Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

किसानलाई मलको हाहाकार, माफियाका लागि कारोबार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २३, २०७९
किसानलाई मलको हाहाकार, माफियाका लागि कारोबार

वीरगंज (पर्सा), २३ भदौ / नहरमा पानी नआउदा उसै पनि खेतिमा आकाशको मात्र भर छ । बिउबिजनको अवस्था पनि राम भरोसे छ । त्यसमाथी महलको हाहाकार । यसरी कृषकहरु अनेक पीडा खपिरहेको बेला मल माफिया पनि सक्रिय भएका छन् । कृषि मन्त्रालयले दिएको स्वकृतीमा भारत र अन्य मुलुकबाट गरिएको मल आयात व्यापारीहरु रातारात करोडपत्ति बन्ने साधन भएको छ ।
सरकारी संयन्त्र कृषी सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बाहेक बितेको आर्थिक वर्ष २०७८/०७९ मा झण्डै ९० करोडको बिभिन्न थरी मल वीरगन्जका दुई नाका भएर आयात भएको छ । ति मलहरुको गुणस्तरको लेखाजोखा छैन । वरिगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/०७९मा ६२ करोड ५५ लाख ४२ हजार रुपैया बराबरको बिभिन्न खालमा मल भित्रिएका छन् । त्यसतै वीरगनज सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार नाका भएर २६ करोड ५३ लाख ९२ हजारको त्यसता मल भित्रिएको तथ्यांक छ ।
यसरी दुबै नाका गरी ३० हजार ८ सय ९२ टन मलखाद भित्रिएको छ । दुबै भन्सारको तथ्यांक हेर्दा दुबै नाका गरी ८९ करोड ५३ लाख ९२ हजार रुपैयाको त्यसतो मल आयात भएको देखिन्छ । यि मल ‘एनिमल एण्ड भेजिटेबल फर्टिलाइजर’ रक फसफोरस, ‘किसान आर्गेनिक मल’ र डैप (डिएपी) लगायत नाममा भित्रिएका छन् । भित्रिएका मलको उर्वरक शक्ति यकिन गर्ने भरपर्दो प्रक्रिया गरेको भेंटिदैन । जानकारहरुका अनुसार डिएपी रसायनिक मलको तुलनामा यसको उर्वरक क्षमता अत्यन्त न्युन हुने गरेको छ । यता नेपाल भरी यसपाली डिएपी मलको हाहाकार छदैछ । यस अवस्थको फाइदा उठाउदै यस्ता मलका कारोवारीहरुले डिएपी सरह काम गर्ने भनेर देश भर बितरण गरिरह्का छन् । र, उनीहरुका स्थानीय बितरकहरुले मनोमानी मुल्यमा किसानलाई बेच्ने गरेका छन् ।
यस प्रकार मलको हाहाकारका फाइदा उठाइरहेकका कारोबारीहरुले आफ्नो संजाल फिजाएका छन् । तत्कालिन कृषिमन्त्री महेन्द्र राय यादव भारतमा पुगेर हारगुहार गरेपनि चाहिएको बेला मल आउन सकेन । रोपाइ सकेपनि मुलुक भरी मलको माग छ । सोही मन्त्रालयले दिएको स्विकृतको आधारमा करोडौंको मल निजी क्षेत्रबाट भित्र्याएको छ । जसको गुणस्तर यकिन छैन । मुलकमा मलको आपुर्ति सहज हुन नसक्नुमा मंत्रालय नै जिम्मेवार रहेको सरोकारवालाले बताइरहेका छन् । यो अवस्था आउनमा मन्त्रालयका को कर्मचारीहरु जिम्मेवार छन, छानबिन हुनुपर्ने माग छ । एउटा कुरा प्रष्ट के देखिएको छ भने यसरी अभाव सिर्जना गरेर खास ब्यपरीका माध्यमले धेरैलाई फाइदा पुग्ने रहेछ ।
डिएपि रासायनिक मलसंग मिल्दो जुल्दो नाम लेखेको बोरामा आयता गरिएको मलले खास रुपमा पहाडि भेगका कृषक दुइ बर्ष देखि ठगिदै आएको कृषि ज्ञानकेन्द्रका एक कर्मचारको भनाइ छ । भारतको गुजरातबाट उत्पादित उक्त आर्गेनिक मललाई रासायनीक डिएपि भनेर खुलेआम बिक्रि गरिएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको उनको गुनासो थियो । रसायनिक मलको हाहाकारको बेला मुलुक भरी अगारिक मलको बिक्रिले मुल्य र गुणस्तरतालाई नियमन गरिनु पर्ने कृषि ज्ञानकेन्द्र पर्साको कृषि बागवानी प्रमुख अधिकृत श्याम प्रसाद कुर्मिको तर्क छ ।उनले भने,’बर्षै देखि भइरहेको रासायनीक मलको प्रयोगले माटोमा अमलिएपन बढेको छ,यसले गर्दा कुनै पनि आर्गेनि अथवा १०प्रतिशत फसफोरस लेखेको मलले ५प्रतिशत उत्पादकत्व शक्ति मात्र प्रदान गर्दछ ।’मलमा किसान ठगीएको कुरो आफले मन्त्रालयसम्म राख्दा पनि खासै सुनवाइ नभएको उनको गुनासो थियो । निर्देशिकामा कम्पोजिसन स्पष्ट लेखिनु पर्ने प्रावधान भएपनि भइरहेका मलहरुको कतैबाट अनुगमन गरिएको छैन । भारतसंग जोडिएको नेपालगंज,भैरहवा,वीरगन्ज,बिराटनगर लगायतका अधिकांस नाकाबाट नेपाली व्यापारीहरु करोडौको कमसल मलहरु आयात गरेका छन् ।नेपालमा मल आयात गर्दा सरकारी ल्यबबाट परिक्षण गरि बल ल्याउने गरिएकोमा निजि आयात कर्ताहरुले काठमान्डौमा रहेको आस्था साइन्सफिक रिर्सच सर्भिसबाट परिक्षण गर्ने चाजोपाजो कृषि मन्त्रालयबाट मिलाउन सफल भएका छन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि