Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

फिरोज मृत्यु प्रकरण : डा. आसिफ अन्सारीलाई बचाउन चिकित्स संघ विभिन्न प्रपञ्च रच्दै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १५, २०७९
फिरोज मृत्यु प्रकरण : डा. आसिफ अन्सारीलाई बचाउन चिकित्स संघ विभिन्न प्रपञ्च रच्दै

वीरगंज (पर्सा), १५ भदौ / डा. आशिफ अंसारीको बचाउमा चिकित्स संघ लागेको आरोप लाग्न थालेको छ । वीरगंज हेल्थ केयर अस्पतलाका डा. आशिफको लापरवाहीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ चेरगाहा निवासी ३२ वर्षीय फिरोज मियाँको मृत्यु भएको भन्दै मृतको आफन्तजन र स्थानिय आन्दोलनरत रहेका छन् । भदौ १३ गते मृतकका आफन्तले गरेको विरोध प्रदर्शनमा नेपाल चिकित्सक संघले डाक्टरलाई बचाउन खोजेको भन्दै विरोध भयो । वीरगंजको घण्टाघरबाट नारायणी अस्पताल तथा नेपाल चिकित्सक संघको कार्यालय अगाडी विरोध प्रदर्शन गर्दै यथाशिघ्र कानुनी दायरामा आउन मृतकका आफन्तले आग्रह गरे ।
त्यसपछि नेपाल चिकित्सक सङ्घ, पर्साले मङ्गलबार ज्ञापन पत्र बुझाउँदै भदौ १३ गते दिउँसो नारायणी अस्पतालमा चिकित्सकसँग दुव्र्यवहार भएको घटनामा संलग्न व्यक्तिहरूलाई २४ घण्टाभित्र कारबाई नगरिए सेवा ठप्प पार्ने चेतावनी दिएको छ । सङ्घले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा ज्यान मार्ने धम्की दिनेलाई कारवाही नगरिए सेवा ठप्प पार्ने चेतावनी दिइएको छ । जब की आन्दोलनको क्रममा भएको प्रदर्शनमा कसैले जान मार्ने धम्की नदिएको आन्दोलनरत मध्येका नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहको दाबी छ ।
नेता सिंह भन्छन्, ‘हामीले न्याय खोजेका हौँ, हामीलाई क्षतिपुर्ती चाहिन्छ र गल्ती गर्नेलाई कारवाही हुनुपर्छ । नेपाल प्रहरीकै अगाडी हामीले शान्तिपुर्ण ढंगले न्यायको माग गर्दा ज्यान मार्ने धम्की कसरी दिन सक्छौ ?’ ज्यान मार्ने धम्की दिएको भनेर सहानुभुती पाउन खोजेको र घटनालाई अन्यत्रै मोड्ने प्रोपोगाण्डा मात्रै भएको नेता सिंहको बुझाई छ । पोस्टमार्टममा संलग्न चिकित्सले पनि ३ वटा नशा काटिएकै कारण मृत्यु भएको भनेको कुरा अडियो रेकर्डसमेत रहेको उनले दावी गरे । चिकित्सकलाई कारवाही नगरे गाडीसकेको फिरोजको लाश निकालेर प्रदर्शन गर्ने आन्दोलनरतको चेतावनी दिएका छन् ।
यस अघि पनि चिकित्सक संघ नारायणीले पत्रकार सम्मेलन गरेर चिकित्सकको दोष नरहेको स्पष्टिकरण दिएको थियो । मृत्यु भएको एक साता बित्यो । पित्तथैलीको पत्थरीका कारण असहज अवस्था भएपछि साउन २६ गते वीरगञ्ज हेल्थ केयरमा भर्ना भएका मियाँलाई भदौ ५ गते राति काठमाण्डौको मेडिसिटी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

अशोज २६, २०८३
बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

अशोज २६, २०८३
दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

अशोज २६, २०८३
विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणः विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अशोज २६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि