Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा चिडियाखाना स्थापना हुने निश्चित, सरकारले दियो अनुमति

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २९, २०७९
वीरगंजमा चिडियाखाना स्थापना हुने निश्चित, सरकारले दियो अनुमति

वीरगंज (पर्सा), २९ भदौ / वीरगंजमा मधेश प्रदेशकै पहिलो प्राकृतिक चिडियाखाना स्थापना हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वन तथा वातावरणमन्त्री प्रदीप यादवले गरेको प्रस्तावलाई पारित गरेसँगै वीरगंजमा मधेश प्रदेशकै पहिलो प्राकृतिक चिडियाखाना स्थापना हुने भएको हो । वन तथा वातावरणमन्त्री प्रदीप यादवले चिडीयाखाना निर्माणका लागि मन्त्रिपरिषदमा चिडियाखाना स्थापनाका लागि प्रस्ताव पेश गर्नु भएको थियो । आफू मन्त्री नियुक्त हुनु भएदेखि मन्त्री यादवले वीरगंजमा चिडीया खाना निर्माणका लागि पहल थाल्दै आउनु भएको थियो । मन्त्री यादवले पेश गर्नु भएको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिडीया खाना निर्माणका लागि अनुमति दिएको छ ।
पर्सा वासीको आयस्तरमा बृद्धि गर्न तथा पर्यटन प्रवर्द्धनका लागि वीरञ्जमा चिडीया खाना निर्माण गर्ने आफ्नो वर्षौं पहिलेदेखिको सपना अहिले आएर साकार भएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटन प्रबद्धन तथा आर्थिक समृद्धिका लागि अगाडी बढीरहेको छु, वीरगञ्जमा निर्माण हुने चिडीयाखानाले पर्यटन प्रवर्द्धन सहित त्यहाँका नागरिकको आर्थिक स्तरमा बृद्धि गर्ने मैले अपेक्षा लिएको छु ।’ वीरगंजमा चिडीया खानाका लागि लोमो समयदेखि पहल भएपनि निर्माणका लागि अनुमति प्राप्त हुन सकेको थिएन । पर्सा र बारा जिल्लाको बिचमा निर्माण गरिने उक्त चिडीया खाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटकहरु आउने भएकाले त्यहाँको पर्यटन प्रवर्द्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवले बताउनुभयो । उक्त चिडीया खाना एक अर्ब एक करोड सात लाख रुपैयाँको लागतमा निर्माण गरीने भएको मन्त्रालयले जनाएको छ । चिडीया खाना निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक अजय कार्कीको संयोजगत्वमा आठ सदस्यीय एक कार्यदल समिति गठन भई उक्त कार्यदल समितिले आफ्नो प्रतिवेदन समेत पेश गरीसकेको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ को सोलखपुर वडा नम्बर ३२ को रामवनमा प्राकृतिक चिडीयाखाना स्थापना गरीए यहाँ आन्तरिक तथा बाह्यि पर्यटक भित्रयाउन सकिने भन्दै चिडीया खाना निर्माणका लागि उपयुक्त स्थान भएको प्रतिबेदनमा उल्लेख गरिएको छ । प्रस्तावित चिडीयाखानाको क्षेत्रलभत्र पर्ने ३.१ हेकटर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएको सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरेर मात्र स्थापना गर्नु पुर्ने, प्रस्तावित चिडीया खाना स्थापना गर्दा प्राकृतिक चिडीया खानाको साथै वन्यजन्तु उद्धार केन्द्र वन्यजन्तु प्रजनन केन्द्र, वन्यजन्तुका लागि आवश्यक पूर्वाधार तथा उचित रोकथाम, पर्यटक व्यवस्थापनमा ध्यान दिनु पर्ने एवम् जैविक विविधता शिक्षा प्रवद्धन तथा वन्यजन्तको कल्याण समेतलाई मध्यनजर गरी अन्तराष्ट्रिय मापदण्ड अनुसारको चिडिया खाना स्थापना र सञ्चालनका लागि मानवीय, प्राविधिक तथा आर्थिक स्रोतको शुनिश्चित हुने गरी प्रस्तावित चिडीया खाना स्थापना र सञ्चालन गर्नु पर्ने उक्त अध्ययन प्रतिवेदनको राय रहेको छ ।
प्रस्तावित चिडियाखाना स्थापनाको लागि वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ को सोलखपुर वडा नम्बर ३२ को रामवन क्षेत्र मध्ये वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को रामवन क्षेत्रमा पर्ने सवैया साझेदारी वन उपभोक्ता समूहलेसमेत आफ्नो साझेदारी वन क्षेत्रमा प्रस्तावित चिडीया खाना स्थापनाका लागि सहमति दिएको छ । सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडीया खानाको क्षेत्रफल ५० हेकटर रहेको जसमा घास बुट्यान क्षेत्रले ३९.४ हेकटर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ ।
उष्ण साल वन क्षेत्र रहेको उक्त वन क्षेत्रमा मख्य प्रजाति साल, कर्मा रहेको छ भने कहिँले कही घुमन्ते बाघ देखिने त्यसक्षेत्रमा अन्य वन्यजन्तुमा चित्तल, खरायो, दुम्सि, वन बिरालो, पुट्के बँदेल, चौँका, सुगाँ, मैना, गरुड र सारस पनि पाइने र उक्त क्षेत्रमा घर्सने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहने गरेकाले यहाँका चिडीया खाना बनाउन उपयुक्त रहेको मन्त्री यादवले बताउनुभयो ।
आफ्नो गृह जिल्लामा चिडीया खाना निर्माण हुने तथा पर्यटक भित्रिएर यहाँका नागरिकको आयस्तरमा बृद्धि हुने भन्दै अहिले पर्सा र वीरगञ्जका नागरिक निकै खुशी हुनुका साथै मन्त्री यादवलाई धन्यवाद समेत दिन थालेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि