Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छठ पर्वको तयारी तिब्र गतिमा, जलासयहरुलाई दुलही जस्तै सिंगारिदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ९, २०७९
छठ पर्वको तयारी तिब्र गतिमा, जलासयहरुलाई दुलही जस्तै सिंगारिदै

वीरगन्ज (पर्सा), ९ कात्तिक / तराईबासीको महान पर्व छठ पुजाको लागि तयारी तिब्र रुपमा भइरहेको छ । वीरगन्ज लगायत यस क्षेत्रका विभिन्न पोखरीलाई स्थानीय वासीको सहयोगमा विशेष रूपमा सिङ्गार्ने काम तदारुक्ताका साथ भइरहेको छ । पोखरीहरुलाई सरसफाई गर्नुका साथै दुलही जस्तै सिँगारिने कार्य धमाधम भइरहेको छ । तराईमा छठ पर्वको छुट्टै महत्व रहेको छ । पौराणिक महत्व बोकेका सरोवरहरू घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी लगायत श्रीपुर, रानीघाट स्थित रहेको पोखरीहरुलाई सरसफाई तथा सजाउने काम भइरहेको छ ।
अहिले नगरको सम्पूर्ण पोखरीहरुलाई टेण्ट गाडी, कपडाले सजाउने कार्य भइरहेको छ । विहादैनेखि कामदारहरु हातमा खन्ती लिई बाँस गाड्ने देखि लिएर टेण्टमा कपडा सजाउने कार्यमा व्यवस्त देखिन्छन् । तराईमा छठ पर्वको बेग्लै विशेषता छ र यस वर्ष छठ पर्व कात्तिक ११ गतेदेखि विधिवत रुपमा शुरु हुँदैछ । छठ पर्व शुरु हुनु अघि नै सम्पूर्ण पोखरी, तलाउहरुलाई दुलही जस्तो सिँगारी पुजा गर्ने प्रचलन रही आएको छ ।
वीरगंजको एतिहासिक घडिअर्वा पोखरीलाई पनि सजाउने काम धमाधम भइरहेको र समय भित्रै सजाउने काम सम्पन्न हुने छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष हिरालाल साह कानुले जानकारी दिए । वीरगंजमा बडो धुमधामका साथ घडिअर्वा पोखरीमा भव्य तरिकाले छठ पर्व हुने गरेको छ । तयारीमा सबै कामदारहरु तदारुक्ताका साथ लागेको उनको भनाई छ । टेण्टदेखि पोखरीलाई सरसफाई, सुरक्षा लगायतको विषयमा विशेष ध्यान पु¥याइएको अध्यक्ष कानुको भनाई छ ।
घडिअर्वा पोखरीको सजावटको काम ७५ प्रतिशत सम्पन्न भइसकेको छठ पुजा व्यवस्थापन समितिका उपाध्यक्ष दिलीप साह कानुले जानकारी दिए । उनका अनुसार तयारीको काम जोडतोडले भइरहेको छ, विजुली बत्तीको काम र सरसफाईको काम केही मात्रामा कमि छ, यो पनि भोलिदेखि शुरु हुने उनको भनाई छ । पोखरीमा रहेको पानीको मात्रालाई घटाउने बढाउनेबारे पनि छलफल भइरहेको कानुले बताए ।
सजावटमा प्रत्येक वर्ष नयाँ कपडा, फुल, झिलीमिली बत्ती लगायतका सामानहरुमा वर्षेनी १२ देखि १५ लाख रुपैयाको लागतमा घडिअर्वा पोखरी सजाउने गरिएको छ । यस वर्ष पनि करिब १४ लाखको लागतमा घडिअर्वा पोखरीलाई सजाउने लक्ष्य लिइएको अध्यक्ष कानुको भनाई छ । छठ पर्वमा आउने ब्रतालुहरुको सुरक्षालाई मध्यनजर राख्दै महिला तथा पुरुष प्रहरी एवं ट्राफिक प्रहरीहरुलाई पनि परिचालन गरिने बताइएको छ ।
अर्कोतर्फ सुरक्षालाई अझ मजबुत तुल्याउनका लागि घअिडर्वा पोखरीमा सिसि क्यामरा जडान पनि जडान गरिने बताइएको छ । यसैगरि वीरगन्जको चर्चित छठ स्थल नगवा तथा रानीघाट स्थित छठघाटलाई पनि विभिन्न तामझामका साथ सजाउने कार्य भइरहेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि