Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बैंक ह्याकरहरुको सञ्जाल वीरगंजमा पनि सक्रिय : सेन्चुरी बैंकको खाता ३३ हजार रकम गायब

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २३, २०७९
बैंक ह्याकरहरुको सञ्जाल वीरगंजमा पनि सक्रिय : सेन्चुरी बैंकको खाता ३३ हजार रकम गायब

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २३ भदौ / वीरगंजको आदर्शनगर स्थित रहेको सेन्चुरी बैंकको खाता ह्याक गरि खाताबाट पैसा अनलाइन ट्रान्जेसक्न भएको पाइएको छ । संघीय राजधानी काठमाडौंमा चाइनाका ह्याकरहरुले बैंक, एटिएम ह्याक गरि घटनाहरु सार्वजनिक भइरहेको अवस्थामा वीरगंजको बैंकबाट पनि बैंकको खाता ह्याक गरेर पैसा निकाल्ने सञ्जाल देखिएका छन् । ह्याकरले काठमाडौं लगायत अन्य स्थानमा बसेर वीरगंजको बैंकको खाता ह्याक गरेर आफूसँग जोडिएका व्यक्तिहरुको खातामा अनलाइन रकम ट्रान्जेक्सन गरि निकाल्न लगाएको घटना सार्वजनिक भएको छ ।
पुजन होटल छेउमै रहेमै सेन्चुरी बैंकको खाताबाट ह्याकरले बुधबार दिउँसो १२ः१७ बजेको समयमा रु ३३ हजार रुपैया ह्याक गरेका छन् । वीरगंज महानगरपालिका वडा नं. ३० निवासी हरेराम प्रसाद गुप्ताको उक्त बैंकमा रहेको खाताबाट ह्याकरले ३३ हजार रुपैया गल्तीमा अनलाइन ट्रान्जेक्सन गरि पुनः सानिमा बैंकमा रकम पठाई निकाल्न लगाएको पाइएको हो । ह्याकरले गुप्ताको खाताबाट विकास थिङको नाममा रहेको ९८२१३६६२७३ नम्बरको खल्तीमा बुधबार दिउँसो १२ः१७ को समयमा अनलाइन ट्रान्जेक्सन गरेको बैंकबाट प्राप्त तथ्याँकले देखाएको छ ।
त्यस पश्चात वीरगंज स्थित सानिमा बैंक लिमिटेडमा अमित गौरोको नाममा रहेको ०२१०११०१००००८८६ खातामा त्यही रकम ट्रान्सफर गरि सानिमा बैंकबाट पैसा निकालेको पाइएको छ । ह्याकर रविन विष्ट भन्ने व्यक्तिले खाताधनी गुप्ताको खाता ह्याक गरि विकास थिङको खल्तीको खातामा रकम अनलाइन ट्रान्जेक्सन गरेका छन् भने विकास थिङले पर्सा जिल्ला बेलवा निवासी अमित गौरोको सानिमा बैंकको खातामा रकम अनलाइन ट्रान्जेसक्न गरेको पाइएको हो । त्यस पश्चात अमित गौरोले पैसा ३२ हजार ९ सय रुपैया आफ्नो खाताबाट दिउँसोको १२ः१६ बजे झिकेको पाइएको हो ।
समग्रमा भन्नुपर्दा यि तिनैजनाको सञ्जाल देखिएको छ । एक मिनेट समयको अन्तरालमा यिनीहरुले ३३ हजार रुपैया ह्याक गरि निकाल्न सफल भएको बैंकबाट प्राप्त तथ्याँकले नै देखाएको छ । सरकारले सम्पूर्ण आर्थिक कारोबार बैंक मार्फत गर्नुपर्छ, आफुसँग भएको पैसा पनि सुरक्षित तरिकाले बैंकमा राख्नुपर्छ भनेर प्रावधान नै ल्याएको छ, तर यसरी खाताधनीको जानकारी विना नै खाताबाट रकम झिकिएपछि अब बैंकमा पनि पैसा सुरक्षित नरहेको चिन्ता बढ्न थालेको छ । यो घटना पश्चात गुप्ताले सेन्चुरी बैंक र कुमारी बैंकमा रहेको आफ्नो खाता बन्द समेत गराएका छन् ।
घटना पश्चात खाताधनी गुप्ताले जिल्ला प्रहरी कार्यालय पर्सामा अमित गौरो विरुद्ध किटानी जाहेरी समेत दिएका छन् । गौरो पर्सा जिल्ला तत्कालीन बेलवा गाविस निवासी व्यक्ति रहेको बैंकबाट जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सानिमा बैंकमा रहेको अमित गौरोको खाता विवरण झिकाउन पत्र काटेको छ । यस्तो घटना भएपनि सेन्चुरी बैंक बेखर भएको जस्तो व्यवहार गरि रहेको खाताधनीको आरोप छ । हालसम्म खाताधनीको पैसा पनि फिर्ता भएको छैन । घटनालाई छानविन खाताधनीले दबाब दिदा पनि बैंकले वेवास्ता गरेको खाताधनीको आरोप छ । घटना भएको २४ घण्टा वितिसक्दा पनि पैसा कसले झिक्यो भन्ने
सेन्चुरी बैंकका वीरगंज शाखा प्रमुख शिवनाथ साहले यो घटनाप्रति बैंक कुनै जवाफदेही नरहेको गैर जिम्मेवारीपूर्ण जवाफ दिएको खाताधनीको आरोप छ । खाताधनीको अथोराइज विना पैसा अनलाइन ट्रान्जेक्सन हुन नसक्ने भएकोले यस विषयमा बैंकले केही गर्न नसकिने जवाफ दिएको खाताधनी गुप्ताको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि