वीरगंज (पर्सा), ९ असोज / गौतम माध्यमिक विद्यालय वीरगंजले मनपरी ढंगले ४५ प्रतिशत बृद्धि गरेकाे शुल्ककाे अभिभावकलहरु विराेध गरेका छन् । अभिभावकाहरुले वृद्धि गरिएकाे शुल्क नतिरेपछि विद्यालयले संचालन गरेकाे परिक्षाकाे नतिजा राेकेकाे छ । विद्यालयले विद्यार्थीहरुकाे रिजल्ट राेकेकाे अभिभावकहरकाे गुनासाे पश्चात शनिबार विद्यालयमा पुगेका अभिभावक संघर्ष समिति र अनेरास्ववियु लगायत विभिन्न बिद्यार्थी संगठनहरुसंग गाैतम स्कुलका प्रशासनले बाउन्सर प्रयाेग गरि दुर्व्यवहार समेत गरेकाे छ ।
शनिबार विद्यालयले वितरण गर्न लागेकाे रिजल्ट बृद्धि गरेकाे शुल्क नतिर्ने विद्यार्थीहरुकाे रिजल्ट राेकेपछि पुगेकाे अभिभावकहरु र विद्यार्थी नेताहरुलाई विद्यालयले बाउन्सर र प्रहरी प्रशासनकाे माध्यमले दुर्व्यवहार गर्दै उल्टै धम्काउने काम गरेकाे अनेरास्ववियुका नेता मेराजुल हवारीले वताए । विद्यार्थीलाई पढाईमा अवरोध गर्ने शुल्कको नाममा विद्यार्थीलाई शोषण गर्ने र शुल्कको बहानामा विद्यार्थीलाई रिजल्टबाट वञ्चित गर्ने गाैतम स्कुलकाे कार्य गलत भएकाे उनले वताए ।
अभिभावक र विद्यार्थीकाे समस्या बारे बुझ्न विद्यालयमा पुग्दा उल्टै विद्यालय प्रशासनले धाकधम्की दिएकाे बिराेधमा अनेरास्ववियु लगायत अन्य विद्यार्थी सङ्गठन र अभिभावक संघर्ष समितीले छलफल गरि थप संघर्षकाे कार्यक्रम अगाडि बढाउने विद्यार्थी नेता हवारीले जानकारी दिए । अभिभावहरुले पुनाराे शुल्क अनुसारकाे बाकी रहेकाे फिय तिर्न राजि भएकाे र महानगरपालिकाले मासिक शुल्क लगायतका अन्य शुल्क निर्धारण गरेपछि नयाँ अनुसारकाे शुल्क तिर्न वताएपनि विद्यालय प्रशासनले् नमानेपछि केही बेर विवाद समेत भएकाे थियाे ।
गौतम माध्यमिक विद्यालयमा शुल्क वृद्धिको विषयमा अवाज उठाउँदा बाउन्सरको रुपमा पैंसाकाे बलमा पालेको गुन्डाहरु बोलाएर धाक-धम्कीपूर्ण दबाब दिएको र साथ साथै प्रशासनको सहायताले आवाज दबाउने जस्तो निन्दनीय कार्य भएकाे वताउँदै अनेरास्ववियु पर्साले एक प्रेस विज्ञप्ती जारि गर्दै खेद समेत प्रकट गरेकाे छ । गौतम माध्यमिक विद्यालयले विभिन्न शिर्षकमा मनपरी तरिकाले शुल्क असुली गर्दै आएको छ । अभिभावहरुका अनुसार विद्यालयले गुणस्तरिय शिक्षाकाे नाममा ४५ प्रतिशत सम्म शुल्क बृद्धि गरेकाे छ । २५ सय देखि ५० हजार सम्म बार्षिक डिपोजिट गर्न लगाउने गरेकाे छ । तर त्यस अनुसार शिक्षा प्रदान गरेकाे छैन । नाम चलेकाे आधारमा मात्र विद्यालय प्रतिकाे आक्रषण रहेकाे छ ।
यसैबिच विद्यालयले एक सूचना जारी गर्दै अनिश्चितकालिनकाे लागि विद्यालय बन्द रहने जनाएकाे छ । जारि सूचनामा विद्यालय परिसर भित्र शान्त वातावरणमा मिति २०७९/०६/०८ गते शनिवार प्रथम त्रैमासिक परीक्षा २०७९ को परीक्षाफल वितरण कार्य भइरहेको समयमा केही असामाजिक तत्वहरुबाट शान्ति क्षेत्र घोषित विद्यालय परिसर भित्र प्रवेश गरी शिक्षक-कर्मचारी सँग अभद्र व्यवहार प्रदर्शन भएकाे उल्टै विद्यालयले आराेप लगाएकाे छ ।
राष्ट्रिय पर्व बडा दशैंको पूर्व सन्ध्यामा अति निन्दनीय अराजक वातावरण बारम्बार सिर्जना गरी विद्यालयमा परीक्षाफल वितरण कार्यमा बाधा पुऱ्याएको हुँदा विद्यालयले पठन-पाठनमा गुणवत्ता कर्तव्यनिष्ठा, दायित्व, जिम्मेवारी आदि सम्पूर्ण कार्यहरु निर्वाह गर्दागर्दै पनि विद्यालयको वातावरण बिथोलिन गएकोले विद्यालयका शिक्षक-कर्मचारी तथा विद्यार्थीहरुको सुरक्षा र सामान्य अवस्था स्थापित नभए सम्म बाध्य भई असाेज ९ गते आइतबारदेखि अनिश्चित कालकालागि विद्यालय बन्द गरिएको विद्यालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस् !