Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

किन सुस्त हुँदैछ पृथ्वीको घुम्ने गति ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ६, २०७९
किन सुस्त हुँदैछ पृथ्वीको घुम्ने गति ?

एजेन्सी / पृथ्वीमा रहस्यमय तरिकाले दिन लामो भैरहेको छ । दिनको समय किन बढिरहेको छ भन्ने कुराको कारण वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । यदि दिन लामो हुने प्रक्रिया निरन्तर चलिरहेमा यसले भविष्यमा भयावह स्थिति पैदा गर्नेछ ।
आणविक घडीको गणनाबाट पृथ्वीमा दिनको समयमा रहस्यमय तरिकाले वृद्धि भैरहेको तथ्य पत्ता लागेको हो । यसले अब केवल हाम्रो समयको गणनामा मात्र असर पर्नेछैन जीपीएस, नेभिगेसन तथा सञ्चारसम्बन्धी विभिन्न प्रविधिहरूमा पनि समस्या आउन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।
पृथ्वीमा दिनको गणना उसले आफ्नो कक्षमा एक फन्को लगाउने समयका आधारमा गरिन्छ । तर पृथ्वीले आफ्नो कक्षमा घुम्ने गति दुई वर्ष अघिसम्म लगातार बढिरहेको थियो । पछिल्लो केही दशकदेखि हाम्रो दिनको लम्बाइ छोटो भैरहेको थियो । गत जुन २९ मा सबैभन्दा छोटो दिनको रेकर्ड पनि दर्ज भएको थियो । अर्थात् उक्त दिन पछिल्लो आधा शताब्दीको सबैभन्दा छोटो दिन थियो ।
तर, गत जुन २९ मा सबैभन्दा छोटो दिन रेकर्ड गरिएको भपनि सन् २०२० देखि नै पृथ्वीको कक्षमा घुम्ने गति अर्थात् परिक्रमणको गति सुस्त हुँदै गएको हो । यसका कारण दिन लामो हुँदै गएको थियो । यो किन भैरहेको छ वैज्ञानिकहरू पनि अनभिज्ञ छन् । यसको कारक तत्व पृथ्वीमा आउने भूकम्प वा ज्वालामूखी विस्फोटा हुनसक्ने अनुमान उनीहरूको छ ।
हाम्रो फोन वा घडीमा त पहिले जस्तै २४ घण्टाको एक दिन देखिइरहेको छ । तर पृथ्वीले यसअघि २४ घण्टामा आफ्नो कक्षमा फन्को लगाउनेमा अहिले केही थप समय लिइरहेको छ । आमरुपमा यो परिवर्तन करोडौं वर्षमा हुने गर्दछ, यति छिटो होइन ।
पछिल्ला केही करोड वर्षदेखि पृथ्वीको घुम्ने गति धीमा भैरहेको हो । यसको पछाडि चन्द्रमाबाट निस्कने ज्वारभाटाको घर्षण हो । हरेक शताब्दीमा पृथ्वीको दिनको समय २.३ मिलिसेकेण्डले बढिरहेको छ । केही करोड वर्ष पहिले पृथ्वीमा केवल १९ घण्टाको दिन हुन्थ्यो । तर, पछिल्लो २० हजार वर्षदेखि अर्को प्रक्रिया सुरु भयो, त्यो पनि विपरीत दिशामा । पृथ्वीको गति बढ्न थाल्यो । यो घटना हो अन्तिम हिमयुगको, जब ध्रुबीय हिउँ पग्लिंदा सतही चाप कम हुन थाल्यो । पृथ्वीको मध्य तह अर्थात म्यान्टल बिस्तारै ध्रुवतर्फ सर्दै गयो ।
यो ठीक त्यही प्रक्रिया हो जसरी कुनै बेली डान्सरले आफ्नो घुम्ने गति बढाउनका लागि आफ्नो हातलाई शरीरको नजिकै राख्दछ । यसो गर्दा नर्तक आफ्नो अक्ष अर्थात् खुट्टामा तीव्र गतिले घुम्न सक्दछ । जब पृथ्वीको मध्यपत्रका पदार्थहरू ध्रुवतर्फ सर्दछन् तब पृथ्वीको गति बढ्दछ । यसको कारण पृथ्वीको हरेक दिन ०.६ मिलिसेकेण्ड कम हुन्छ । पृथ्वीमा एक दिनमा ८६ हजार ४ सय सेकेन्ड हुन्छन् ।
पछिल्ला केही दशकदेखि पृथ्वीको आन्तरिक संरचना र सतहको बीचमा एक सम्बन्ध बनेको छ । ठूला भूकम्प आउँदा त्यसले पृथ्वीको दिनको लम्बाइ परिवर्तन गरिदिने गरेको पाइएको छ, भलै अन्तर कम समयको होस् । जस्तै सन् २०११ मा जापानमा आएको ८.९ रेक्टर स्केलको भूकम्पले पृथ्वीको घुम्ने गतिलाई १.८ मिलिसेकेन्डले बढाइदिएको थियो । भूकम्प जस्ता ठूलो घटनाका अतिरिक्त जलवायु परिवर्तन, मौसममा हुने परिवर्तन जस्ता स-साना घटनाक्रमले पनि पृथ्वीको दिनको समयमा परिवर्तन हुने गरेको छ । पृथ्वीको घुम्ने गतिलाई हर क्षेत्रले प्रभावित गर्ने गरेको छ ।
हरेक १५ दिन वा महिनामा आउने ज्वारभाटीय चक्र अर्थात् लहरको गति भारी मात्रामा ग्रहको चारैतर्फ घुम्दछ । यसका कारणले पनि पृथ्वीको दिनको समय कम वा धेरै हुनछ । समुद्रका लहरका कारण हुने परिवर्तन आमरुपमा १८.६ वर्षमा एक पटक हुन्छ । वर्तमानमा पृथ्वीको गतिमा सबैभन्दा धेरै असर वायुमण्डलको चलायमानताले पार्ने गरेको छ । यसका अलावा हिमपात, वर्षा, जमिनबाट पानी निकाल्ने जस्ता कार्ये पनि पृथ्वीको गतिमा असर पार्ने गरेका छन् ।
सन् १९६० देखि अहिलेसम्म पृथ्वीमा रहेका रेडियो टेलिस्कोपहरूले पृथ्वीका चारैतर्फ रहेका क्वासार तथा अन्य अन्तरिक्षीय वस्तुहरुको गणनाबाट पृथ्वीको घुम्ने गति पत्ता लगाउँदै आएका छन् । ती रेडियो टेलिस्कोप तथा आणविक घडीको तथ्यांकबाटै पछिल्ला केही वर्षदेखि पृथ्वीको दिनको समय केही कम भैरहेको देखिएको थियो । तर पृथ्वीको घुमाइमा यति परिवर्तन आउँदछ कि वैज्ञानिकहरूले कहिलेकाही धोका खान्छन् ।
सन् २०२२ को जुन २९ इतिहासकै छोटो दिन हुनुका बाबजुत सन् २०२० पछि नै पृथ्वीको परिक्रमणको समय बढिरहेको छ । यस्तो परिवर्तन पछिल्लो ५० वर्षमा देखिएका थिएन । अहिलेसम्म यो परिवर्तनको खास कारण पत्ता लागेको छैन । यो जलवायु परिवर्तनका कारण पनि हुनसक्छ वा ला निना जस्ता सामुदि्रक गतिविधिका कारण पनि हुनसक्दछ । पृथ्वीमा ध्रुवीय तथा अन्य क्षेत्रमा हिमगलन तीव्र बनिरहेको छ । टोंगा ज्वालामूखी विस्फोटले पनि वायुमण्डलमा ठूलो परिवर्तन आयो । यी सबै कारणले पृथ्वीको घुम्ने गतिलाई सुस्त बनाएको हुनसक्दछ ।
पृथ्वीको निश्चित घुम्ने गतिकै कारण विभिन्न प्रकारका आधुनिक उपकरणहरूले काम गर्दछन्, जस्तै जीपीएस, नेभिगेसन सिस्टम आदि । पृथ्वीको उक्त चक्रमा आउने परिवर्तनले यी प्रणालीमा समस्या आउनेछ । हरेक केही वर्षमा समयको गणना गर्नेहरूले लिप सेकेन्ड जोड्नुपर्नेछ ताकि पृथ्वीको घुम्ने गतिसँगै दिनको समयमा सामाञ्जस्य मिलाउन सकियोस् । यदि पृथ्वीमा दिन अझै लामो हुँदै गएमा हामीले नेगेटिभ लिप सेकेण्ड जोड्नुपर्ने हुन्छ । नेगेटिभ लिप सेकेन्डलाई आफ्नो हिसाबले जोड्ने कार्यलाई वैज्ञानिकहरू सही मान्दैनन् । यदि यसो गर्नुपरेमा पूरै दुनियाँको जिपिएस तथा नेभिगेसन सिस्टमले आफ्नो समय मिलान गर्नुपर्ने हुन्छ । साभार : अनलाइनखबर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि