Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अमेरिका र चीनबीच चन्द्रमामा लडाइँ !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २०, २०७९
अमेरिका र चीनबीच चन्द्रमामा लडाइँ !

काठमाडौं, २० भदौ / आगामी दिनमा चन्द्रमामा जाने अन्तरीक्ष यात्रीहरु कहाँ उत्रिन्छन् होला ? अब यहीँ विषयमा अमेरिका र चीनबीच लडाइँ हुनेवाला छ ।
यहीँ सेप्टेम्बर महिनाको सुरुमा अमेरिकी अन्तरीक्ष संस्था नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकैका यस्ता १३ वटा स्थानको सूचीलाई अन्तिम रुप दिएको छ । तर तीमध्ये तीनवटा स्थान यस्ता छन् जसको आसपास वा त्यहीँ ठाउँमै चीनले आफ्नो अन्तरीक्षयान अवतरण गराउन चाहन्छ । आगामी ३ वर्ष भित्रमा चन्द्रमामा मानिस पठाउने योजना नासाको छ । यसका लागि नासाले तीव्र रुपमा तयारी अगाडि बढाइरहेको पनि छ ।
नासाले अर्टेमिस थ्री मिसन अन्तरगत चन्द्रमामा अन्तरीक्षयात्री पठाउनेछ । यसका लागि स्पेस लन्च सिस्टम अर्थात् एसएलएस रकेट तथा ओरियन स्पेसक्राफ्ट आवश्यक पर्नेछ ।
हालै एक चिनिया जर्नलमा प्रकाशित भएको समाचार अनुसार चीनको चाङ्ग इ ५ लूनर मिसनका कमान्डर झाङ्ग ही र अन्य अन्तरीक्षयात्रीले चन्द्रमाका यस्ता दशवटा अन्य क्षेत्र पहिचान गरेका छन् जहाँ अन्तरीक्षयत्रीलाई अवतरण गराउन सकिन्छ ।
ती दशमध्ये ३ वटा ठाउँ यस्ता छन् जहाँ अमेरिका र चीन दुबैले अन्तरीक्षयान अवतरण गराउने भने पहिचान गरिएका छन्।
नासाको अर्टेमिस थ्री र चीनको चांग ई सेभेन मिसन दुबैले छनोट गरेका ठाउँहरु श्याक्लेटन, हावर्थ र नोबाइल क्रेटर क्षेत्र हुन् ।
चीनको चांग ई सेभेनको नाम चिनिया भाषामा चन्द्रमाकी देवी भन्ने हुन्छ । त्यसमा कुनै मानिस भने पठाइनेछैन । यसमा एउटा अर्बिटर, ल्याण्डर, मिनी प्रोब र रोबर हुनेछन् । आगामी दुई वर्षभित्रमा यो मिसनलाई चन्द्रमामा प्रक्षेपण गर्ने योजना चीनको छ ।
ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद चलिरहेको छ । तथापि चीन र अमेरिकाबीच अन्तरीक्षका विषयमा छलफल गर्न एक कमिटी बनेको छ । जसको नाम युएस चाइना सिभिल स्पेस डाइलग हो ।
यो समितिको बैठक अन्तिम पटक सन् २०१७ मा बसेको थियो । यसमा दुबै देशका कर्मचारी, अन्य सरकारी अधिकारी तथा वैज्ञानिकहरुले आ आफ्ना अन्तरीक्ष सम्बन्धी जानकारीहरु बाँड्नेछन् र समस्याको समाधान पहिल्याउने प्रयास गर्नेछन् ताकि कुनैपनि प्रकारको समस्या नआओस् ।

अमेरिकाले छानेका १३ स्थान
नासाले आगामी दिनमा चन्द्रमामा अन्तरीक्षयात्री उतार्नका लागि पहिचान गरेका १३ वटा स्थानमा फस्टिनी रिम ए, श्याक्लेटन, कनेक्टिंग रिज, कनेक्टिंग रिज एक्सटेन्सन, डी जर्लेस रिम १, डी जर्लेस रिम २, डी जर्लेस कोसर म्यासिफ, ह्यावोर्थ, मालापर्ट म्यासिफ, लिबनिट्ज बिटा प्लाटू, नोबिल रिम १, नोबिल रिम २ तथा एमन्डसेन रिम हुन् ।
यी सबै नाम कुनै न कुनै वैज्ञानिक वा दर्शनशास्त्रीको नामबाट राखिएको छ । यी सबै ठाउँ अवतरणका लागि उपयुक्त छन् । त्यहाँ अन्तरीक्षयात्रीहरु अधिक सुरक्षित हुनेछन् । त्यहाँको तापक्रम पनि उपयुक्त छ । नासाको आर्टेमिस मिसन अन्तर्गत जाने अन्तरीक्षयात्रीहरुले चन्द्रमामा एक हप्ता बिताउनेछन् । एजेन्सीको सहयोगमा

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजीदेखि हवल्दार र सिडिओदेखि चिकित्सकसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि