Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बच्चा चोरेको भन्दै तीनजना शंकास्पद महिलालाई पक्राउ गरि प्रहरीको जिम्मा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २२, २०७९
बच्चा चोरेको भन्दै तीनजना शंकास्पद महिलालाई पक्राउ गरि प्रहरीको जिम्मा

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २२ भदौ / पर्सा प्रहरीले वीरगंजको छपकैया स्थितबाट तीनजना शंकास्पद महिलाहरुलाई पक्राउ गरेको छ । बच्चा चोरी गरेको स्थानीयहरुको सूचनाको आधारमा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. २ छपकैया स्थितबाट तीन जना अधवैशे महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने तिनैजना महिला भारतीय नागरिक हुन् । भारतको रक्सौल स्थित इस्लामपुर बस्दै आएका तिनै जना महिला ५० देखि ५५ वर्ष उमेर समूहका रहेको बताइएको छ । भारतमा बच्चा चोर्ने घटनाहरु वृद्धि भएको सामाजिक सञ्जालमा छ्याप छ्यापी भएपछि नेपालमा पनि भारतीय महिलाहरुले बच्चा चोर्ने आएको हुन सक्ने आशंकामा छपकैयाबासीले पर्सा प्रहरीलाई सूचना दिएको थियो । सूचनाको आधारमा ति महिलाहरुलाई हेर्दा शंकास्पद लागेपछि प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएको थियो ।
स्थानीय उमेश साह कानुका अनुसार ति महिलाहरुले बच्चालाई ५० रुपैया दिएर फकाएर लैजान खोजेको अवस्थामा आफूले पक्राउ गरेको बताए । ति महिलाहरु घरघरमा गएर पैसा माग्ने गरेको र अभिभावक पैसा लिन घरभित्र गएपछि त्यसको बच्चालाई लिएर भाग्न खोज्दा स्थानीयहरुले हल्ला गरेपछि आफूले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको बताए ।
तर यता ति महिलाहरुको आफन्तले औठीको व्यापार गर्ने महिलाहरुलाई बच्चा चोरीको आरोप लगाई पक्राउ गरिएको बताए । भारतको नरकटियागन्ज घर भई छपकैया स्थित डेरा लिई बस्दै औठीको व्यापार गर्दै आएको उनका आफन्तले आफूसँगै ति महिलाहरु औठीको व्यापार गर्नुको साथै घरघरमा गई राशीको औठी, घोडाको नालको औठी बेच्ने काम गर्दै आएको बताए ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले पनि ति महिलाहरु औठी बेच्ने, छारफुकको नाममा दुई चार पैसा लिई जडिबुटी दिने, राशीको औठी दिने कामहरु गर्दै आएको रहेको अनुसन्धानबाट खुलेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म ति महिलाहरुले कुनै बच्चा चोरेको घटना जानकारीमा नआएकोले बच्चा चोर नै हो भनेर भन्न नमिल्ने भन्दै उनको साथबाट झारफुकमा प्रयोग हुने केही जडिबुटी, माला, पत्थरका ओठी लगायतका सामानहरु बरामद भएको बताए ।
अनुसन्धानको क्रममा उनीहरुले कुनै विरामी बच्चाहरुलाई झारफुक गर्ने, जडिबुटी दिने, राशीको औठी हो भन्नै पत्थरको औठी दिने र त्यसबाट १ सयदेखि २ सय रुपैयासम्म लिने गरेको पाइएको बताए । उनीहरु भारतको रक्सौल स्थित इस्लामपुरमा बस्दै आएपनि विगत तीन चार दिनदेखि वीरगंजको विभिन्न टोलहरुमा गई झारफुकको नाममा पैसा ठग्ने गरेको पाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
उनका अनुसार ति महिलाहरु विरुद्ध कुनै किटानी जाहेरी पनि परेको छैन, बच्चा चोरी नै गरेको छ भन्ने प्रमाणित भएको छैन, बाहिरबाट आएकोले शंकास्पद लाग्नु स्वभाविक हो तर कुनै बच्चा चोरी भएको घटना पनि जानकारी नआएको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि