Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डाँका र प्रहरीबीच गोली हानाहान, दुई जना डाँका प्रहरीको नियन्त्रणमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २०, २०७९
डाँका र प्रहरीबीच गोली हानाहान, दुई जना डाँका प्रहरीको नियन्त्रणमा

कलैया (बारा), २० भदौ / बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.२३ भलुहीमा शनिबार राति डाँकाहरु र प्रहरीबीच गोली हानाहान भएको छ । भलुही स्थित एरोटेक प्रा.लि.मा डकैती गर्न पुगेका डाँकाहरु र प्रहरीबीच गोली हानाहान भएको हो ।
शनिबार राति १२ बजेको समयमा एरोटेक प्रा.लि.मा १०÷१२ जना डाँकाहरु हात–हतियार सहित प्रवेश गरी धनमाल लुटि रहेका छन् भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी बरिष्ठ नायब निरिक्षक कलम बहादुर शाहीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटना स्थल पुग्दा १०÷१२ जनाको समुहमा हतियारधारी डाँकाहरुले सो प्रा.लि.को स्टोर कोठामा राखिएको सिलिण्डर बनाउने कार्यमा प्रयोग हुने पित्तलको भल्भ, जिंक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोवाईल समेत डाँका गरी भाग्दै थिए ।
भाग्दै गरेको अवस्थामा प्रहरी टोलीले देखी निजहरुलाई नियन्त्रण लिन खोज्दा डाँकाहरुले बोकि राखेको बन्दुकबाट प्रहरी टोलीलाई लक्षित गरी १ राउण्ड गोली फायर गर्दा प्रहरी टोलीले आफ्नो प्रतिरक्षा स्वरुप आफ्नो साथमा रहेको ३०३ नट राईफलबाट ३ राउण्ड गोली फायर गरी डाँकाहरु मध्येका दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ बस्ने वर्ष ३५ को जयराम पासवान र सोही उपमहानगरपालिकाको वडा नं. १० बस्ने वर्ष ४० को जवाहिर महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रामकाजी थापाले वताए ।
उनीहरुको साथबाट १ राउण्ड गोली लोड गरी सोको राउण्ड २ सहित कटुवा बन्दुक–१ र भरूवा बन्दुक १ थान बरामद समेत भएको प्रहरी निरिक्षक थापाले जानकारी दिए । घटनास्थलमा डाँकाहरूलाई नियन्त्रणमा लिने क्रममा खटिएको प्रहरी टोलीमाथी कटुवा पेस्तोलबाट १ राउण्ड फायर समेत गरी सँगै बोकी ल्याएको फलामे रड प्रहार गर्दा प्रहरी बरिष्ठ नायब निरिक्षक कलम बहादुर शाहीको टाउँकोमा चोट समेत लागेको उनले जानकारी गराए । घाइते शाहीको उपचारको लागि वीरगंज हेल्थ केयरमा भर्ना गरिएको जनाइएको छ ।
साथै घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमरा बारा समेतबाट खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिई फरार व्यक्तिहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखि डाँका, हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान कार्य भइ रहेको प्रहरी निरिक्षक थापाले जानकारी गराएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

ठगी कसुरको मुद्दामा फरार हरिनारायण रौनियारसहित चारजनालाई पक्राउ गर्न पत्राचार

भदौ ११, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

दुई नाबालकको शंकास्पद मृत्युः सौतेनी आमा प्रहरीको नियन्त्रणमा

भदौ ११, २०८३
अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

भदौ ११, २०८३
रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

भदौ ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि