Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गहवामाई मन्दिरको सौन्दर्यीकरण अन्तिम चरणमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २९, २०७९
गहवामाई मन्दिरको सौन्दर्यीकरण अन्तिम चरणमा

वीरगंज (पर्सा), २९ भदौ / वीरगन्ज स्थित गहवामाई मन्दिर क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ । वीरगन्ज महानगरको प्रमुख शक्तिपीठ गहवामाई मन्दिर क्षेत्रको सौन्दर्यर्कीरणको माग महानगरवासीले गर्दै आएका थिए । यहाँ दसैंमा ठूलो मेला लाग्छ । हाल वीरगन्ज महानगरले ८० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत मन्दिर सौन्दर्यकरण थालेको हो । निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको महानगर प्रमुखका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए । ‘घटस्थापनाअघि नै सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ,’ उनले भने ।
मन्दिरको चारै दिशामा रहेको सडकमा करिब ४ सय मिटर क्रंक्रिट ब्लक पेवर्स लगाउने काम भइरहेको उनले बताए । तीन दिशाको सडकको काम करिब सम्पन्न भइसकेको छ । त्रिभुवन राजपथसँग जोडिएको पश्चिम दिशाको सडकको काम हाल भइरहेको छ । यो सडकमा रंगोली निर्माण भइरहेको उनले बताए । यसबाहेक फुटपाथमा नयाँ कर्भ स्टोन तथा छेउका नालामा स्ल्याब हालेर छोप्ने काम पनि भइरहेको उनले बताए । ‘गहवामाई मन्दिर क्षेत्र वीरगन्जको मुटु हो, यो क्षेत्र सुन्दर बनाएर महानगरमा आउने पाहुनाले पनि प्रशंसा गर्ने खालको वातावरण हुनुपर्छ भन्ने हाम्रो सोच हो,’ अमात्यले भने, ‘पहिलो चरणको निर्माण सम्पन्न भइसकेपछि दोस्रो चरणमा महानगरको मुख्य सडकबाट मन्दिरतर्फ जाने सडकको मुखमै रेलिङ र चेन लगाएर उक्त सडकमा सवारीसाधनको आवागमन रोक्ने र सडकछेउ विश्रामका लागि केही बेञ्च पनि राख्ने योजना छ ।’
त्यसपछि, मिनाबजार, पूर्वतर्फको ३ नम्बर र दक्षिणतर्फको २ नम्बर सडकबाट पनि सवारीसाधनको आवागमन र फुटपाथमा व्यापार गर्नेलाई रोक लगाई उक्त क्षेत्रलाई खुला राखेर सर्वसाधारणलाई आवागमनमा राहत दिने र मन्दिरको वरपरको क्षेत्रकै शोभा बढाउने योजना रहेको उनले बताए । योजनामा उपभोक्ता समितिको पनि १० प्रतिशत योगदान रहेको अमात्यले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि