Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘सामुहिक भाईटिका’ वीरगंजमा इतिहास कायम भएको छ : प्रजिअ ढकाल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १६, २०७९
‘सामुहिक भाईटिका’ वीरगंजमा इतिहास कायम भएको छ : प्रजिअ ढकाल

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १६ कात्तिक / पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले ‘सामुहिक भाईटिका कार्यक्रम’ वीरगंजमा इतिहास कायम भएको बताए । गत कात्तिक १० गते नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सहयोगमा न्यूज २४ टेलिभिजनले वीरगंज आदर्शनगर स्थित पुरानो बसपार्कमा आयोजना गरेको ‘सामुहिक भाईटिका’ कार्यक्रम वीरगंजको लागि इतिहास कायम भएको बताए ।
कार्यक्रममा सहयोग पु¥याउनेहरुलाई कदरपत्र सहित सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ ढकालले कार्यक्रममा भावनात्मक रुपमा जुन एकता देखियो र कार्यक्रमले दिएको सन्देश इतिहास नै कायम भएको बताए । हाम्रो चाडपर्व, रितिरिवाज, परम्परा सबै हाम्रो सम्पत्ति हो, एक आपसमा सबै एकताबद्ध भई सबैलाई सम्मान गरि अर्को धर्मलाई स्वीकार गर्नु नै ठूलो कुरा रहेको उनको भनाई थियो ।
हामीले सबै धर्मलाई स्वीकारेका छौं, दशैं, छठ, होली, माघी पर्व लगायत जुनसुकै पर्वलाई पनि हामी सबै नेपालीले स्वीकारेका छौं यो नै मानवीयता हो भन्दै सबैलाई सम्मान गर्नुपर्छ, हाम्रो समाजको सम्बन्धलाई अझै प्रगाढ बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए । विभिन्न चाँडपर्वको छुट्टै महत्व हुन्छ, यस कार्यक्रममा जति उत्साह देखिएको थियो यसले सम्पूर्ण समुदायका व्यक्तिहरुलाई एक आपसमा जोडेको छ भन्दै कार्यक्रम आयोजक लगायत सहयोगीहरु धन्यवादका पात्र रहेको बताए ।
कार्यक्रममा सहभागी पहाडी समुदायकी महिला गुड्डी जोशीले काठमाडौंको रानीपोखरीमा भाईबहिनी नभएकाहरुले गएर टिका लगाउने गरेका छन्, त्यो सँस्कृत्तिलाई हामीले पनि स्वीकारेका छौं र यसलाई सधैंको लागि जगेर्ना गर्नुपर्ने बताइन् । यो कार्यक्रम भव्य रुपमा सम्पन्न गरेका छौं, यो सँस्कृत्तिले सधैं निरन्तरता पाउनुपर्ने उनको भनाई छ ।
त्यसैगरि मारवाडी समुदायकी महिला नुतन सरावगीले आफूहरु घर बाहिर निस्केर सामुहिक भाईटिका मनाउँदा र आफ्नो समाजले स्वीकार गर्दा ज्यादै सुखद पक्ष रहेको बताइन् । कार्यक्रममा सहभागी भोजपुरी समुदायकी महिला कनिका कौशिकले वीरगंजमा आफूहरुले ठूलो संख्यामा दाजुभाई पाएकोले खुशी व्यक्त गरिन् । आफ्नो माइतमा एक दुईजना दाजुभाई रहेको तर यहाँ जसरी सामुहिक भाईटिका कार्यक्रममा थुप्रै समुदायका दाजुभाईहरुलाई टिका लगाउँदा भाउक भएको बताइन् ।
यसरी नै कार्यक्रममा सहभागी मैथली समाजका महिला रम्भा मिश्राले वीरगंजको विशेषता सबै समुदायका व्यक्तिहरुको बसोबास छ । वीरगंजबासीहरु सबै समुदायलाई स्वीकार्ने गरेको भन्दै यहाँका सम्पूर्ण दाजुभाई नै रहेको आफूलाई महसुस हुने गरेको बताइन् । त्यसैगरि कार्यक्रममा अर्का सहभागी थारु समुदायकी महिला विजया ओझैयाले हाम्रो समुदायमा छठ पर्व बाहेक अन्य पर्वहरुलाई यति विशेषता दिएर पर्व मनाउने नगरेको अवस्थामा यसरी सामुहिक रुपमा भाईटिका पर्व मनाउँदा आफ्नो समुदायले यो पर्वलाई स्वीकार्दा आफूहरु गर्वान्वित महसुस भएको बताइन् ।
कार्यक्रममा ‘सामुहिक भाईटिका’ पर्वमा प्रत्यक्ष सहयोग पु¥याउने मारवाडी, मधेशी, नेवारी, मैथली, भोजपुरी तथा थारु समुदायको प्रतिनिधित्व गर्ने महिलाहरुलाई सम्मान गरिएको थियो । विभिन्न माध्यमबाट सहयोग पु¥याउने संघ संस्थाहरुलाई पनि मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रजिअ उमेश कुमार ढकाल, विशिष्ठ अतिथि पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख कपिल सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले कदर पत्र सहित सम्मान गरेका थिए । कार्यक्रमलाई न्यूज २४ टेलिभिजनकी पर्सा संवाददाता मुस्कान श्रेष्ठले संचालन गरेकी थिइन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि