Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समाजमा दिनप्रतिदिन आयुर्वेद चिकित्साको महत्व बढ्दै गएको छ : प्रदेश प्रमुख मिश्रा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ६, २०७९
समाजमा दिनप्रतिदिन आयुर्वेद चिकित्साको महत्व बढ्दै गएको छ : प्रदेश प्रमुख मिश्रा

वीरगंज (पर्सा), ६ कात्तिक / मधेश प्रदेश प्रमुख हरिशंकर मिश्राले दिन प्रतिदिन समाजमा आयुर्वेद चिकित्साको महत्व बढ्दै गएको बताए । ७ औं आयुर्वेद दिवसको अवसरमा वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासद्वारा आयोजित आयुर्वेद शिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मिश्राले समाज अहिले पनि आयुर्वेद शिक्षाबारे अनभिज्ञ रहेकोले आयुर्वेद उपचारको बारेमा घरघरमा जानकारी फैलाउनु आवश्यक रहेको बताएका छन् ।
भान्छामा रहेको औषधी जस्तै लसुन, मेथी, तुलसीको पाता जस्ता आयुर्वेदिक वस्तुहरुबाट धेरै रोगको निवारण हुन सक्ने भएतापनि त्यसबारे सबैलाई जानकारी नभएको कारण आयुर्वेदि औषधी भन्दा हेलोपेथिक औषधीप्रति सर्वसाधारणहरुको विश्वास रहेकोले अबको दिनमा आयुर्वेद शिक्षाप्रति पनि सर्वसाधारणहरुलाई विश्वास बढाउन घरघरमा आयुर्वेद शिक्षाबारे जानचेतना फैलाउन आवश्यक रहेको बताए ।
आयुर्वेद चिकित्सामा प्रयोग गरिने पदार्थहरु पनि आयुर्वेद नै रहेको र त्यसलाई अनुसन्धान गरि वैज्ञानिहरुले हेलोपेथिक औषधी बनाउने गरेको कारण पनि बनाइएको औषधी भन्दा पनि प्राकृत्तिक आयुर्वेदिक औषधी नै प्रयोग गर्नु स्वास्थ्यको लागि उत्तम रहेको भन्दै प्रदेश प्रमुख मिश्राले अहिले आयुर्वेदिक औषधीहरुको बारेमा वैज्ञानिकहरुले अनुसन्धान गर्न थालेको चर्चा गरे ।
उनले मंगल ग्रहमा जीवन खोज्नु भन्दा पनि आयुर्वेदले मंगल प्रदान गर्ने बताए । आयुर्वेदको ज्ञान नभएको कारण गर्दा पनि सर्वसाधारणहरु हेलोपेथिक चिकित्सातर्फ बढि विश्वास गर्ने गरेको तर अब आयुर्वेद औषधीबाट ठूलठूलो रोगहरुको निवारण भइरहेको घटनाहरु सार्वजनिक हुन थालेपछि विस्तारै आयुर्वेद चिकित्सा तर्फ पनि सर्वसाधारणहरुको विश्वास बढ्दै गएको बताए ।
भारतले मनाउँदै आजादीको अमृत महोत्सव कार्यक्रम अन्तर्गत भारतीय महावाणिज्य दुतावासले हर दिन, हर घर आयुर्वेद नाराको साथ आयोजना गरेको कार्यक्रममा आयुर्वेद चिकित्सा शिक्षा सम्बन्धी जानकारी गराइएको थियो । अहिले पनि ग्रामीण भेगमा उम्रेका हरिया वनस्पतिहरु आयुर्वेद औषधीमा प्रयोग गर्न सकिने भएकोले प्राकृत्तिक सम्पदा, वनस्पतिहरुलाई जोगाउँदै ग्रामीण भेगका सर्वसाधारणहरुले आयुर्वेदिक औषधीबाट नै उपचार गर्ने गरेको प्रदेश प्रमुख मिश्राको भनाई छ ।
कार्यक्रममा मधेश प्रदेश अन्तर्गत विभिन्न जिल्लामा रहेको आयुर्वेद अस्पतालहरुका चिकित्सक डा. राकेश कुमार सिंह, डा. प्रभाकर मनु, डा. सुजित शर्मा, डा. मनिष कुमार सिंह, डा. नन्दकिशोर झा लगायतले आयुर्वेद चिकित्सा र खानपान, आहार विहार, आचार विचार र जीवनशैलीको बारेमा जानकारी गराउँदै उपस्थित व्यक्तिहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।
कार्यक्रममा सहभागी आयुर्वेद चिकित्सकहरुले आयुर्वेदको वैज्ञानिक महत्वबारे अहिले भारत लगायत विभिन्न देशहरुले ठूलो अनुसन्धान भइरहेको उनीहरुको भनाई छ । त्यसमा पनि खास गरि प्रत्येक घरमा प्रयोग गरिने लसुन, तुलसीको पात, सहजन जस्ता आयुर्वेद वनस्पतिहरुको बारेमा ठूलो अनुसन्धान भइरहेको जानकारी गराएका थिए । कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदुत नितेश कुमारले स्वागत मन्तव्य व्यक्त गर्दै आयुर्वेद चिकित्सा प्रत्येक घरको लागि महत्वपूर्ण रहेको बताए । कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी उपरीक्षक रमेश बस्नेत लगायत भारतीय महावाणिज्य दुतावासका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि