Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मिटरव्याजको पीडा : कर्जा तिरेपनि घर विहीन, जायजेथा गुमाउनुदेखि कैदी जीवनसम्म

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १९, २०७९
मिटरव्याजको पीडा : कर्जा तिरेपनि घर विहीन, जायजेथा गुमाउनुदेखि कैदी जीवनसम्म

मिटरव्याजी संसोद्दिन देवान फकिरबाट पीडित दरोगा राउत कुर्मी ।

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १९ भदौ / मिटरव्याजीको चँगुलमा फसेका पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं. ९ का ७२ वर्षीय दरोग राउत कुर्मी घरबार विहीन बनेका छन् । सम्पत्तिको नाममा रहेको साढे ९ कठ्ठा नम्बरी तथा साढे ६ कठ्ठा ऐलानी जग्गा सहित १६ कठ्ठा खेत मिटरव्याजीले कब्जा गरेपछि कुर्मी अहिले घरवार विहीन बनेका हुन् । छोरालाई वैदेशिक रोजगारमा पठाउन विगत ६ वर्ष अगाडि २०७३ वैशाख १३ गते सोही ठाउँ निवासी संसोदिन देवान फकिरसँग ४ लाख रुपैया  कर्जा लिएका थिए ।
प्रति महिना १ सय रुपैयाको २ रुपैया ७५ पैसा व्याज तिर्ने गरि आफ्नो नाममा रहेको भौराटार गाविस वडा नं. ५ स्थित मुख्य सडकको किता नं. १४१२ को ७ कठ्ठा साढे १२ धुर जग्गाको दृष्टिबन्धकको नाममा राजिनामा पत्र सहित नामसारी गरिदिए । कर्जा दिने संसोदिन देवानका आफन्त पर्ने लेखनदास अलि हुसेनले दृष्टिबन्धकको नाममा जिल्ला मालपोत कार्यालयबाट मिटरव्याजी फकिरकी श्रीमती ६४ वर्षीय मतिना खातुनको नाममा जालसाजी गरि राजिनामा पत्र सहित रजिष्टेशन नै पास गराईदिए । साधारण पढलेख गर्न समेत नजानेका पटेल कर्जा पाइएको झोकम कहाँ हस्ताक्षर गर्दैछु भन्ने सुइको समेत पाएनन् । उनको ७ कठ्ठा साढे १२ धुर जग्गा मिटरव्याजी फकिरकी श्रीमतीको नाममा पास भएको उनले थाहै पाएनन् ।

मिटरव्याज स्वरुप ४ लाख कर्जा दिई झुक्याएर नामसारी गराइएको कि.नं. १४१२ को ७ कठ्ठा साढे १२ धुर जग्गा ।

त्यस पश्चात छोरा वैदेशिक रोजगारबाट कमाएर पठाएको पैसाबाट विस्तारै किस्ता किस्ता गरि ४ लाख रुपैया भुक्तान गरे तर उनले मिटरव्याजीलाई बुझाएको पैसाको कुनै कागजात गरिएन । त्यस पश्चात तीन वर्षपछि २०७६ पुस ९ गते त्यही मिटरव्याजी फकिरसँग ३ लाख थप कर्जा लिए । त्यस वापत पटेलले आफ्नो श्रीमती मैनादेवीको नाममा रहेको भौराटार गाविस वडा नं. ५ स्थित किता नं. १४११ को २ कठ्ठा जग्गा दृष्टिबन्धकको नाममा पुनः राजिनामा पत्र सहित फकिरका छोरी अवदा खातुनको नाममा नामसारी गरिदिए । यसरी दुई कित्ताको साढे ९ कठ्ठा जग्गा फकिरले जालसाजी गरि हात पारे । त्यसको साथसाथै त्यही दुई कित्ता जग्गासँगै जोडिएका साढे ६ कठ्ठा ऐलानी जग्गा जुन वर्षौदेखि पटेल भोगचलन गर्दै आएको थिए त्यो जग्गा पनि फकिरले कब्जा गरे ।
पैसा भएपछि व्याज सहित पैसा फिर्ता गरिदिए पश्चात पुनः आफ्नो नाममा फिर्ता गरिदिने शर्तमा पटेलले कागजमा हस्ताक्षर गरेको तर हाल आएर मिटरव्याजी फकिरले उक्त जग्गा फिर्ता नगरेपछि पटेल अहिले घरबार विहीन हुने अवस्थामा पुगेका छन् । सम्पत्तिको नाममा त्यही १६ कठ्ठा जग्गा रहेकोमा मिटरव्याजी फकिरले झुक्याएर दृष्टिबन्धक कागजको नाममा नामसारी नै गराएको र हाल आएर आफू व्याजमा पैसा नदिई नगद साढे ७ लाख रुपैया तिरी किनेको भन्दै जग्गा फिर्ता नदिने भनेपछि पटेल मिटरव्याजीको शिकार बनेका छन् ।
कुर्मीले मिटरव्याजी फकिरलाई पटक पटक गरि हालसम्म ४ लाख १८ हजार रुपैया बुझाई सकेका छन् तर फकिरले उनको जग्गा फिर्ता गरेका छैनन् । हाल आएर साँवा, व्याज सहित फकिरले ४० लाख रुपैया दिएमात्रै जग्गा फर्काउने अडान राखेको स्थानीय अगुवा रामकिशुन जयसवालको भनाई छ । उनका अनुसार फकिरले ४ लाख रुपैया दिएर ७ कठ्ठा १२ धुर र पछि ३ लाख रुपैया दिएर २ कठ्ठा गरि साढे ९ कठ्ठा जग्गा झुक्याएर नामसारी गराएको र हाल आएर पैसा दिएर पनि जग्गा फिर्ता माग्दा आफूले कुनै किसिमको कर्जा नदिई नगद पैसा तिरेर जग्गा खरिद गरेको कारण जग्गा फिर्ता नदिने भन्दै अडान राख्दै आएको बताए ।

थप ३ लाख कर्जा दिई झुक्याएर नामसारी गराइएको कि.नं. १४११ को २ कठ्ठा तथा ऐलानी ६ कठ्ठा सहित ७ कठ्ठा जग्गा ।

यसैगरि अर्का स्थानीय शिवपुजन पटेलले पनि मिटरव्याजी फकिरले ७ लाख रुपैयामा कुर्मीको १६ कठ्ठा जग्गा कब्जा गरेको बताए । उनले पहिलो पटक ४ लाख कर्जा लिएर फिर्ता लिइसकेपछि तीन वर्षपछि पुनः दोश्रो पटक ३ लाख रुपैया कर्जा दिएर दुई पटक गरि नम्बरी जग्गा साढे ९ कठ्ठा र उनले हकभोग गर्दै आएको साढे ६ कठ्ठा ऐलानी जग्गा कब्जा गरेको बताए । उनले यसबारे यहाँका समाजमा पटक पटक पञ्चायती बसेर फर्छयौट गर्न खोज्दा मिटरव्याजी फकिर कहिले उपस्थित नहुने, त कहिले जग्गा फिर्ता नदिने भन्ने जस्ता क्रियाकलापहरु गर्दै आएको उनको भनाई छ ।
यसबारे मिटरव्याजी संसोदिन देवान फकिरले आफू कर्जा स्वरुप पैसा नदिई नगद पैसा तिरेर साढे ९ कठ्ठा जग्गा किनेको दाबी गरे । उनले विगत ९ वर्ष अगाडि जग्गा किनेर हकभोग गर्दै आएकोमा हाल आएर पुरानो जग्गाधनी दरोगा राउत कुर्मीले आफूलाई अनावश्यक दुःख दिने काम गरेको भन्दै ढाट्न खोजे । जबकी एउटा जग्गा २०७३ वैशाख १३ गते रजिष्टे«शन पास भएको छ भने अर्को जग्गा २०७६ पुस ९ गते रजिष्ट्रेशन पास भएको छ ।

मिटरव्याजी पीडित दरोगा राउत कुर्मीको घर ।

मिटरव्याजीको चँगुलमा फसेको कुर्मी उदाहारणका पात्र मात्रै हुन् । यस्ता सयौं गरिब परिवार यस्ता मिटरव्याजीको चँगुलमा फसेका छन् । जसले गर्दा आफ्नो जायजेथा गुमाउन बाध्य भएका छन् । हाल आएर गृहमन्त्रालयले मिटरव्याजी विरुद्ध कारवाही प्रक्रियालाई अगाडि बढाउन कडा रुपमा प्रस्तुत भएपछि अहिले धमाधम मिटरव्याजीहरुको पोल खुल्दै आएको छ ।
यसैगरि मिटर व्याजीको चँगुलमा फसेका रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. २ सोनर्निया निवासी दयाशंकर यादव कर्जा स्वरुप लिएको १४ लाख रुपैयाको व्याज सहित ४९ लाख बुझाएपनि कारागार जीवन विताई रहेका छन् । यादवकी श्रीमती सन्ध्या देवी न्यायको माग गर्दै मिटर व्याजीको चँगुलमा फसेका आफ्नो श्रीमान्लाई न्याय दिलाउन गुहार गरिन् । घर व्यवहार चलाउन यादवले २०७६ असोजमा नातामै पर्ने बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुर निवासी अनिल यादव प्रियदर्शीसंग १४ लाख रुपैया ऋण लिएका थिए ।
बाराकै प्रसौनी गाँउपालिका – ३ नौतन गण्डक स्थित रामजानकी आधरभुत विद्यालयमा शिक्षकमा कार्यरत अनिललाई उक्त ऋणको ब्याज बापत दयाशंकरका परिवारले ४९ लाख रुपैया तिरिसकेका छन् तर ऋण लिदाका बखत पटक पटक गरि दिएको चेक बाउन्सको मुद्दामा दयाशंकर गत जेठ देखि गौर कारागारमा कैदी जिवन बिताइरहेको श्रीमती सन्ध्या देवीको भनाई छ ।
उनका अनुसार अनिललाई ब्याज बापत आफुहरुले १० लाख, ८ लाख र २६ लाख गरि तीन पटकमा ४४ लाख रुपैया बुझाइ सकेको भएपनि ऋण लिदाका बखत धितो स्वरुप दिएको चेक बाउन्सको मुद्दा हालेर अनिलले श्रीमान्लाई जेलमा हालेको बताउँछिन् । मिटरव्याजी अनिल विरुद्ध मात्रै जिल्ला प्रशासन कार्यालय बारामा ३ जनाले उजुरी हालेका छन् ।

मिटरव्याजी अनिल प्रियाँसुकै कारण कारागार पुगेका दयाशँकर यादवका श्रीमती र आमा पत्रकार सम्मेलन गर्दै ।

अर्का उजुरीकर्ता किशोरी प्रसाद यादवले अनिलसँग मिटर ब्याजमा ७५ लाख रुपैया ऋण लिएका थिए । तर उक्त ऋणको ब्याज मात्रै ५ करोड रुपैया तिरि सक्दा पनि अनिलले ऋणको साँवा र ब्याज अझै तिर्न बाँकी रहेको भन्दै आएका छन् । १ दिनको १ लाख रुपैया ब्याज तिर्ने शर्तमा ७५ लाख लिएको थिए, अहिले सम्म ५ करोड रुपैया बुझाइसकेको छु तै पनि उसले अझै साँवा र ब्याज तिर्नु पर्छ भन्दै आएको छ । अनिलल आफ्नो साला वडाअध्यक्ष रामदिनेश र साथी सुनिलसंग मिलेर वर्षौ देखि मिटर ब्याजीको धन्दा चलाउदै आएको बताइएको छ ।
खास गरेर प्रदेश २ मा बढि मिटरव्याजी पीडितहरुको प्रशासनमा उजुरी परेको छ । पर्सा जिल्लामा मात्रै यही दुई हप्ताको अवधिमा ८२ वटा उजुरी परेको छ । सरकारले देशभरका मिटरव्याजी पीडितहरुलाई उजुरी दिन सूचना गरेपछि उजुरीहरु आउन थालेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको भनाई छ ।
उनका अनुसार पर्सा जिल्लाको १४ वटा पालिकाहरुमध्ये वीरगंज महानगरपालिकाबाट सबैभन्दा बढि उजुरी परेको बताए । वीरगंज महानगरपालिकाबाट मात्रै ३७ वटा मिटरव्याजी विरुद्ध उजुरी परेको छ भने बाँकी अन्य पालिकाहरुबाट परेको उनको भनाई छ । उजुरीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन प्रमाण सहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको बताए ।

मिटरव्याजी अनिल प्रियाँसुबाटै अर्का पीडित किशोरी प्रसाद यादव पत्रकार सम्मेलन गर्दै ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि