Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्पर्श मल्टि स्पेशलिटि अस्पताललाई बद्नाम गर्न कपोकल्पित समाचार प्रकाशन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १३, २०७९
स्पर्श मल्टि स्पेशलिटि अस्पताललाई बद्नाम गर्न कपोकल्पित समाचार प्रकाशन

वीरगंज (पर्सा), १३ कात्तिक / यही कात्तिक १२ गते केही अनलाइन पत्रिकाले यस अस्पताललाई बद्नाम गर्ने मनसायले कपोकल्पित समाचार प्रकाशन गरेकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ जनाएको । वीरगंजबाट संचालित अनलाइनले ‘वीरगञ्जको स्पर्श हस्पिटलका कर्मचारीबाट बिरामीकी कुरुवा बलात्कृत’ र ‘स्पर्श हस्पिटलमा उपचारका लागि आएकी महिला बलात्कृत’ भन्ने समाचार प्रकाशन गरेकोप्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको अस्पतालका प्रशासन प्रमुख सुनिल पटेलले जानकारी दिए ।
दुई महिना अगाडि वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नी, पर्सा निवासी अन्दाजी २५ वर्षीय अजय महतो नारायणी अस्पतालबाट रेफर भई उपचारको लागि यस अस्पतालमा आएका थिए । खुट्टा शल्यक्रिया गर्न उपचारका लागि आएका महतोलाई उपचार गर्न नमानेपछि भोलिपल्ट पैसा दिने भनेपछि अस्पतालले शल्यक्रिया गरेको थियो । शल्यक्रिया पश्चात २ दिन पछि विरामीको कुरुवाहरु गायब भएका थिए । त्यस पश्चात दुई हप्तासम्म अस्पताल प्रशासनले राखेर महतोको उपचार तथा खाना खुवाउनेदेखि हेरचाह गरेको थियो ।
विरामीका कुरुवाले अस्पतालको शुल्यक नबुझाएपछि अस्पताल प्रशासनले गण्डक प्रहरी तथा श्रीपुर प्रहरी चौकीलाई जानकारी गराएको थियो । त्यस पश्चात पनि अस्पताललाई पैसा नबुझाएपछि अस्पतालमै प्रहरीको रोहबरमा भदौ २२ गते पैसा दिने सहमति भएको थियो । पैसा बुझाउन पटक पटक समय दिएर पनि पैसा नबुझाई उल्टै अस्पताललाई बद्नाम गर्नका लागि विरामी बहिनीलाई प्रयोग गरि अस्पतालका कर्मचारीले बलात्कार गरेको भनेर प्रहरीमा जाहेरी दिन लगाइएको थियो ।
अस्पतालका स्वीपर आकाश मण्डल र विरामीका बहिनीबीच अस्पतालमा बस्ने क्रममा मोबाइल नम्बर साटासाट गरि चिनजान भएको र एक अर्कासँग अस्पताल बाहिर भेटघाट पनि गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विरामीको उपचारका बखत बहिनीले खाना पु¥याउने गरेकी थिइन् । त्यसैले विरामी अजय महतोले अस्पताललाई पैसा बुझाउन नपरोस् भन्ने मनसायले प्रहरीमा जाहेरी दिएको र केही सञ्चारकर्मीले त्यसलाई अनावश्यक मुद्दा बनाई अस्पतालको चरित्र हत्या हुने गरि समाचार प्रकाशन गरेकोले त्यसलाई तत्काल सच्याउन जोडदार माग समेत गरेको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरि रहेको अवस्थामा आर्थिक लाभ लिन आधारहीन समाचार प्रकाशन गरेको हाम्रो ठहर छ । घटनाबारे अनुसन्धानमा सहयोग पु¥याउन अस्पताल प्रशासनले सिसिटिभि फुटेज समेत उपलब्ध गराई जिल्ला प्रहरी कार्यालयमा बुझाईसकेको अवस्थामा जथाभावी समाचार प्रकाशन गर्नुले सञ्चार जगतकै बद्नामी भएको हाम्रो बुझाई प्रशासन प्रमुख पटेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
घटनाबारे अस्पताल प्रशासनले प्रहरीसँग बुझ्दा उनीहरु पहिलादेखि नै एक अर्कासँग कुराकानी गर्नेदेखि भेटघाट समेत गर्ने गरेको पाइएको अवस्थामा केही सञ्चारकर्मीले पित्त पत्रकारिता गरि अस्पताललाई बद्नाम गराउन खोजेकोले यसलाई तत्काल खण्डन गर्न नेपाल पत्रकार महासंघ पर्सासँग पनि जोड्दार माग गर्दछौं ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि