Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जि.एच.पि. स्कुलको गुण्डागर्दी, शुल्कबारे बुझ्न जाँदा अभिभावकहरुसँग दुव्र्यवहार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ७, २०७९
जि.एच.पि. स्कुलको गुण्डागर्दी, शुल्कबारे बुझ्न जाँदा अभिभावकहरुसँग दुव्र्यवहार

अभिभावकहरुसँग विवाद गर्दै प्रधानाध्यापिका एवं शिक्षक

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ७ भदौ / वीरगंजको पावरहाउस चोक स्थित रहेको जि.एच.पि. स्कुलका शिक्षकहरु गुण्डागर्दीमा उत्रेका छन् । शुल्क नबुझाएको कारण विद्यार्थीहरुलाई परीक्षणबाट बञ्चित गर्ने अभिभावकहरुले गुनासो गरेपछि अभिभावक संघर्ष समितिका संयोजक सन्दिप साह सहितको टोली विद्यालयमा गुनासो गर्न जाँदा विद्यालयका शिक्षकहरु गुण्डागर्दीमा उत्रेका थिए ।
शुल्क बुझाएमात्रै परीक्षा प्रवेश पत्र दिने भनेपछि अभिभावकहरु संघर्ष समितिलाई जानकारी गराएका थिए । विद्यालयमा बालबालिकाहरु अध्ययनरत रहेको अवस्थामा ढिलो चाँडो शुल्क बुझाउने गरेतापनि परीक्षा अगावै सम्पूर्ण शुल्क बुझाउनुपर्ने, नत्र प्रवेश पत्र नै नदिने विद्यालयले भनेपछि संघर्ष समितिका पदाधिकारीहरु यो समस्यालाई समाधान गर्नका लागि विद्यालयमा पुगेका थिए ।
संघर्ष समितिका संयोजक सहितका पदाधिकारीहरु विद्यालयमा पुग्ने वित्तिकै विद्यालयको कम्प्युटर शाखामा कार्यरत सन्तोष कुशवाहा र शिक्षक सुभाष कुशवाहाले संघर्ष समितिका पदाधिकारीहरुमाथि हातपात सहित दुव्र्यहार गर्दै विद्यालय हाता बाहिर निकालेका थिए । संयोजक सन्दिप साहका अनुसार विद्यालयमा जम्मा भएका अभिभावकहरुकै अगाडि यो शुल्कको विषयमा कुराहरु राख्न खोज्दा विद्यालयका कर्मचारीद्वय तपाईको छोरा यहाँ पढ्दैन, तपाई को हो ? यहाँबाट जानुस् भन्दै दुव्र्यहार तथा हातपातमा उत्रिएको जानकारी दिए ।
उनका अनुसार एकजना अभिभावकले शुल्क बापतको १० हजार बुझाउँदा १ दिन मात्रै परीक्षा दिन पाउने, बाँकी पुरा शुल्क बुझाएमात्रै सम्पूर्ण परक्षा दिन पाउने भन्दै विद्यालयले थर्काएको प्रमाण पनि रहेको बताए । शिक्षकद्वय र संघर्ष समितिका पदाधिकारीबीच केहीबेर तनाव पनि सृजना भएको थियो । विवाद उत्पन्न भएपछि तत्काल त्यहाँ पुगेकी विद्यालयकी प्रधानाध्यापिका रोमी कौर पनि विवादलाई समाधान गर्नुभन्दा पनि अभिभावकहरुलाई नै दुव्र्यवहार गरेको उनको भनाई छ ।
विवाद पश्चात अभिभावक संघर्ष समितिले उक्त घटनाबारे वीरगंज महानगरपालिकालाई ध्यानाकर्षण गराउँदै जि.एच.पि. स्कुललाई कारवाहीको माग गरेको छ । संघर्ष समितिका संयोजक सन्दिप साह सहित जि.एच.पि. स्कुलका बालबालिकाको अभिभावकहरुको टोलीले वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुखलाई घटनाबारे जानकारी गराउँदै आवश्यक कारवाहीको लागि माग गरेको छ । टोलीमा अभिभावक सुमित्रा शर्मा, सरिता लम्साल, ज्योति चौरसिया, रिंकु सिंह, प्रतिमा मिश्रा, नन्दलाल रौनियार, सारदा राउत कुर्मी लगायतको उपस्थिति रहेको थियो ।
जि.एच.पि. स्कुलको यो पहिलो विवाद होइन, उक्त विद्यालयमा पटक पटक शुल्कको विषयलाई लिएर विवाद हुँदै आएको छ । अभिभावकलाई जबरजस्ती थर्काएर शुल्कको नाममा पैसा लुट्ने जि.एच.पि. स्कुलको बानी नै बसि सकेको छ । बालबालिकालाई पढाउने अभिभावकलाई शुल्कको आफै चिन्ता हुन्छ, ढिलो चाँडो हुन सक्छ तर शुल्कको नाममा परीक्षाबाट बञ्चित गर्नु उक्त स्कुलको बानी नै हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि