम तस्करी हुन थालेको छ । सिमा सुरक्षाको जिम्मा रहेको सशस्त्र प्रहरीले नै चुनावको मौका उठाउँदै वीरगंजबाट खुल्याम तस्करी गराईरहेको भेटिएको छ । देश अहिले आर्थिक मंदीबाट पनि गुज्रिरहेको छ । अर्थको अभावमा राष्ट्र संचालनमै समस्या देखिएको छ । चुनावलाई भव्य रुपमा सम्पन्न बनाउँन भारतले सहयोग स्वरुप उपलब्ध गराएको करिब २ सय सवारी साधन बुधबार नेपाल भित्रिएको छ । चुनावमा पुरै देश नै होमिएको छ । तर त्यसको मौकाको फाईदा उठाउँदै वीरगंजको नाकाहरुबाट खुल्याम राजश्व चुहावट हुने काम भईरहेको छ ।
राजश्व चुहावट नरोकिएपछि साउँन महिनादेखि निरन्तर राजश्व असुली प्रभावित भएको छ । वीरगंज भन्सार कार्यालयले राजश्वको लक्ष्य पुरा गर्न सकिरहेको छैन । राजश्व चुहावट नियन्त्रणको मुख्य जिम्मा लिएको सशस्त्र प्रहरीले नै खुल्याम तस्करी गराईरहेको भेटिएको हो । अलौं स्थित रहेको एकिकृत जाँच चौकी भन्सारबाट भन्सार कर्मचारीले नै तस्करीको कपडा लोड गरेको ना ७ ख ८१५२ नम्बरको ट्रक नियन्त्रणमा लिएपछि भन्सारबाट नै खुल्याम तस्करी भईरहेको खुलासा भएको हो । भारतबाट भित्रियाईएको लाखौं मुख्य बराबरको कुर्ता सुरुवाल, मंहगा साडी, सटिङ्ग सुटिङ्ग, रुबिया लगायतको कपडा भन्सार चेकजाँच नै नगरी उक्त तस्करीको समान लोड गरेको ट्रक भन्सार बाहिर निकाल्न खोजेपछि भन्सार कर्मचारीले सूचनाको आधारमा पक्राउ गरी अनुसन्धान गरीरहेको छ ।
वीरगंज भन्सार कार्यालयका प्रवक्ता दिल्लीराम सुवेदी अनुसार सूचनाको आधारमा गत १० गते, नोभेम्बर २७ तारिखको दिन तस्करीको कपडा सहित उक्त ट्रक सूचनाको आधारमा भन्सार कर्मचारीले नै नियन्त्रणमा लिएको हो । कात्तिक ६ गते, (२३ नोभेम्बर) मा गेट पास भई भारतबाट भन्सार कार्यालयमा त्रिभिएको थियो । (२७ नोभेम्बर) अर्थात कात्तिक १० गते उक्त तस्करीको कपडा बोकेको ट्रक चेकजाँच नै नगरी एकिकृत जाँच चौकी बाहिर निस्कन लागेको सूचना आएपछि समान सहित नियन्त्रणमा लिएको ट्रक बिहिबार बिहान मात्र वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता सुवेदीले बताए । एकिकृत जाँच चौकीको राजश्व चुहावट नियन्त्रण तथा सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरीकै मिलोमतोमा उक्त तस्करी हुन सकेको आशंका गरिएको छ । यसमा सशस्त्र प्रहरीको डिआईजी गणेश ठारामगरको समेत संलग्नता रहेको श्रोतको दावी छ ।
वीरगंजका नामुद तस्कर मदन रुन्चेको उक्त तस्करीको ट्रक रहेको जनाएपनि आधिकारीक पुष्टी हुन सकेको छैन । रुन्चे वीरगंज देखि काठमाण्डौ सम्म सुरक्षा निकायलाई आर्थिक प्रलोभनमा पारेर राखेका रुन्चेको उक्त तस्करीको ट्रक छुटाउँन डिआईजी समेत लागेको श्रोतले जनाएको छ । कात्तिक १० गते पक्राउ परेपनि उक्त ट्रक कात्तिक १६ गतेसम्म एकिकृत जाँच चौकी आसपासमा राखिएको थियो । भन्सारकै केहि अधिकृतहरुलाई मिलाई उक्त तस्करीको समान बोकेको ट्रक सशस्त्र प्रहरीले छुटाउँने प्रयास गरेको थियो । लेनदेनको सहमती नभएपछि थप कारवाहीको लागि बिहिबार बिहान उक्त ट्रक वीरगंज भन्सार कार्यालयको मुद्दा शाखामा बुझाईएको छ ।
भन्सार कार्यालयका प्रवक्ता सुवेदी अनुसार, पक्राउ गरिएको ट्रक मुद्दा शाखाका बुझाईएको छ, थप अनुसन्धान गर्ने काम भईरहेको छ । उनले भने, भन्सारमा बुझाईएको ट्रक र समान धनीको पत्ता लगाउँने काम भईरहेको छ, भेटिएन भने ट्रक सहित समान जफत हुन्छ । श्रोत अनुसार उक्त ट्रक मदन गुप्ता (रुन्चे) को रहेको जनाईए पनि आधिकारीक पुष्टी हुन बाँकी रहेको छ । श्रोत अनुसार रुन्चेले भारतबाट तस्करीको समान नेपाल भित्रियाउँनु अघि नै बिल्टी र समानको संख्या अनुसार पहिला नै पान र भ्याट बिल काटेर तयार गरेर राखेका हुन्छ । नेपाल प्रवेश गरे लगतै उक्त पान र भ्याट बिलकै आधारमा प्रहरीकै सुरक्षामा तस्करीको समान ढुवानी हुन्छ ।
रुन्चेकै रामगढवा स्थित ट्रान्सपोर्टबाट ३ वटा तस्करीको कपडा लोड गरेको ट्रक नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीलाई महिनावारी नबुझाएपछि उक्त तस्करीको समान सहित तीन वटै ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिई राजश्व कार्यालय पथलैया बुझाएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि