Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रदेशसभा सदस्यमा मुख्यमन्त्रीको विकल्प खोज्दै जनता, युवा उम्मेदवार सर्राफलाई जिताउने चर्चा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ८, २०७९
प्रदेशसभा सदस्यमा मुख्यमन्त्रीको विकल्प खोज्दै जनता, युवा उम्मेदवार सर्राफलाई जिताउने चर्चा

वीरगंज (पर्सा), ८ कात्तिक / यही मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनको लागि पर्सा जिल्ला लगायत देशभरि नै चुनावी चर्चा छाएको छ । दशैं, तिहार एवं छठ पर्व सकिने लगतै मुलुक निर्वाचनमय हुने देखिएको छ । निर्वाचनको मुखमा पर्सामा जताततै चुनावी चर्चा सुन्न सकिन्छ । खास गरेर पर्सा जिल्लाको वीरगंज मुलुकै लागि औद्योगिक नगरी पनि भएको कारण यहाँ चुनावी चर्चा परिचर्चा धेरै हुने गरेको छ ।
त्यसमा पनि मधेश प्रदेशको मुख्यमन्त्री नै वीरगंजबासी भएको कारण पनि यस जिल्लाको क्षेत्र नं. १ को (ख) मा चुनावी चर्चा गम्भिर विषय बनेको छ । गत २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भई मुख्यमन्त्री बनेका मोहम्मद लालबाबु राउत गद्दी पुनः यही क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि जसपा–एमाले गठबन्धनबाट उम्मेदवार बनेका छन् । तर पर्साबासी उनको विकल्प खोजी रहेको छ ।
उनी मुख्यमन्त्री हुँदा पर्सा लगायत वीरगंजबासीको लागि कुनै विकास निर्माणको काम नगरेको तथा विभिन्न काण्डमा भ्रष्टाचारको आरोप लागि सकेको कारण यहाँका नागरिकहरु एनको विकल्पमा अन्य उम्मेदवारलाई खोजि रहेका छन् । मुख्यमन्त्रीलाई निर्णायक भोट पाउने वीरगंज महानगरपालिका – १६ नगवामा पनि विकास निर्माणको नाममा जनतालाई ठगेका छन् । एतिहासिक नगवा पोखरीलाई सौन्दर्यीकरणको नाममा करोडौं भ्रष्टाचार गरि एतिहासिक पोखरीलाई अलपत्र अवस्थामा छन् ।
त्यसबाट पनि नगवा क्षेत्रका जनताहरु मुख्यमन्त्रीबाट रुष्ट छन् भने नगवा क्षेत्रमा सडक, नालाको अवस्थामा पनि दयनीय छ । प्रदेशसभा सदस्यमा विजयी भएका अधिकाँश उम्मेदवारहरु आफ्नो क्षेत्रमा विकास कार्यमा सन्तोषजनक कार्य गरेका छन् तर मुख्यमन्त्रीको बजेटबाट नगवा क्षेत्रमा सडक, नालाका हकमा खासै विकास हुन सकेको छैन । मुख्यमन्त्री भएपछि उनी सधैं जनकपुर नै बस्ने गरेको कारण पनि वीरगंजबासीको दुःख बुझ्न सकेका छैनन् यसले गर्दा पनि अहिले यस क्षेत्रका जनताहरु उनको विकल्पमा अन्य उम्मेदवार खोजी रहेका छन् ।
अर्कोतर्फ मुख्यमन्त्रीको लोकप्रिय ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत वितरण गरिएको साइकल खरिद प्रकरणमा भएको भ्रष्टाचारको आरोप पनि उनीमाथि लागेको छ । मधेश प्रदेशको राजधानी वीरगंजलाई बनाउने आवाज उठि रहेको बखत पनि मुख्यमन्त्रीले केही नबोली चुप लागेर बसेको र जनकपुरलाई नै समर्थन गरेको कारण पनि आफ्नो क्षेत्रको जनतालाई धोका दिएको उनीमाथि आरोप छ । उनी चुनाव जितेपछि जनताको सेवा भन्दा पनि कमाउ धन्धामा लागेपछि यस क्षेत्रका जनता उनको विकल्प खोजि रहेका छन् ।
पर्सा क्षेत्र नं. १ को (ख) मा प्रदेशसभा सदस्यको लागि जसपा–एमाले गठबन्धनबाट मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी उम्मेदवार छन् भने पाँचदलीय गठबन्धनबाट रामनारायण कुर्मी उम्मेदवार छन् । यस क्षेत्रका जनताले मुख्यमन्त्रीको विकल्पमा अन्य उम्मेदवार खोजि रहेको अवस्थामा कुर्मी पनि दरिलो उम्मेदवार भने छैनन् । उनी यस क्षेत्रका मतदाता पनि छैनन् । उनको घर वीरगंज महानगरपालिका वडा नं. १४ पिपरामा छन् । जुन पर्साको क्षेत्र नं. १ को (क) मा पर्छ । यस भन्दा अघिको निर्वाचनमा प्रदेशसभा सदस्यमै आफ्नो क्षेत्रबाट उठ्दा पराजित भएपछि उनी आफ्नो क्षेत्र परिवर्तन गरि यस पटकको निर्वाचनमा क्षेत्र नं. १ को (ख) बाट उम्मेदवार छन् ।
कुर्मी पिपरा स्थित नृसिंह माध्यमिक विद्यालयका अध्यक्ष १० वर्ष रहि सकेका छन् । ३ कार्यकाल उनी अध्यक्ष बनेका छन् । त्यस अवधिमा विद्यालयमा कुनैपनि काम गर्न सकेका छन् । विद्यालयमा आफ्नो बुहारी, ज्वाँई लगायत घरपरिवारको सदस्यलाई भर्ना गर्नुको साथै आसेपासेहरुलाई विभिन्न पदमा नियुक्ति गरेको उनीमाथि आरोप लागेको थियो ।
इमान्दारिको ढोल पिट्दै प्रचारवाजी गर्दै हिँडेका रामनारायण कुर्मी विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका छन् । १० वर्षसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहँदा सिंन्को समेत भाँच्न नसकेका कुर्मी अब प्रदेश सभा सदस्यमा विजयी भए के गर्लान् ? भन्ने खोजविनको विषय बनेको छ । उनी काँग्रेस, नेकपा एस, माओवादी, लोसपा, तथा जनमोर्चा सम्मिलित पाँचदलीय गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

विकाल्पमा युवा उम्मेदवार सर्राफ
पर्सा क्षेत्र नंं. १ को (ख) मा मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको विकल्पमा युवा उम्मेदवार ओमप्रकाश सर्राफ देखिएका छन् । उनी अहिले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आफ्नो क्षेत्रको प्रत्येक घरघरमा गई आफूलाई भोट दिन आग्रह गरि रहेका छन् । यसबाट अन्य उम्मेदवारहरुको मनोबल पनि खस्केको छ, जसले गर्दा यस वर्षको चुनावमा क्षेत्र नं. १ को (ख) मा युवा उम्मेदवार सर्राफको विजयी हुने पक्का पक्की छ ।
यस क्षेत्रका जनताहरु उनीलाई मन पराएका छन् । विगत लामो समयदेखि राजनीति यात्रा गर्नुका साथै समाजसेवा कार्यमा सक्रिय रहँदै आएका छन् । मधेश आन्दोलनमा पनि उनको उल्लेखनीय भूमिका रहेको थियो तर पार्टीले उनको कामको मूल्याँकन नगरेपछि उनी अहिले जनताको साथ पाउने आशमा छन् । जनताले पनि उनीलाई जिताउने प्रतिबद्धता समेत जनाउँदै आएका छन् ।
मधेशीहरुको हक अधिकारको लागि जारी मधेश आन्दोलनको क्रममा उनी प्रहरीद्वारा गिरफ्तार भई मुद्दा समेत खेपेका थिए । उनी नारायणी अस्पताल सुधार विकासको लागि वर्षौदेखि अभियान समेत चलाएका छन् । लोडसेडिङ्गमुक्तको लागि सत्याग्रह आन्दोलन समेत गरेका छन् । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन जारी आन्दोलनमा सक्रिय भूमिका समेत निर्वाह गरेका छन् । तराई पर्यटनको लागि भिजिट मधेश अभियान समेत चलाएका छन् । कोरोना संक्रमण महामारीमा निःशुल्क खाना, निःशुल्क एम्बुलेन्स, अस्पतालमा विरामीहरुको उपचारको लागि सहजीकरण समेत गरेर समाजसेवामा उल्लेख्नीय कार्य गरेवापत नै उनले ‘हिरो अफ द मधेश’ लगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पदक प्राप्त समेत गरि सकेका छन् । यसैगरि वीरगंजलाई राजधानी बनाउन जारी आन्दोलनमा सक्रिय भूमिका समेत निर्वाह गरेका छन् ।
घरदैलोको क्रममा सर्राफले आफूभन्दा अग्रजसँग आशिर्वाद लिने कार्यलाई तिब्रता दिएका छन् । सर्राफलाई यस क्षेत्रका नागरिकले राजनीतिक दल भन्दा पनि समाजसेवाको कार्यलाई मूल्याँकन गरि रहेका छन् । उनी यस क्षेत्रमा राजनीति दलका नेता भन्दा पनि समाजसेवीको रुपमा यस क्षेत्रमा कार्य गर्दै आएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि