Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगरको १०० दिन : दैनिक जीवनसँग जोडिएको समस्या समाधान गरिएको दाबी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १७, २०७९
वीरगंज महानगरको १०० दिन : दैनिक जीवनसँग जोडिएको समस्या समाधान गरिएको दाबी

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १७ भदौ / वीरगंज महानगरपालिकाले १०० दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । महानगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलन गरि मेयर राजेशमान सिंहले सपथग्रहण गरेदेखि १ सय दिनसम्म गरेको कार्यको प्रगति विवरण सार्वजनिक गरेका हुन् । २०७९ जेठ १२ गते सपथग्रहण गरेदेखि हालसम्मको १ सय दिनसम्म जनताको दैनिकी जीवनसँग जोडिएका समस्यालाई समाधान गरिएको भन्दै मेयर सिंहले छिटो छरितो र सहज सेवा प्रदान, नक्सा शाखाको फाइलहरुको विवरण सार्वजनिक, अधिवक्ताको व्यवस्थापन तथा नियुक्ति, महानगरभित्रको घरहरुको तथ्याँक संकलनको काम लगायतको कामहरुको शुरुवात भएको दाबी गरे ।
उनले महानगरले अनिवार्य शुल्क बाहेक सेवाग्राहीसँग असुलिने गलत अभ्यासलाई पूर्ण रुपमा अन्त्य गरिएको, सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै एसि जडान, खानेपानीको व्यवस्था, बेञ्चको व्यवस्था, डिजिटल टोकनको व्यवस्थाको साथसाथै कर्मचारीहरुलाई निगरानी गर्नका लागि ई–हाजिरीको व्यवस्था, प्रत्येक शाखामा सिसिटिभि जडान, इन्टरकम फोन जडान जस्ता कार्यहरु भएको बताए । त्यसैगरि एक वडामा एक सचिव सहित सहायक सचिवको व्यवस्था, प्रत्येक वडामा कम्प्युटर अपरेटरको व्यवस्था र सोही स्थानबाट व्यवसाय कर, बहाल कर तथा एकिकृत सम्पत्ति कर लगायतको कर तिर्ने व्यवस्था मिलाइएको भन्दै मेयर सिंहले १ हजार वर्गमिटरसम्मको घरको नक्सा पास वडाबाटै गर्न मिल्नेगरि नीति बनाइएको मेयर सिंहको दाबी छ ।
यसरी नै मुख्य सडक र ठूला नालाहरुको सफाई गर्नुका साथै कैलाश होटल आसपासका नालामाथिको अतिक्रमण भत्काइनुको साथै घण्टाघरको सडक निर्माण, मुख्य सडकमा पानी जम्ने समस्यालाई समाधान गर्न पावरहाउस चोकदेखि घण्टाघरसम्मको ११ स्थानमा चेम्बर निर्माण गरि पानी निकासको व्यवस्था मिलाइएको मेयर सिंहले बताए । उनले १० हजार घरधुरीको घरेलु मिटरमा अधिकत्म ३० युनिट र महानगरभित्रका ४ सय ७० कृषि मिटरको सम्पूर्ण विद्युत खपतको भुक्तानी महानगरले गर्ने निर्णय भएको छ भने सो कार्यान्वयनको अन्तिम चरणमा रहेको मेयर सिंहको भनाई छ ।
यसैगरि सवारी व्यवस्थापन कर खारेज, महानगरका सम्पूर्ण करहरुको पुनरावलोकन गर्दै कर घटाइएको छ भने छाडा चौपाया नियन्त्रण, जरिवाना र मेडिकल वेष्ट जथाभावी फाल्नेलाई जरिवाना गर्ने कामलाई निरन्तरता दिएको उनको भनाई छ । यस महानगरपालिकाको कृषकहरुको सुविधालाई मध्यनजर गर्दै कृषि सामाग्री कम्पनी लिमिटेडबाट महानगरले पाएको कोटा २७ सय ७१ बोरा बाहेक थप १० हजार बोराको सहमति गरिएको छ भने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडसँग समेत थप २ हजार बोरा युरिया मल र २ हजार बोरा डिएपी मल लिई वितरण गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाई छ ।
धार्मिक स्थलको सौन्दर्यीकरण अन्तर्गत गहवामाई मन्दिर अगाडि सडक तथा पेटि युरोपियन स्टान्डर्डको पेवर्स (इन्टरलक) लगाउने काम तथा सौन्दर्यीकरणको काम भइरहेको छ भने त्यसका अलावा मन्दिरलाई आधुनिक बत्तिबाट सजाउने कामको समेत चाँडै शुरुवात हुने तथा घण्टाघर, शंकराचार्य गेटलाई समेत डिजिटल लाइटिङ्गको काम अघि सारिएको मेयर सिंहको भनाई छ । उनका अनुसार सँस्थागत विद्यालयमा देखा परेको समस्यालाई दीर्घकालीन समाधानको लागि शिक्षा समितिलाई पूर्णता दिनुका साथै सामुदिायिक विद्यालयको समस्या समाधानको लागि व्यवस्थापन समिति गठन, भौतिक पूर्वाधार निर्माण लगायतको काम अघि बढाइएको बताए ।
त्यसैगरि प्रत्येक वडामै पुग्नेगरि स्वास्थ्यकर्मी तथा प्रयोगशाला सहितको मेयर घरदैलो स्वास्थ्य कार्यक्रम संचालन, ल्याब जडित गाडी, एम.बि.बि.एस. डाक्टर, मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, सिएमए तथा अनमि सहितको टोली खटाइने भन्दै मेयर सिंहले वीरगंज महानगरपालिकाको अवस्थाबारे जानकारी प्रदान गर्न स्शेतपत्र पनि जारी गरिएको बताए । बसर्पाकको पुनः निर्माणको काम पनि अगाडि बढाइएको छ भने ट्राफिक जामको समस्यालाई निराकरण गर्न ई–रिक्सालाई महानगरमा दर्ता गर्नुका साथै रुट निर्धारण गर्ने काम पनि अगाडि बढाइएको उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि