Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिल्ला इन्चार्जकै सहयोगमा एमालेलाई कमजोर गर्ने खेलमा सचिव सकृय

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १८, २०७९
जिल्ला इन्चार्जकै सहयोगमा एमालेलाई कमजोर गर्ने खेलमा सचिव सकृय

वीरगंज (पर्सा), १८ कात्तिक / पर्साको क्षेत्र नं. ४ मा एमालेलाई कमजोर गर्ने खेलमा जिल्ला सचिव मनोज गुप्ता लागेको आरोप गठबन्धनका नेताहरुले लगाएका छन् । आफ्नै सहोदर हजुर बुवालाई बागी उम्मेदवार बनाउँन मुख्य भुमिका खेलका गुप्ताले पछिल्लो समय गठबन्धन भन्दा बाहिर बसेर चुनावी कार्यक्रम तथा पार्टी प्रवेश लगायतका कार्यक्रमहरु गरी रहेको एमालेका नेताहरुको भनाई छ ।
एमाले–जसपा गठबन्धन क्षेत्र नं. ४ मा बलियो रहेको देखेपछि डराएका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले एमाले भित्र बिवाद गराएर पार्टीलाई कमजोर पार्ने खेलमा लागेको एमालेका जिल्ला स्तर नेताहरुको बुझाई छ । पर्साको निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यमा एमाले–जसपा गठबन्धनबाट जालिम मियाँ र प्रदश सांसदमा ‘ख’ बाट सिंगासन साह कलवार र ‘क’ बाट जयप्रकाश थारुको जित सुनिश्चि देखेपछि बिपक्षी गठबन्धनका नेताहरु डराएको एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सांसदका उम्मेदवार जयप्रकाश थारुले बताए । उनीहरुले पार्टी भित्र बिवाद निमत्याउँन चलखेल गरी रहेको र त्यसका जिल्ला सचिव गुप्ता सहितका केही कमरेडहरु प्रयोग भइरहेको नेताहरुको बुझाई छ ।
नेकपा एमाले भित्र बिवाद रहेको कुरा कालिमामाई गाउँपालिकाका भएको पार्टी प्रवेशले पनि प्रष्ट पारेको छ । एमाले–जसपा गठबन्धनका उम्मेदवार जालिम मियाँ र सिंगासन साह कलवार सहितका नेताहरुको उपस्थितीमा बुधवार कालिकामाई वडा नं. २ भेडियारीमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो । जसमा मियाँ र कलवार समर्थित नेताहरुको सहभागीता रहेको थियो ।
पार्टी प्रवेश भएको एक दिन नबित्दै गुप्ता खेमाका नेताहरुको उपस्थितिमा वडा नं. १ मुर्लीमा बिहिवार पार्टी कार्यक्रमको आयोजना गरिएको छ । जसमा उम्मेदवारहरुलाई समेत बुलाइएको थिएन् । पार्टी प्रवेश कार्यक्रममा एमालेका जिल्ला इन्चार्ज प्रभु हजराको उपस्थिति रहेको भएपनि जिल्ला अध्यक्ष थारुको उपस्थिति रहेको थिएन् । पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेताहरुलाई समेत नबोलाइएको कालिकामाई गापा वडा नं. २ का वडा अध्यक्ष सोनलाल चौरसियाले बताए । कार्यक्रममा सो क्षेत्रका गठबन्धनका उम्मेदवारहरुलाई समेत बोलाइएको थिएन् । नेकपा एमालेका जिल्ला सचिव गुप्ताको हजुर बुवा उम्मेदवार बने देखि उनको गतिबिधि शंकास्पद देखिएको नेताहरुको टिप्पणी छ । यद्यपी सचिव गुप्ताले यो कुराको खण्डन गर्दै आएका छन् ।
गुप्तासँगै पार्टी प्रवेश कार्यक्रममा सहभागी रहेका एमाले पर्साका उपाध्यक्ष रमान मियाँ पार्टी भित्र कुनै बिवाद नरहेको तथा उम्मेदवारहरु व्यस्थ रहेको कारण हामीले नै नवप्रवेशीहरुलाई पार्टी स्वागत गरेको बताए । उनले बगी उम्मेदवार बनेका प्रहलाद गुप्तालाई पार्टीले कारवाही गरी सकेको बताउँदै कसैले गठबन्धनलाई कमजोर पार्ने सडयन्त्र गरे उसलाई समेत पार्टीले कारवाही गर्ने बताए । पार्टी अध्यक्ष जयप्रकाश थारुले पार्टीमा देखिएको बिचलन बारे पार्टी भित्र छलफल भइरहेको तथा यस बिषयमा भोली बिस्तृत प्रतिक्रिया दिने बताए । स्रोतले जनाए अनुसार पार्टीको जिल्ला इन्चार्ज र जिल्ला सचिवको रवैयाका कारण अध्यक्ष थारु रुस्ट बनेका छन् । यस बिषयमा पार्टीका अगुवा नेतासँग जिल्ला अध्यक्ष थारुले बिहिवार नै छलफल गरेका छन् । छलफलको क्रममा थारुले सचिव गुप्ता र इन्चार्ज हजारा प्रति कडा रोस प्रकट गरेको छ ।
एमालेले कजोर गर्ने खेलमा लागेका जिल्ला सचिव गुप्तालाई पार्टी जिल्ला इन्चार्ज प्रभु हजराको समर्थन रहेको एमालेकै नेताहरुको भनाई रहेको छ । कालिकामाई देखिएको बिबादमा स्थानिय नेताहरुको समेत सहभागीता रहेको स्रोतको दावी छ । कालिकामाई गाउँपालिका केहि नेताहरु सचिव गुप्ताको सहोदर हजुर बुवा गुप्ताको लालटिन छापको प्रचार गरी रहेको स्थानिय नेताहरुको भनाई छ । यस बिषय तहका नेताहरु रिर्पोटिङ्ग समेत रहेको उनीहरुको भनाई छ । गठबन्धनमा आफ्नै पार्टी नेताहरुले दुःख दिन खोजेको भन्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार जालिम मियाँ समेत चिन्तित बनेका छन् । यता गठबन्धनका अर्का घटक जसपाका नेताहरुले गदारी भए स्वीकार्य नहुने बताउँदै आएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि