Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा सांसहरुको जोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १८, २०७९
मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा सांसहरुको जोड

काठमाडौँ, १८ भदौ / प्रतिनिधिसभाका सांसदहरुले मिडिया काउन्सिल स्वायत्त र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाको सन्देशस हितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उहाँहरुले मिडियालाई अनुगमन तथा व्यवस्थित गर्न काउन्सिल सक्षम हुनेगरी गठन गर्नुपर्नेमा बताउनुभयो । बैठकमा सांसद खगराज अधिकारीले मिडिया काउन्सिल सम्बन्धी विधेयक धेरै महत्वपूर्ण रहेको बताउँदै काउन्सिललाई स्वायत्त बनाउनका लागि सोही अनुसार गठनको व्यवस्था गर्न सुझाव दिनुभयो । उहाँले यसअघि सरकारले नियुक्ति गर्ने पाँच जना निर्वाचन प्रक्रियाबाट आउनुपर्छ भन्दा रोकिएको स्मरण गर्नुभयो । सांसद अञ्जना विशङ्खेले विधेयकको स्वागत र समर्थन गर्दै पत्रकारिताको विकास, संरक्षण र सम्वद्र्धन गर्न नियामक निकायको व्यवस्था गरिएको बताउनुभयो । काउन्सिललाई अधिकारको क्षेत्र कति दिने र दायित्व कति हुने भन्ने विषय प्रष्ट हुनुपर्ने उहाँको भनाइ थियो । यी विषयलाई स्वतन्त्र र स्वायत्त बनाउनका लागि छलफल गर्न जरुरी रहेको उहाँको भनाइ थियो । सांसद प्रकाश स्नेही रसाइलीले मिडियाले सरकार, न्यायालय, संवैधानिक निकायका बारेमा समेत लेख्नुपर्ने भएकाले मिडिया राज्यको चौथो अङ्ग हुन नसक्ने बताउँदै लोकतान्त्रिक व्यवस्थामा यो स्वायत्त हुनुपर्छ भन्नुभयो । उहाँले मिडियामा केही विकृति विसङ्गति देखिएको भन्दै यसको मापदण्ड र वर्गीकरण समेत तोक्नुपर्ने बताउनुभयो । सांसद गोकुल बाँस्कोटाले विधेयक केही विकृत भएर आएको आफूलाई अनुभव भएको बताउँदै काउन्सिल स्वायत्त बनाउन लागि यसको गठन प्रक्रिया पनि सोहीअनुसार हुनुपर्नेमा जोड दिनुभयो । यसमा अनुगमनको प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने र अपुरो कुरालाई पूर्ण बनाउनपर्ने उहाँको भनाइ थियो । सांसद प्रेम सुवालले ऐनको नाम मात्र परिर्वतन गर्दा नौलोपन नहुने बताउँदै प्रिन्ट मिडियाका लागि आवश्यक कागज उत्पादन गर्ने मुलुकको कारखाना बन्द भएपछि अहिले विदेशबाट महँगोमा कागज किन्नुपरेको बताउनुभयो । उहाँले काउन्सिल गठनमा निर्वाचनबाट चयन हुने व्यवस्था गर्नसके स्वायत्त हुने धारणा व्यक्त गर्नुभयो । सांसद दिलकुमारीले सञ्चारमाध्यमले लेख्ने समाचार पक्षपात हुने गरेको गुनासो गर्दै कसैले थोरै काम गर्दा पनि धेरै प्रचार हुने गरेको र कसैले धेरै काम गर्दा पनि समाचार नबन्ने गरेको बताउनुभयो । यस सम्बन्धमा काउन्सिल जस्ता संस्थाले अनुगमन गर्नुपर्ने होइन भनी उहाँले प्रश्न गर्नुभयो । सांसद नवराज सिलवालले मिडिया काउन्सिल स्वायत्त हुनुपर्ने बताउँदै यसलाई प्रभावकारी र जिम्मेवार पनि बनाउनुपर्ने उल्लेख गर्नुभयो । विनाप्रमाण समाचार लेख्ने मिडियालाई जिम्मेवार बनाउनुपर्ने उहाँको भनाइ थियो । मिडियालाई पनि जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै उहाँले मिडिया मुलुक, राष्ट्रियता र सार्वभौमसत्ताप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो । सांसद दिव्यमणि राजभण्डारीले व्यावहारिकता र अन्तर्राष्ट्रिय प्रयोगका आधारमा काउन्सिलको गठन र अधिकार तय गर्नुपर्ने बताउँदै समावेशी र समानुपातिक पनि हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सांसद चाँदतारा कुमारीले अहिलेको विश्वमा मिडिया अति नै शक्तिशाली भएको बताउँदै विभिन्न प्रकारका सञ्चारमाध्यमका कारण अहिले सानो घटना पनि गाउँमा पुग्ने गरेको बताउनुभयो ।
सांसद खेमप्रसाद लोहनीले आमसञ्चारमाध्यमलाई सही सदुपयोग हुनुपर्ने गरी व्यवस्थित गर्नुपर्ने बताउँदै समाजमा सूचनाका लागि मिडियाको अहम् भूमिका छ भन्नुभयो । यसको महत्व र गम्भीरतालाई ध्यान राखेर आवश्यक प्रबन्ध गर्नुपर्ने बताउँदै उहाँले मिडियालाई छाडा छोड्न नहुने बताउनुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको “नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको छ । यसैगरी बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीगोविन्द प्रसाद शर्मा (कोइराला)ले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्काे बैठक भदौ १९ गते दिउँसो २ बजे बस्नेछ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि